नारायण र सजीव हनुमानढोका घुम्दै थिए । त्यसै वेला सजीव एकोहोरिएर कतै हेर्न थाल्यो ।
नारायणः ए सजीव, एकोहोरो भएर के हेरिरहेको छस् ?
दरबारको दलिनमा प्रेममा मग्न एक जोडी परेवातिर संकेत गर्दै सजीव ः हे भगवान्, मैले पनि यसै गरी माया गर्न पाए ।
नारायणः तिम्रो घरमा पनि त परेवा छन् नि, जाऊ न गर ।
असफल नियोजन
मिनबहादुरले शहरमा गएर परिवार नियोजनको स्थायी नियोजन गरायो र गाउँ फर्कियो । एक वर्षपछाडि उसकी श्रीमतीले एउटा जखमले छोरो जन्माइन् । ऊ रिसाउँदै आफ्नो नियोजन गर्ने डाक्टरकोमा पुग्यो ।
मिनबहादुरः यो के लापरबाही हो डाक्टर साब ? तपाईंले त मेरो स्थायी नियोजन गर्नुभएको थियो, फेरि यो छोरो कसरी जन्मियो ?
डाक्टरले अझै जङ्गिदै जवाफ दिए—
डाक्टरः परिवार नियोजन मैले तपाईंको गरिदिएको थिएँ, साह्रा गाउँलेको त गरेको हैन नि !
साभारः ‘हँसाउने चुट्किला’ पुस्तकबाट













