काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले भिल्लारियललाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले भिल्लारियललाई १–० गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाको जितमा खेलको १८औं मिनेटमा पेड्रीले गरेको गोल नै निर्णायक गोल बनेको थियो ।
यो जितपछि बार्सिलोनाको २१ खेलमा ५६ अंक भएको छ र शिर्ष स्थानमा कायम रहेको छ । बार्सिलोना एक खेल कम खेलेको रियल म्याड्रिड भन्दा ११ अंकले अगाडी रहेको छ । त्यस्तै भिल्लारियलको २१ खेलमा ३१ अंक रहेको छ र लिगमा आठौँ स्थानमा रहेको छ ।












