• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार

    नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार

    न्याय माग्दै पीडितहरु महिला आयोगमा

    न्याय माग्दै पीडितहरु महिला आयोगमा

    होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो

    होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो

    सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो

    पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

    मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर

    मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर

    नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका

    नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पार्किङको उद्घाटन गरे, मेयर आचार्यले

by
२३ माघ २०७९,
0
पार्किङको उद्घाटन गरे, मेयर आचार्यले
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, २३ माघ । पोखराको न्यूरोडमा संचालनमा ल्याइएको सशुल्क सवारी साधन पार्किङको सोमबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका छन् । पोखराका मुख्य बजार क्षेत्रका सडकमा सवारी पार्किङ रोक लगाएको एक हप्ता वित्न नपाउँदै मेयर आचार्यले निजी रुपमा संचालनमा ल्याएइएको सशुल्क पार्किकको शुभारम्भ गरेका छन् । न्यूरोड स्थित पूर्णिमा सिनेमा हल खली गरी सशुल्क पार्किङ संचालनमा ल्याइएको छ ।

एक हप्ता अघि पोखरा महानगरले पृथ्वी चोक, सभागृह चोक, न्यूरोड, विपीचोक, महेन्द्रपु र नयाँबजारको सडकमा पार्किङ गर्न रोक लगाएको छ । उक्त पाकिङर्को शुभारम्भ गर्दै प्रमुख आचार्यले सडकमा सवारी साधानहरु राख्ने दिनहरू अब समाप्त भएको र नेपालको कानूनले पनि नदिने बताए । सडकमा सवारी साधन पार्किङका लागि अव नगरपालिकाले टेन्डर निकाल्दैन र सडकमा पार्किङ गर्ने परम्पराको अन्त्य गरिने दावी उनको छ । ‘‘अहिले हामीले सडकमा भइरहेको पार्किङको कुनै शुल्क उठाएका छैनौँ, सडकमा अव हामीले टेन्डर गर्दैनौँ, यसको अर्थ के हो भने अव सडकमा सवारी साधन राख्ने दिनहरू बिस्तारै सकिए भन्ने बुझ्न पर्छ, प्रमुख आचार्यले भने, त्यस कारण अहिले महानगरले घोषणा गरेको क्षेत्रमा पार्किङ व्यवस्थापनका लागि प्राविधिक तयारी नपुगेकाले मात्रै खुकुलो हुनु परेको हो ।”

पोखरा महानगर क्षेत्रमा बनेका भवनहरूको बेसमेन्टहरुलाई पार्किङका लागि उपयोग गरिने उनले बताए । यस्तै मुख्य सडकको दायाँबायाँ रहेका खाली जग्गाहरूलाई समेत सम्बन्धित जग्गाधनीहरुसंगको समन्वय तथा सहकार्यमा नियमानुसार शुल्क लिने गरी पार्किङ कै लागि उपयोग गर्ने तयारीमा महानगर रहेको उनले स्पष्ट पारे ।
उनका अनुसार पोखरा सभागृह र पोखरा प्रदर्शनी केन्द्रमा भने अर्को व्यवस्था नभएसम्मका लागि निःशुल्क पार्किङको व्यवस्था गरिएको छ । पोखरा महानगरपालिका क्षेत्र भित्रको पार्किङलाई थप व्यवस्थित बनाउनका लागि सम्बन्धित सरोकारवालासंगको छलफल समेत जारी रहेको बताउँदै उनले कुनै पेशा, व्यवसाय र वर्गलाई असर नपर्ने गरी पार्किङ व्यवस्थापन गरिने बताए ।

‘‘सडकमा भइरहेको पार्किङको उपयुक्त विकल्प महानगरसँग छ, सडकमा जतिको सङ्ख्यामा सवारीसाधान पार्किङ गरिएका छन्, त्यसको दोब्बर क्षमता महानगरले व्यवस्था गरेका स्थानमा छ, प्रमुख आचार्यले भने, तत्काल पार्किङ हटाउँदा व्यापार व्यवसायमा असर पर्छ कि भन्ने व्यवसायी साथीहरूको जुन किसिमको बुझाई छ, तर त्यसो हुँदैन ।” आफूहरू सडकको पार्किङ हटाइएको क्षेत्रमा नियमित चल्ने गरी सटल बसको समेत व्यवस्था गर्ने तयारीमा रहेको उनले बताए । आवतजावत गर्नका लागि सम्बन्धित व्यवसायीहरुसंग सहकार्य गरी सटल बसको समेत व्यवस्था गरिने बताइएको छ ।

पोखरा महानगरपालिका वडा नं ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले सुन्दर पोखरा निर्माणको अभियान पोखरा ९ बाटै शुभारम्भ गरिएको बताए । ‘‘सधैँ पोखरा कुरूप हुँदैन, अव पोखरा सुन्दर बन्छ, सुन्दर बनाउने अभियानको सुरुवात हो यो ।” उहाँले भन्नुभयो । सडकमा गरिने पार्किङका कारण बजार अस्तव्यस्त हुने र साँघुरा सडकका कारण सडक दुर्घटनाको जोखिम बढेपछि सडकको पार्किङ विस्थापन गर्न लागिएको बताइएको छ ।

Previous Post

पुसमा थप बढ्यो विदेशी मुद्राको सञ्चिति, ९ महिनाको आयात धान्ने

Next Post

पर्यटन प्रर्वद्धन गर्न चापाकोट महोत्सव

सम्बन्धित खबर

नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार
आवाज

नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार

९ चैत्र २०८२,
न्याय माग्दै पीडितहरु महिला आयोगमा
आवाज

न्याय माग्दै पीडितहरु महिला आयोगमा

९ चैत्र २०८२,
होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो
अन्तर्राष्ट्रिय

होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो

९ चैत्र २०८२,
सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो
आर्थिक

पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

९ चैत्र २०८२,
मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर
फिचर-ब्यानर

मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर

९ चैत्र २०८२,
नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका
आर्थिक

नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका

९ चैत्र २०८२,
Load More
Next Post
पर्यटन प्रर्वद्धन गर्न चापाकोट महोत्सव

पर्यटन प्रर्वद्धन गर्न चापाकोट महोत्सव

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In