काठमाडौं । आज देशका पहाडी भू-भागमा मौसम आंशिक बदली रहने छ । बाँकी भू-भागमा भने सामान्यतः सफा रहने छ ।
अहिले बिहान प्रदेश १ का पहाडी भू-भागमाआंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतस् सफा छ।
तराईका थोरै भू-भागमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने छ ।
हाल देशमा कुनै पनि मौसमी प्रणालीहरूको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भोलि देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहनेछ।
बुधबार दिउँसो प्रदेश १, वाग्मती र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने छ ।
राति भने प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यत: सफा रहने महाशाखाले जनाएको छ ।













