काठमाडौँ । रियल म्याड्रिड क्लब विश्वकपको फाइनलमा पुगेको छ ।
गएराती सम्पन्न सेमिफाइनल खेलमा इजिप्टको क्लब अल अहलीलाई ४-१ गोल अन्तरले पराजित गर्दै रियल म्याड्रिड क्लब विश्वकपको फाइनलमा पुगेको हो ।
रियल म्याड्रिडको जितमा भिनिसियस जुनियर, भाल्भर्डे, रोड्रीगो र आरिबसले एक एक गोल गरेका थिए । त्यस्तै अल अहलीका लागि एक गोल मालोउलले गरेका थिए ।
अब रियल म्याड्रिडले फिफा क्लब विश्वकपको फाइनलमा साउदी अरेबियाको क्लब अल हिलालसँग आगामी शनिबार खेल्ने छ ।













