• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    उम्मेदवारको खर्चमा पारदर्शीता देखिएनः संयुक्त पर्यवेक्षण प्रतिवेदन

    उम्मेदवारको खर्चमा पारदर्शीता देखिएनः संयुक्त पर्यवेक्षण प्रतिवेदन

    अष्ट्रेलियाद्वारा पेट्रोल र डिजेल आपूर्ति सुदृढ बनाउने तयारी

    अष्ट्रेलियाद्वारा पेट्रोल र डिजेल आपूर्ति सुदृढ बनाउने तयारी

    लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

    लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

    उद्यमीलाई बिनाधितो ऋण

    उद्यमीलाई बिनाधितो ऋण

    छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी

    छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी

    मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित

    मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्रशोधन केन्द्र खुलेपछि निस्दीका कृषक अदुवा खेतीमा आकर्षित

by
१३ फाल्गुन २०७९,
0
प्रशोधन केन्द्र खुलेपछि निस्दीका कृषक अदुवा खेतीमा आकर्षित

cb'jf laqmLsf nflu n}hfFb} s[ifs tfg;]g -kfNkf_, !# kmfu'g M kfNkfsf] lg:bL ufpFkflnsfdf cb'jf k|zf]wg s]Gb|df cb'jf ljqmLsf nflu n}hfFb} s[ifs . oxfFsf] uNwf ;fdflhs pBdL dlxnf ;xsf/L ;+:yfn] o; aif{ b'O{ ;o d]l6«s 6g cb'jf k|zf]wg u/L jhf/Ls/0f u/]sf] 5 . tl:a/ M lji0f'k|;fb l3ld/]÷/f;;

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

निस्दी–५ गल्धाकी विष्णुमाया राक्सेले अदुवा खेती गर्न थालेको १० वर्ष भएको छ । अन्य खेती छाडेर अदुवा खेती गर्दै आएका राक्सेको परिवारले अदुवाको मूल्य नपाएपछि यसबाट विस्थापित हुन थाले । “खेती ग¥यो, बेच्ने बेलामा मूल्य नै आउँदैन । लगानी उठाउन पनि गाह्रो”, राक्से भन्नुहुन्छ, “अदुवा खेती गर्ने मन नै मरेको थियो ।” गल्धा सामाजिक उद्यमी महिला सहकारी संस्थाले गाउँमै प्रशोधन केन्द्र सञ्चालनमा ल्याएपछि कृषकले बजार मूल्य पाउन थालेका हुन् । राक्सेजस्तै गल्धाका धेरै महिला विगतका वर्षमा भएको अदुवाको बजार मूल्यको उतारचढाव तथा बजारको अनिश्चिताको कारणले अदुवा खेती कम गर्दै अन्य बाली खेती गर्न बाध्य थिए । गत वर्षबाट आफ्नै सहकारीले अदुवाको सङ्कलन, बजारीकरण तथा प्रशोधन सुरु गरेपश्चात् उनीहरु उत्साहित भएका हुन् ।

आठ रोपनीमा अदुवा खेती गर्दै आउनुभएकी उहाँले मकै र कोदो लगाएको बाँकी आठ रोपनीमा पनि अदुवा खेती नै गर्ने सोच बनाउनुभएको छ । विगतमा अदुवा उत्पादनमा पाल्पा जिल्लालाई अगुवाइ गरेको निस्दी गाउँपालिका र यहाँका कृषक बजारको अनिश्चितता र उत्पादनको उचित मूल्य नपाउँदा अदुवा खेतीमा आकर्षण विस्तारै घट्दै गएको थियो । अदुवाको बजार सुनिश्चितता तथा कृषकलाई उचित मूल्य प्रदान गर्न विगत दुई वर्षदेखि गल्धा सामाजिक उद्यमी महिला सहकारी संस्थाले बजारीकरण गर्दै आएको छ । संस्थाका व्यवस्थापक दिलमाया सारुका अनुसार दुई वर्ष अगाडि कृषकबाट उत्पादित सात हजार ६४ केजी अदुवा खरिद गरी बजारीकरण सुरु गरेकोे सहकारीले गत वर्ष ६३ हजार एक सय २३ केजी अदुवा खरिद गरी बजारीकरण गरेको थियो ।

