• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

को बन्ला आईजीपी ? डीआईजीहरु शक्तिकेन्द्र धाउँदै !

by
९ फाल्गुन २०७९,
0
को बन्ला आईजीपी ? डीआईजीहरु शक्तिकेन्द्र धाउँदै !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – अहिलेका प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहको कार्यकाल आगामी चैत ११ गतेदेखि सकिदैछ । प्रहरी नियमावली २०७१ को दफा १२७ को उपदफा (१) को देहाय (घ) मा ३० वर्ष सेवा अवधि पूरा भएमा अनिवार्य अवकाश हुन्छ । यही व्यवस्था अनुसार आइजीपी सिंहले अवकास पाउँदैछन् ।

यस अघिको सरकारले ३० वर्षे प्राबधान हटाएर धिरजप्रताप सिंहलाई नै आईजीपीमा निरन्तरता दिने भन्दै ३० वर्षे हटाएर आईजीपीको कार्यकाल ३ वर्षे बनाउने प्रस्ताव गरेको थियो । तर अब यो प्रस्ताव अनुसार ऐन संशोधन नहुने भएको छ । योसँगै आईजीपी सिंह अनिवार्य अवकासमा जाने छन् ।

अब हुने नेपाली प्रहरीका आईजीपीका दाबेदारहरु अहिलेपनि प्रहरी नायव महानिरीक्षक (डीआईजी) नै छन् । झण्डै ८ महिनादेखि नेपाल प्रहरीमा एआईजी रिक्त भएपनि सरकारले बढुवा गरेको छैन । हाल नेपाल प्रहरीमा ५ एआईजी रिक्त छन् ।

अबको आईजीपीमा कसको संभावना ?
अबको आईजीपी वसन्त कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा र श्यामलाल ज्ञवाली मुख्य दाबेदार हुन् । उनीहरु वरीयतामा क्रमशः १ देखि ५ सम्म छन् । यसबाहेक किरण बज्रचार्य, मीरा चौधरी भीम ढकाल, सन्दीप भण्डारी, टेकप्रसाद राई, अशोक सिंह, सुदीप गिरी, टेकप्रसाद तामाङ, उमेशराज जोशी, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा पनि दाबेदार हुन् ।

अहिले भावी आइजीपीका दाबेदार मानिएका डीआइजीहरुबीच पहिलो नम्बरमा एआइजी हुनका लागि दौडधूप सुरु भएको छ । पहिलो वरियतामा एआईजी भएमा आइजीपी हुन थप सहज हुने भन्दै डीआईजीहरु शक्तिकेन्द्र धाउन थालेका हुन् ।

डीआईजी अशोक सिंह प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख स्वकीय सचिव गंगा दाहाल र उनका पति प्रदेश १ का मन्त्री जीवन आचार्यलाई प्रभावमा पारी पहिलो वरियतामा एआईजी हुने दाउमा छन् । तर उनि बिरुद्ध नागरिकता र प्रमाणपत्रको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । त्यस्तै डीआईजी दीपककुमार थापाको पनि माओवादी केन्द्रका नेताहरुसँग राम्रो सम्बन्ध छ । पहिलो नम्बरका डीआईजी वसन्त कुँवर र दोस्रो नम्बरका टेकप्रसाद राई भने आफूहरु वरियतामा अगाडी भएकाले स्वभाविक रुपमा एआईजी भइन्छ भनेर बसेका छन् ।

यता ५ नम्बर वरियताका डीआईजी श्यामलाल ज्ञवाली पनि एआईजी बढुवामा पहिलो वरियतामा पार्न शक्ति केन्द्रमा दौडधुप गरिरहेका छन् । छैटौं नम्बरमा रहेकी किरण बज्राचार्य पनि महिला आइजीपी बनाउनुपर्छ भन्दै माओवादी नेतृहरुमार्फत प्रधानमन्त्री शक्तिकेन्द्रमा धाइरहेकी छन् । यसबाहेक सबै डीआईजीहरु आ–आफ्नो सम्पर्क सम्बन्धबाट चलखेलमा लागेका छन् ।

यस कारण प्रहरी नेतृत्व सँधै चर्चाको विषयमा

देशको आन्तरिक सुरक्षा व्यवस्थापनको बागडोर सम्हाल्न पाउने भएकाले प्रहरी प्रमुखको पदका लागि मरिहत्ते गर्ने चलन पहिलेदेखि नै छ । राजनीतिक नेतृत्वमा समेत प्रहरी प्रमुखको चयनलाई लिएर हानथाप नै चल्ने गर्छ ।

प्रहरीका एक पूर्वएआईजी शक्तिको दुरुपयोग गर्न पाइने भएका कारण प्रहरी प्रमुख नियुक्तिका लागि राजनीतिक नेतृत्वबीच हानथाप हुने गरेको बताउँछन् । राजनीतिक आडमा शक्तिको दुरुपयोग गर्न पाइन्छ भन्ने मानसिकताका कारण पनि राजनीतिक नेतृत्व आफ्नो मान्छेलाई प्रहरी नेतृत्वमा पु-याउन मरिहत्ते गर्छन् ।

भावी आईजीपीका लागि अवसरसँगै चुनौति पनि उत्तिकै छ । पूर्वडीआईजी हेमन्त मल्लका अनुसार, नेपाल प्रहरी संगठनको अहिलको मुख्य चुनौती खस्कदै गएको संगठनको साख जोगाउनु हो । मल्ल भन्छन्, ‘निर्मला हत्या प्रकरण होस् या सुन तस्करी प्रकरण अर्थात संगठनभित्र करियर प्लानिङमा देखिएको कमजोरी, यी विभिन्न कुराले अहिले प्रहरी संगठनको शाख खस्कदै गएको छ । नयाँ प्रहरी महानिरीक्षकका लागि मुख्य चुनौती संगठनको शाख जोगाउनु नै हो ।

मल्लका अनुसार अहिले प्रहरीभित्र संगठनप्रति वितृष्णा बढ्दै गएको छ । संगठनभित्र राजनीतीकरणले पनि समस्या थपेको छ । यस्तो अवस्थामा संगठनमा आकर्षण बढाउन सक्नुपर्छ ।

Previous Post

जुवातास खेलिरहेका ६ जना नागार्जुनबाट पक्राउ

Next Post

कसैसँग कुनै प्रकारको आशा गर्नु राम्रो होइनस् नायिका इस्ला फिसर

सम्बन्धित खबर

ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार
फिचर-ब्यानर

ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

२९ फाल्गुन २०८२,
‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’
आवाज

‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

२९ फाल्गुन २०८२,
बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले
आर्थिक

बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

२९ फाल्गुन २०८२,
जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो
आर्थिक

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

२९ फाल्गुन २०८२,
कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र
आर्थिक

कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

२९ फाल्गुन २०८२,
ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन
आवाज

ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

२९ फाल्गुन २०८२,
Load More
Next Post
कसैसँग कुनै प्रकारको आशा गर्नु राम्रो होइनस् नायिका इस्ला फिसर

कसैसँग कुनै प्रकारको आशा गर्नु राम्रो होइनस् नायिका इस्ला फिसर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In