काठमाडौँ । त्रिभुवन विश्वविद्यालयलले चैत ५ गतेका लागि स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले आज स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । निर्देशनालयले फागुन १९ गतेदेखि चैत ५ गतेसम्मको निर्वाचन कार्यतालिका बनाएको छ ।
फागुन १९ गते विद्यार्थी संगठन दर्ताको निर्धारित समय तोकिएको छ भने फागुन २१ गते मतदाता सूची प्रकाशन, फागुन २५ गते मतदाता सूचीमा दाबी–विरोधको समय तोकिएको निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए ।
सम्पुर्ण जानकारीका लागि विज्ञप्तीमा हेर्नुहोसः














