मसालाको संसारमा धनिया अरु मसलाहरुभन्दा सस्तो तर सुगन्धमा सर्वश्रेष्ठ वनस्पति हो । यसको पात, दाना र फूल तीनै अङ्ग महत्वपूर्ण र बहुलाभकारी हुन्छन् । जिब्रो, पेट अनि पर्यावरण सबैको गुणकारी मित्र हो धनिया । आयुर्वेदमा उल्लेख भएअनुसार यसमा टर्राे तत्व र कसाइलो स्वाद हुनाले अचार, मसला या सलाद सबैमा बेजोड मानिन्छ ।
–यसको प्रयोगले खाना सुपाच्य स्वादिष्ट हुन्छ ।
–यसले वात, पित्त र कफ तिनै दोषलाई सन्तुलित राख्न सहयोग गर्छ ।
–धनियाको दानाको बोक्रा निकाली दूधमा पकाएर पिएमा त्यसले मुच्र्छा पर्दा, बेहोश हुँदा निकै फाइदा पु¥याउँछ ।
–गर्मीको कारणले गर्दा पेट दुख्ने, फुल्ने र पोल्ने समस्यामा यसको धुलो मिस्रीसँग मिसाएर लिएमा आराम मिल्छ ।
–पखाला लागेको बिरामीलाई भुटेको धनिया पिसेर खुवाएमा लाभकारी हुन्छ ।
–तिर्खा, अरुचि, वमन, अजीर्णमा उपयोगी मानिन्छ ।
–आँखा सुन्निएमा या वरिपरि कालोपन बढेमा धनिया उमालेर कपडाले छानी सो पानी आँखामा केही थोपा राख्नाले तत्काल फाइदा पुग्दछ ।
–दिसामा रगत आएको खण्डमा धनिया भिजाएर पिस्ने र त्यसको पानी खानाले तत्काल राहत मिल्दछ ।
–कामवासनाको अनियन्त्रित वेगलाई शान्त गर्न धनिया भिजाएको पानी पिउने सल्लाह दिइन्छ ।
–बाल बच्चालाई खोकी लागेको खण्डमा भातको माडमा धनियाको चूर्ण फिटेर खुवाउने गरे खोकी निको हुन्छ ।
–गर्भावस्थामा हुने वाकवाकीमा धनिया उमालेको पानी (काढा) मा मिस्री मिलाएर पिउनाले निकै राहत मिल्दछ ।
साभारः ‘खाने कसरी पिउने कसरी’ पुस्तकबाट













