• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ

    निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

    निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह

    निर्वाचन आउन एक दिन बाँकीः सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ

    कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

    आजको मौसम : तराईमा हुस्सु, पहाडमा बादल

    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

    प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने

    आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ

    निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

    निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह

    निर्वाचन आउन एक दिन बाँकीः सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ

    कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

    आजको मौसम : तराईमा हुस्सु, पहाडमा बादल

    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

    प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने

    आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

शहरतिर वसाइँ सरेका परिवार गाउँ फर्कन थाले

by
१३ फाल्गुन २०७९,
0
शहरतिर वसाइँ सरेका परिवार गाउँ फर्कन थाले
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, १२ फागुन । शिक्षा–स्वास्थ्य लगायतका सुबिधा खोज्दै शहर पसेकाहरु आफ्नै पुरानै गाउँतर्फ फर्कने क्रम सुरु भएको छ । कास्कीको रुपा गाउँपालिकाबाट स्थायी वा अस्थायी रुपमा बसाईँ सरेर पोखरा लगायत अन्य शहरमा पसेका परिवारहरु गाउँ फर्कन थालेका हुन् । फागुन २७ गते स्थापना दिवस मनाउने बारेमा जानकारी दिन कास्कीका दक्षिणी पूर्वी रुपा गाउँपालिकाद्धारा आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो ।

शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युतको विकास र सडकको विस्तारसँगै व्यवसायिक कृषिमा सम्भावना देखेर नै शहरबाट गाउँ फर्कने क्रम दिनप्रतिदिन वढिरहेको जानकारी गाउँपालिकाका अध्यक्ष नवराज ओझाले दिनुभयो । अध्यक्ष ओझाले भन्नुभयो– ‘गाउँ फर्कने वढी मात्रामा पोखरामा भाडामा बस्दै आएका र व्यवसायिक कृषि गर्नका लागि गाउँवाहिरका व्यक्तिहरु पनि गाउँ छिर्नुको साथै केही मात्रामा पोखरा तथा अन्य शहरमा स्थायी बसोवास गरेका पनि छन् ।’

पाँच वर्ष अघि मात्र ६०–७० वटा कृषि लगायत विभिन्न व्यवसायिक फर्महरु रहेको गाउँपालिकामा यतिबेला त्यस्ता फर्म ६ सय पुगेको जानकारी दिँदै अध्यक्ष ओझाले व्यवसायिक कृषि गर्नकै लागि पनि गाउँपस्ने क्रमसुरु भएको छ । पोखरा शहरसँगै जोडिएका सुगम वडाका वासिन्दाहरु वढी मात्रामा पोखरा लगायतका शहरबाट गाउँतर्फ बसाई सरेको जानकारी पनि अध्यक्ष ओझाले दिनुभयो । हाम्रो अनुमानमा रुपाबाट अझै २०–२५ प्रतिशत परिवार शहरमा नै बस्ने गरेको छ ।’ शहर पसेको ४–५ प्रतिशत परिबार आउँनै फर्किएको अनुमान अध्यक्ष ओझाको छ ।

शहरमा पाइने सबै सुबिधा गाउँमा नै पाउन थालेपछि कम आयश्रोत भएका परिबार शहरको मंहगो बसाईबाट गाउँतर्फ नै फर्कन थालेको जानकारी उहाँले दिनुभयो । हाम्रो प्रयास अझै शहरमा बस्ने परिवारलाई गाउँमा नै फर्काउने रहेको छ, अध्यक्ष ओझाले भन्नुभयो– ‘गाउँका कति परिबार शहरमा छन् भन्ने तथ्याङकएकदुई दिनमा नै निकाल्दै छौ, नौ वटा वडा भएको रुपा गाउँपालिको बजेट वार्षिक ५० करोड रुपैयाँ र राष्ट्रिय योजनासमेत गाउँमा परेकाले विकासको गति तीव्र बन्दै गएको दावि पनि अध्यक्ष ओझाले गर्नुभयो । यस अघिको पाँच वर्षे गाउँपालिकाको अध्यक्ष पनि ओझा नै हुनुहुन्थ्यो ।

गाउँमा बोडिङ स्कुल र अस्पतालहरु समेत खुल्न थालेपछि शहरपसेका परिवारहरु गाउँतर्फ नै आकर्षित हुन थालेको भनाई गाउँपालिकाका उपाध्यक्ष लालसुब्बा गुरुङको छ । ‘रुपाको पहिचान :सबै क्षेत्रमा समृद्धिको अभियान’ मूल नाराका साथ गाउँपालिका अगाडि बढेको जानकारी उपाध्यक्ष गुरुङले दिनुभयो । साविक थुम्की, रुपाकोट, देउराली र हंसपुर गाउँविकास समितिलाई समेटेर रुपा गाउँपालिका बनाइएको हो । रुपा गाउँपालिकाको जनसंख्या हाल १५ हजार एक सय ४० रहेको जानकारी रुपा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष ढुंगानाले दिनुभयो । रुपा गाउँपालिकामा ढेढ वर्ष यता ९५ परिबार शहरबाट गाउँ फर्किएको तथ्याङ्क गाउँपालिकाले दिएको छ । निजी लगानीमा गाउँमा थ्री स्टार होटल रुपाकोट रिसोर्टसमेत निर्माण भएको छ ।

यसै सन्दर्भमा कास्कीको रुपा गाउँपालिकाले पाँच दिने कार्यक्रम गरी फागुन २७ गते आफ्नो स्थापना दिवस मनाउने भएको छ । सो अवसरमा बोल्दै गाउँपालिकाका अध्यक्ष नवराज ओझाले वडा स्तरीय अध्यक्ष कप खुल्ला पुरुष भलिवल, गाउँपालिका स्तरीय झाँकी प्रदर्शन र माला बुन्ने प्रतियोगिता गरिने जानकारी दिनुभयो ।
प्रतियोगिता अन्तरगत बिजेता समुहलाई पुरस्कृत गरिने भएको छ । पुरुष भलिवल अन्तरगत प्रथम हुने समुहलाई एक लाख २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ भने द्धितीयलाई ८० हजार रुपैयाँ र तृतीय हुने समुहलाई ५० हजार रुपैयाँका साथै मेडल प्रमाणपत्र प्रदान गरिने छ ।

त्यसैगरी रुपा गाउँपालिका स्तरीय झाँकी प्रदर्शन प्रतियोतिामा प्रथम हुने समुहलाई ३० हजार रुपैयाँ, द्धितीय समुहलाई २० हजार रुपैयाँ, तृतीय हुने समुहलाई १० हजार रुपैयाँ र सान्त्वनालाई पाँच हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको जानकराी अध्यक्ष ओझाले दिनुभयो । त्यस्तै माला बुन्ने प्रतियोगितामा प्रथम हुनेलाई ६ हजार ६ सय ६७ रुपैयाँ, द्धितीय हुनेलाई चार हजार रुपैयाँ र तृतीय हुनेलाई दुई हजार ६ सय ६७ रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको जानकारी अध्यक्ष आझाले दिनुभयो । स्थापना दिवस सफल पार्न विभिन्न समिति एवं उपसमितिहरु समेत गठन गरिएको छ ।

स्थानीय संस्कृति प्रति युवालाई आकर्षण र जगेर्ना गर्न विभिन्न भेषभूषमा गरिने झाँकीमा युवाहरुलाई अनिवार्य सहभागिता गराउनु पर्ने भएको छ । अध्यक्ष ओझाले झाँकी प्रतियोगिता प्रति समुह ३५ जना सहभागी हुनुपर्ने र त्यसमध्ये ५ जना युवालाई समेट्नु पर्ने बताउनुभयो । नयाँ पुस्तालाई पनि स्थानीय संस्कृतिका बारेमा दिन उनीहरुको सहभागिता पनि आवश्यक हुने जानकारी अध्यक्ष ओझाले दिनुभयो । साथै अध्यक्ष ओझाले गाउँमा भएको शिक्षा, स्वास्थ्य, सडक, खानेपानी र विद्युत विकाससँगै शहर पसेका परिबार पछिल्ला वर्ष गाउँतर्फ फर्कन थालेको जानकारी दिनुभयो ।

Previous Post

चुट्किलाः रेकर्ड पनि तोड्यौ होइन

Next Post

यस्ता छन् कुरिलोका फाइदाहरु !

सम्बन्धित खबर

बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ
आर्थिक

निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

२० फाल्गुन २०८२,
निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह
आवाज

निर्वाचन आउन एक दिन बाँकीः सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ

२० फाल्गुन २०८२,
कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान
आवाज

आजको मौसम : तराईमा हुस्सु, पहाडमा बादल

२० फाल्गुन २०८२,
कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती
आर्थिक

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

१९ फाल्गुन २०८२,
आवाज

चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

१९ फाल्गुन २०८२,
प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने
आवाज

आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

१९ फाल्गुन २०८२,
Load More
Next Post
यस्ता छन् कुरिलोका फाइदाहरु !

यस्ता छन् कुरिलोका फाइदाहरु !

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In