तपाईंको बारेमा सत्य
तपाईं एक असल मानिस हो । तपाईं धेरै सफलता, सुखी, उल्लास र उमंगले भरिएको एक उत्कृष्ट जिन्दगीको हकदार हुनुहुन्छ । स्वस्थ सम्बन्ध, उम्दा स्वास्थ्य, अर्थपूर्ण काम र आर्थिक स्वतन्त्रता तपाईंको जन्मसिद्ध अधिकार हो । यी ती कुरा हुन् जुन तपाईंको जिन्दगीमा आउनुपर्छ ।
तपाईंमा सफलताको गुण रहेको छ र तपाईंमा आफ्नो आँकलन, आत्मसम्मान र स्वाभिमानलाई उच्च स्तर बनाइराख्ने योग्यता छ । तपाईं विशेष हुनुहुन्छ, मानव इतिहासमा तपाईंजस्तो कोही पनि छैन, कहिल्यै जन्मेकै छैन । तपाईंसँग प्रतिभा र योग्यताको यस्तो अद्भुत भण्डार छ जसलाई जब सही तरिकाले पूर्ण रुपमा प्रयोग गरिने छ तब तपाईंले त्यो सारा कुरा पाउनु हुनेछ जसको आशा तपाईंले गर्नुभएको थियो ।
तपाईं भाग्यमानी हुनुहुन्छ, यो मानव इतिहासको सबैभन्दा राम्रो काल हो । तपाईंको चारैतिर यस्ता सम्भावनाको थुप्रो लागेको छ जसको फाइदा उठाएर तपाईं आफ्नो सपनालाई साकार बनाउन सक्नुहुन्छ । तपाईं के र कति प्राप्त गर्न सक्नुहुन्छ, यो तपाईं आफैलाई कुन हदसम्म योग्य सम्झनुहुन्छ, त्यसैमा निर्भर छ । तपाईंको सफलताको वास्तवमै कुनै सीमा छैन ।
साभारः ‘सोच बदलौँ, जिन्दगी बदलौँ’ पुस्तकबाट











