काठमाडौं । आज भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । १६ तारिखमा नयाँ मूल्य सूची आएसंगै पेट्रोलियम पदार्थको मूल्य घटेर आएको हो ।
आज आएका नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १.९७ रुपैयाँ घटेर आएको छ । आएको निगमका अनुसार डिजेलको मूल्य प्रतिलिटर साढे ६ रुपैयाँ आएको छ । हाल नेपाली बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १७८ र डिजेलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ कायम रहेको छ ।