“निस्दीमा बिजुली छैन्, हामीले सोलार प्रविधिबाट अदुवालाई प्रशोधन गर्ने प्रविधि ल्याएका छौँ”, सहकारीका व्यवस्थापक सारुले भन्नुभयो । गत वर्षबाट वातावरणमैत्री सोलार ड्रायर (अदुवाको चाना सुकाउने प्रविधि)को प्रयोग गरी चाना तथा धुलो प्रशोधन र ब्रान्डिङ सुरुआत गरेको छ । अन्तर्राष्ट्रिय बजारमा नेपालमा उत्पादित सोलार ड्राइङ गरेको प्राङ्गारिक अदुवाको चानाको उच्च माग रहेको छ । सहकारीमा आधुनिक अदुवा प्रशोधन केन्द्र स्थापना गरिएको छ । सहकारीका कार्यवाहक अध्यक्ष सीतादेवी घिमिरेका अनुसार चार सय मेट्रिक टन अदुवा प्रशोधन गर्नसक्ने क्षमताको प्रशोधन केन्द्रबाट यस वर्ष दुई सय मेट्रिक टन अदुवा प्रशोधन गरीएको छ ।

यहाँबाट प्रशोधित अदुवा विदेश निर्यातसम्म गर्ने लक्ष्य सहकारीको छ । हेफर इन्टरनेशनल नेपालको प्राविधिक तथा आर्थिक सहयोग, निस्दी गाउँपालिका, कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको आर्थिक सहयोगमा यसै वर्ष गल्धा सामाजिक उद्यमी महिला सहकारी संस्थामा प्रशोधन केन्द्र स्थापना गरिएको थियो । सहकारीमा आबद्ध तीन सय २० जना अदुवा कृषकले ४० हेक्टर क्षेत्रफलमा अदुवाको व्यावसायिक खेती प्रवद्र्धन गर्ने योजना बनाएको सहकारीले जनाएको छ ।

Previous Post

संविधान र जनताको अधिकारको रक्षा गर्ने अभिभारा आएको छ : नेता पौडेल

Next Post

कल्पना–साहस–लगनशीलताले दिन्छ सफलताः माइकल फेल्प्स्

सम्बन्धित खबर

उम्मेदवारको खर्चमा पारदर्शीता देखिएनः संयुक्त पर्यवेक्षण प्रतिवेदन
फिचर-ब्यानर

उम्मेदवारको खर्चमा पारदर्शीता देखिएनः संयुक्त पर्यवेक्षण प्रतिवेदन

३० फाल्गुन २०८२,
अष्ट्रेलियाद्वारा पेट्रोल र डिजेल आपूर्ति सुदृढ बनाउने तयारी
अन्तर्राष्ट्रिय

अष्ट्रेलियाद्वारा पेट्रोल र डिजेल आपूर्ति सुदृढ बनाउने तयारी

३० फाल्गुन २०८२,
लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन
आर्थिक

लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

३० फाल्गुन २०८२,
उद्यमीलाई बिनाधितो ऋण
आर्थिक

उद्यमीलाई बिनाधितो ऋण

३० फाल्गुन २०८२,
छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी
फिचर-ब्यानर

छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी

३० फाल्गुन २०८२,
मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित
समाचार

मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित

३० फाल्गुन २०८२,
Load More
Next Post
कल्पना–साहस–लगनशीलताले दिन्छ सफलताः माइकल फेल्प्स्

कल्पना–साहस–लगनशीलताले दिन्छ सफलताः माइकल फेल्प्स्

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In