रवीन्द्रनाथ टैगोरका केही अमर वाणीहरु
१) प्रायः मानिसहरुले मेरो चित्रको अर्थ मसँग सोध्ने गर्दछन् । जस्तो कि मेरा चित्र शब्दहीन छन् । त्यस्तै म पनि छु । चित्रको काम व्यक्त गर्नु हो, व्याख्या गर्ने होइन । अभिव्यक्त चित्रको पछाडि के हुन सक्छ त्यसलाई सोचेर, बुझेर खोज्नु पर्दछ, भाषाद्वारा बताउनुपर्नेछ । रुपको सार्थकता जब रुपमा प्रस्फुटित हुन्छ तब त्यसको अस्तित्व रहन्छ, अन्यथा केवल विज्ञानको कुनै सत्य–तथ्यसँग समन्वित हुनु अथवा कुनै नैतिक मापदण्डसँग समन्वित भए तापनि ती स्थायी रहन सक्दैनन् ।
२) मुक्ति शून्यतामा होइन पूर्णतामा हुन्छ । पूर्णताले सृष्टि गर्दछ, ध्वंस गर्दैन ।
३) जबसम्म यौवनको उत्साह हामीमा छ, तबसम्म हाम्रा बानीको नराम्रो प्रभाव तत्काल देखिन्न तर बिस्तारै–बिस्तारै त्यसले त्यो ओजश्विता समाप्त गरिदिन्छ । जब जीवनले सन्ध्या प्राप्त गर्दछ अनि हामीले हिसाब चुकाउनुपर्दछ, जिम्मेवारी निर्वाह गर्नुपर्दछ । अनि त्यही बानीले हामीलाई बकम्फुसे बनाइदिन्छन् ।
४) वैराग्य साधनाद्वारा प्राप्त मुक्तिको सट्टा असङ्ख्य बन्धनका बीच प्राप्त मुक्तिको आनन्दमय प्राप्ति नै मेरो लक्ष्य हो ।
५) हाम्रो जीवनको प्रत्येक दोस्रो दिन अघिल्लो दिन भन्दा केही त्यस्तो भिन्न होस् जसबाट हामीले केही सिकौँ ।
६) मात्र बाह्र संस्कार सम्पन्न गरेर मोक्षा प्राप्त गर्न सकिन्न । धर्मले मानिस–मानिसबीच भेद गर्दैन ।
७) वस्तुतः यो संसार मिथ्या छैन, बलपूर्वक यसलाई मिथ्या भनेर के लाभ छ ।
८) असल र राम्रा कुराको हाँसो उडाउन जति सजिलो हुन्छ त्यति हाँसो लाग्दो कुराको हाँसो उडाउन सजिलो हुँदैन ।
९) हामी जब नम्रतामा महान् हुन्छौँ, तब हामी महान् व्यक्तिको निकटतामा पुग्दछौँ ।
१०) जलधारा, यौवन, समय, संसार सबै अघि मात्र बढ्दछन्, पछि फर्किन जान्दैनन् । केवल मनुष्यको मन नै यसको विपरित छ जो बारम्बार भूतमा नै दृष्टि पु¥याउँछ ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













