काठमाडौँ –सुनको मूल्य आइतबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार छापावाल सुन तोलामा ४०० रुपैयाँले बढेको हो ।
छापावाल सुन तोलामा १ लाख ४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबारसुन तालोमा १ लाख ३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलामा १ लाख ३ हजार ५०० रुपैयाँमा कारोबार भएको भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेको छ । चाँदी तोलाको १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।













