दिनभरिको परिश्रमले हाम्रो छालामा धुलोमैलो टाँसिन्छ । यसका लागि हामीले सबैभन्दा पहिले छालाको सफाइमा ध्यान दिनुपर्छ । छालाको सफाइ यसको प्रकार अनुरुप गर्नुपर्दछ । तपाईंको अनुहारको निधार, नाक र चिउँडोको आसपासको स्थानमा छालाका भागलाई टी–जोन भाग मानिन्छ । यस जोनमा दाग, धब्बा अधिक मात्रामा हुने गर्दछन् ।
क्लिन्जिङ
शुष्क र तैलीय भागलाई अलग अलग क्लिन्जरले सफा गर्नुपर्दछ । आवश्यकता भएका खण्डमा तैलीय भागलाई दुई पटक क्लिन्जरले सफा गर्न सकिन्छ ।
टोनिङः शुष्क छालाका लागि आंशिक रुपमा र तैलीय छालामा सम्पूर्ण रुपले टोनरको प्रयोग गर्न सकिन्छ । अनुहारको सम्पूर्ण भागमा अल्कोहल रहित टोनरको प्रयोग गर्नु पर्दछ ।
मोस्चराइजरः शुष्क छाला भएको भागमा मोस्चराइजर क्रिम लगाउनुपर्दछ । अनुहारको तैलीय भागमा यसलाई लगाउनु आवश्यक छैन, तर यस भागमा तैलीय भागका लागि निर्मित लोसन लगाउन सकिन्छ ।
साभारः ‘नारी सौन्दर्य विज्ञान’ पुस्तकबाट













