एक पटक कबीरदास बिहानै गंगा स्नान गरिरहेका थिए । त्यसै बेलामा चार ब्राह्मण पनि स्नान गर्नको लागि गंगाको किनारमा पुगे । तर उनीहरुसँग लोटा थिएन । पानी चिसो थियो र गहिरो पनि । यसैले चारै जना ब्राह्मण त्यही गंगा किनारमा बसेर आफ्नो हातले पानी हाल्न थाले ।
कबीरले यो सब धेरै समयदेखि हेरिरहेका थिए । जब उनले हेरेर बस्न सकेनन् तब उनीले पनि आफ्नो लोटा लगेर र बालुवाले सफा गरेर गंगाजलले धोएर ब्राह्मणतिर बढाउँदै भने, यो मेरो लोटा लिनुस् र नुहाउनुस् ।
ब्राह्मणहरु मध्येको एउटाले भन्यो, तर तिमी त जुलाहा हौ । जुलाहाको लोटाले हामी भ्रष्ट हुँदैनौँ र ? कबीरले भने, उसोभए यो गंगाजल पनि अपवित्र भयो । तपाईंहरुले भन्दा अगाडि मैले यहाँ नुहाइसकेँ । अब तपाईंहरुले अर्काे गंगा ल्याउनु पर्छ ।
कबीरको जवाफ सुनेर चारैजना ब्राह्मणको टाउको निहुरियो र उनीहरले बुझे जातपातमा केही राखिएको छैन ।
साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट













