• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो

    होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो

    सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो

    पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

    मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर

    मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर

    नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका

    नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका

    ३० हजार किमि उड्ने चराको सङ्कट

    ३० हजार किमि उड्ने चराको सङ्कट

    त्रिभुवन र पोखरा विमानस्थलको प्रमुख फेरिए

    नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो

    होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो

    सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो

    पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

    मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर

    मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर

    नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका

    नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका

    ३० हजार किमि उड्ने चराको सङ्कट

    ३० हजार किमि उड्ने चराको सङ्कट

    त्रिभुवन र पोखरा विमानस्थलको प्रमुख फेरिए

    नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

राजनीति नयाँ मोडमाः ओली एक्ल्याउने रणनीति

by
२४ माघ २०७९,
0
राजनीति नयाँ मोडमाः ओली एक्ल्याउने रणनीति
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । बिगत दुई वर्षदेखि संसदीय निर्वाचनसम्म सँगै रहेका पाँच दलीय गठबन्धनमा आवद्ध दलहरू पुरानो गठबन्धनलाई ब्युताउने रणनीतिमा लागेका छन् । संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र वर्तमान सत्ताको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का दोस्रो तहका नेताहरू पुरानो गठबन्धन ब्युँताउन लागेका हुन् ।

सात दलीय गठबन्धनबाट प्रधानमन्त्री बन्नुभएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साझा सहमतिको राष्ट्रपतिको एजेन्डा उठाएपछि कांग्रेससमेत त्यसमा सहमत भएको छ । गत पुस १० मा सरकार गठन हुँदा भएको सहमतिअनुसार राष्ट्रपति नेकपा ९एमाले०ले पाउनुपर्ने दाबी गर्दै आए पनि पछिल्लो राजनीतिक घटनाक्रमले एमालेको दाबी कमजोर हुँदै गएको देखिन्छ ।

एमालेका एक नेताले प्रधानमन्त्री प्रचण्डले अस्थिर राजनीतिक खेल खेलिरहेको टिप्पणी गर्दै नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘प्रधानमन्त्री प्रचण्डले विदेशी शक्तिहरूको दबाबमा पुरानै गठबन्धन जोड्न खोज्नुभएको छ । तर, त्यति सजिलै हामी पनि कहाँ मिल्न दिन्छौं र १ राष्ट्रपति कसलाई बनाउने भन्ने विषयमा जोडेर पुरानै गठबन्धन ब्युँताउन खोजियो भने उहाँ पनि खुइलिनुहुन्छ ।’

तत्कालीन कांग्रेससहितको पाँच दलीय गठबन्धनबाट पुष १० गते दिउँसो २ बजेसम्म प्रधानमन्त्री पाउने पक्का नभएपछि एकाएक एमालेसहितको सात दलीय समर्थनमा दाहाल प्रधानमन्त्री बन्नुभएको थियो । सात दलीय गठबन्धन गरेर सरकार बनाएको डेढ महिना नपुग्दै दाहाल साविककै गठबन्धनमा फर्किने बाटोमा लागेको एमालेले आरोप लगाउन थालेको छ । पुरानो पाँच दलीय गठबन्धन ब्युँताउने विषयमा नेकपा माओवादीभित्र समेत दुई धार देखिएको नेताहरूको भनाइ छ ।

माओवादीभित्र उपाध्यक्ष कृष्णबहादुर महरासहित अग्नि सापकोटा, जनार्दन शर्मा, शक्ति बस्नेत, गिरिराजमणि पोखरेलगायतका नेताहरू प्रचण्डलाई पुरानै गठबन्धनमा फर्काउने पक्षमा देखिएको श्रोतको दाबी छ । उनीहरूसँग नेपाली कांग्रेसका पूर्णबहादुर खड्का, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, रमेश लेखकलगायत नेताहरूले भेटघाट बढाएको बताइएको छ ।

यद्यपि, प्रचण्डलाई माओवादीकै नेताहरू नाराणकाजी श्रेष्ठ, वर्षमान पुन, देव गुरुङलगायतका नेताहरूले वामपन्थी गठबन्धन तोड्न नहुने सुझाव दिँदै आएका छन् । कांग्रेसले गत पुस २६ मा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर प्रमुख प्रतिपक्षको कित्तामा बसेको थियो । उक्त दलले दिएको विश्वासको मतको अर्थ अहिले आएर खुल्दै गएको नेताहरू बताउँछन् । दाहाललाई कांग्रेसले समेत विश्वासको मत दिने वातावरण निर्माण गरेदेखि नै सत्ता समीकरण कुनै पनि बेला फेरबदल हुने आशंका भइरहेको थियो । केपी ओलीले अकस्मात माओवादीलाई कांग्रेसको गठबन्धनबाट फुटाएर नयाँ गठबन्धन निर्माण गरेकोमा कांग्रेस सन्तुष्ट छैन । हातमा आइसकेको सत्ता एकै झड्कामा गुमाउन पुगेको संसद्को सबैभन्दा ठूलो दल कांग्रेस वर्तमान गठबन्धन फुटाएरै पुनः सत्तारोहण गर्ने पक्षमा छ ।

बाहिर ल्याउन नचाहे पनि पूर्व सहयात्री दलहरू नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र०, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा सहितका नेताहरूबीच प्रारम्भिक छलफल शुरू हुन थालेको नेताहरूले बताएका छन् । कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद रामहरि खतिवडाले प्रचण्ड र केपी ओली लामो समय एकै ठाउँ नरहने प्रतिक्रिया दिँदै भन्नुभयो– ‘पुरानो गठबन्धन जोड्ने विषयमा आधिकारिक छलफल त भएको छैन । तर, प्रचण्डजीलाई काम गर्न ओलीजी सहज हुनुहुन्न । राष्ट्रपतिको निर्वाचनसम्म हेरौं राजनीतिक कोर्स कसरी विकास हुन्छ ।’

एमालेलाई राष्ट्रपति कुनै हालतमा दिन नहुने प्रचण्डमाथि माओवादी पार्टीभित्र दबाब बढेको छ । तर, एमालेले सत्ता गठबन्धनमा भएको शुरूकै सहमतिअनुसार राष्ट्रपति पाउनुपर्ने र यही गठबन्धन कायम राखेर स्थिर सरकारको अभ्यास गर्नुपर्नेमा जोड दिइराखेको छ । यसैबीच प्रचण्ड नेतृत्वको सरकारबाट गृहमन्त्रालयको नेतृत्वसहित चार मन्त्रालय र उपसभामुख लिएर सरकारमा गएको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाडिसकेको छ । रास्वपा अध्यक्ष रवि लामिछानेलाई गृहमन्त्रीमा पुनर्बहाली गर्न सत्ता गठबन्धनका प्रमुख शक्ति एवं एमाले अध्यक्ष केपी ओलीले प्रचण्डलाई पटकपटक आग्रह गरे पनि प्रचण्डले अस्वीकार गर्नुभएको थियो । सरकार गठन भएको डेढ महिना बितिसक्दा समेत गठबन्धनबाट बनेको उच्चस्तरीय संयन्त्रको बैकठसमेत बस्न सकेको छैन । यसले पनि गठबन्धन भत्काउन थप बल पुगेको छ ।

साविक गठबन्धनलाई सरकार निर्माणका लागि सहज बहुमत पुग्ने अवस्था छ । सरकारमा बहुमत पुग्न १ सय ३८ मत आवश्यक पर्छ । त्यसका लागि कांग्रेससँग ८८, माओवादीसँग ३२, जनता समाजवादीसँग १२, नेकपा एकीकृतसँग १० र जनमोर्चासँग १ सिट छ । यसरी हेर्दा साविककै गठबन्धन ब्युतिँदा १ सय ४३ मत कायम रहन्छ । त्यसमा ४ सिट रहेको लोकतान्त्रिक समाजवादी पार्टीसमेत सँगै हुने सम्भावना बलियो छ । प्रचण्डले पुरानै गठबन्धनमा फर्किने निर्णय गरेको खण्डमा केन्द्रदेखि प्रदेशसम्म त्यसको असर पर्नेछ । एमालेको भागमा सभामुख मात्रै बाँकी रहनेछ ।

यसैबीच सोमबार सत्ता र प्रमुख प्रतिपक्षी दलका तीन शीर्ष नेताबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको हो ।

तीन नेताहरूबीचको छलफलमा सीमालगायत अन्य राष्ट्रिय महत्वको विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार मनहरि तिमिल्सिनाले जानकारी दिनुभयो । बैठकमा शीर्ष नेताहरू सहभागी भए पनि सत्ता साझेदारीका विषयमा छलफल नभएको तिमिल्सिनाले दाबी गर्दै भन्नुभयो– ‘सीमा व्यवस्थापनसहित अन्य राष्ट्रिय महत्वको विषयमा छलफल गर्न बैठक बोलाइएको हो । राष्ट्रिय महत्वको विषय भएकाले अन्य सरोकारवाला निकायहरूसहित सबै पार्टीका शीर्ष नेताहरूलाई बोलाइएको हो ।’

सत्ता गठबन्धनबाट एमालेले राष्ट्रपतिको दाबी गर्दै आएको र माओवादीले राष्ट्रपतिको उम्मेदवार साझा बनाउने चर्चा चलिरहेका बेला संसद्को प्रमुख प्रतिपक्षीदलका नेता समेतको छलफललाई अर्थपूर्ण रूपमा हेरिएको छ । –नेपाल समाचारपत्रबाट

Previous Post

इस्लामिक देशहरु तालिबानले इस्लाम को नयाँ व्याख्या गरेकोमा चिन्तितः रिपोर्ट

Next Post

प्रचण्ड-ओलीबीच बालुवाटारमा छलफल

सम्बन्धित खबर

होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो
अन्तर्राष्ट्रिय

होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो

९ चैत्र २०८२,
सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो
आर्थिक

पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

९ चैत्र २०८२,
मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर
फिचर-ब्यानर

मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर

९ चैत्र २०८२,
नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका
आर्थिक

नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका

९ चैत्र २०८२,
३० हजार किमि उड्ने चराको सङ्कट
फिचर-ब्यानर

३० हजार किमि उड्ने चराको सङ्कट

९ चैत्र २०८२,
त्रिभुवन र पोखरा विमानस्थलको प्रमुख फेरिए
आर्थिक

नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

९ चैत्र २०८२,
Load More
Next Post
प्रचण्ड-ओलीबीच बालुवाटारमा छलफल

प्रचण्ड-ओलीबीच बालुवाटारमा छलफल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In