• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, April 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

    मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    इरानलाई सहयोग गरे चीनविरूद्ध ५० प्रतिशत करवृद्धि गर्ने राष्ट्रपति ट्रम्पको चेतावनी

    पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै

    सिँचाइ सुविधा उपलब्ध नहुँदा कञ्चनपुरमा चैते धानबाली घट्यो

    रेकर्ड यात्रा सकेर आर्टेमिस टोलीको घर फिर्ती

    रेकर्ड यात्रा सकेर आर्टेमिस टोलीको घर फिर्ती

    वर्षान्त : २०८२ राजनीतिक ‘सुनामी’को वर्ष

    वर्षान्त : २०८२ राजनीतिक ‘सुनामी’को वर्ष

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    यस्तो छ प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
३० चैत्र २०८२,
0
पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दोधारा चाँदनी (कञ्चनपुर), ३० चैतः चैते धानको खेती गर्ने किसानको सङ्ख्या घटेको छ । कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय कञ्चनपुरको तथ्याङ्कअनुसार चैते धान लगाउने कृषकको सङ्ख्या हरेक वर्ष घट्दै गएको छ ।

केही वर्षअघि सम्म जिल्लामा ४०० हेक्टरमा चैते धान खेती हुने गरेकामा अहिले डेढ सय हेक्टरमा मात्रै खेती हुने गरेको कृषि ज्ञान केन्द्रका सहायक बाली विकास अधिकृत धर्मबहादुर साउँदले जानकारी दिनुभयो ।

“हामीले किसानलाई विभिन्न किसिमका कृषि उपकरण र सिँचाइका लागि बोरिङलगायत सुविधा उपलब्ध गराउने गरेका छौँ,” उहाँले भन्नुभयो, “चैते धान खेतीका लागि धेरै सिँचाइ आवश्यक हुन्छ यहाँ सिँचाइ सुविधा उपलब्ध नहुँदा चैते धान खेती घट्दै गएको छ ।” उहाँका अनुसार ज्ञान केन्द्रबाट किसानलाई ५० प्रतिशत अनुदानमा सिँचाइका लागि बोरिङ उपलब्ध गराउँदै आएको भए पनि त्यसले पर्याप्त रुपमा सिँचाइ हुन नसकेको बताउनुभयो ।

कृषि ज्ञान केन्द्रले चैते धानखेती प्रवद्र्धन कार्यक्रमअन्तर्गत कृषकलाई बीउ, मलखाद, सिँचाइ र जोत्ने उपकरण सहयोग गर्दै आएको छ । “चैते धान अन्य धानभन्दा धेरै उत्पादन हुने भए पनि सिँचाइ अभावको कारण खेती घटेको छ,” उहाँले भन्नुभयो, “किसानहरुलाई यहाँबाट प्राविधिकहरुको सहयोग हुन्छ ।” चैते धान अन्य धानको तुलनामा बढी फल्ने भए पनि महाकाली सिँचाइ नहरमा नियमित पानी सञ्चालनमा नआउँदा खेती गर्न नसकिएको यहाँका किसानको गुनासो छ ।

“अन्य धानको तुलनामा चैते धान उत्पादन बढी हुन्छ यसका लागि पानी धेरै चाहिन्छ,” यहाँका किसान तीर्थ रानाले भन्नुभयो, “महाकाली नहरमा पानी नियमित हुँदैन बोरिङको पानी चैते धानलाई पर्याप्त हुँदैन ।” कञ्चनपुरको सबैभन्दा बढी चैते धान खेती हुने गरेको बेल्डाडीमा अहिले खेती हुन छोडेको छ । सिँचाइकै कारण खेत बाँझो रहन थालेपछि चैत धान लगाउन छोडेको यहाँका किसान बताउँछन् । सिँचाइ अभावकै र कारण खेती गर्न समस्या हुने गरेको दिनेश चौधरीले बताउनुभयो । “चैते धानलाई पानी पर्याप्त चाहिन्छ त्यही समयमा महाकाली नहरमा पानी आउँदैन,” उहाँले भन्नुभयो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोन कार्यालयले पनि कञ्चनपुरमा लक्ष्य अनुसारको धान खेती हुन नसकेको जनाएको छ ।

कञ्चनपुरमा कुल खेतीयोग्य जमिन एक लाख ६१ हजार ७४१ हेक्टर रहेको छ । जसमध्ये ५९ हजार ६०२ हेक्टर अर्थात् ३६ प्रतिशत जमिनमा खेती हुने गरेको छ । यसको २९ प्रतिशत क्षेत्रफलमा मात्रै सिँचाइ सुविधा उपलब्ध हुने गरेको छ । कञ्चनपुरमा ४८ हजार ६०० हेक्टरमा धान खेती हुने गरेको छ ।

कञ्चनपुरमा हाल महाकाली सिँचाइ आयोजना पहिलो र दोस्रो चरणबाट ११ हजार ६०० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध छ । विक्रम संवत् २०४२ मा सुरु भई ०४८ मा सम्पन्न भएको महाकाली सिँचाइ पहिलो चरणबाट चार हजार ८०० हेक्टर र ०५२ मा सम्पन्न भएको दोस्रो चरणबाट ६ हजार ८०० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुगेको छ । पहिलो र दोस्रो चरणको सिँचाइबाट यहाँको भीमदत्त, बेदकोट नगरपालिका र बेलडाँडी गाउँपालिकासम्म सिँचाइ सुविधा उपलब्ध छ ।

Previous Post

रेकर्ड यात्रा सकेर आर्टेमिस टोलीको घर फिर्ती

Next Post

इरानलाई सहयोग गरे चीनविरूद्ध ५० प्रतिशत करवृद्धि गर्ने राष्ट्रपति ट्रम्पको चेतावनी

metakhabar

metakhabar

सम्बन्धित खबर

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
आवाज

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

३० चैत्र २०८२,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
आर्थिक

इरानलाई सहयोग गरे चीनविरूद्ध ५० प्रतिशत करवृद्धि गर्ने राष्ट्रपति ट्रम्पको चेतावनी

३० चैत्र २०८२,
रेकर्ड यात्रा सकेर आर्टेमिस टोलीको घर फिर्ती
अन्तर्राष्ट्रिय

रेकर्ड यात्रा सकेर आर्टेमिस टोलीको घर फिर्ती

३० चैत्र २०८२,
वर्षान्त : २०८२ राजनीतिक ‘सुनामी’को वर्ष
आवाज

वर्षान्त : २०८२ राजनीतिक ‘सुनामी’को वर्ष

३० चैत्र २०८२,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आर्थिक

यस्तो छ प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण

३० चैत्र २०८२,
‘प्रेमको जीत’मा शंकरसँगै अश्विनी र आर्यनको अभिनय
मनोरञ्जन

‘प्रेमको जीत’मा शंकरसँगै अश्विनी र आर्यनको अभिनय

२९ चैत्र २०८२,
Load More
Next Post
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

इरानलाई सहयोग गरे चीनविरूद्ध ५० प्रतिशत करवृद्धि गर्ने राष्ट्रपति ट्रम्पको चेतावनी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In