आफ्ना रचनात्मकतलाई सक्रिय बनाउनको लागि तपाईंले केही अतिरिक्त प्रश्न पनि सोध्न सक्नुहुन्छ, जस्तो म के गर्ने कोसिस गरिरहेको छु, यो प्रश्नको बिल्कुलै स्पष्ट जवाफ दिने प्रयास गर्नुस् ।
जब कुनै बेला कुनै लक्ष्य या परिणाम प्राप्त गर्नमा तपाईं हताशा महसुस गर्न थाल्नुहुन्छ तब तपाईं आफैसँग सोध्नुस्, म यो कसरी गर्ने प्रयास गरिरहेको छु ? के यो भन्दा राम्रो तरिकाले यो काम हुनसक्छ ? आफ्नो ताजा तौर तरिकालाई लिएर कुनै खालको भ्रम नपाल्नुस् ।
तपाईंको मान्यता के हो ? तपाईंको प्रत्यक्ष धारणा के हो र सुप्त धारणा के हो ? तपाईंको त्यो कुन धारणा हो जुन तपाईंको विचारमा सही छ, तर यदि गलत भयो भने तपाईंको पूरा सोच नै बदलिने छ ? अलेक्स म्याकेन्जीले लेखेका पनि छन्— हर असफलताको जडमा पथभ्रष्ट धारणा हुन्छ ।
साभारः ‘सफलता शास्त्र’ पुस्तकबाट











