नेपाली मन्त्री मलेसिया जाने क्रममा सिंगापुर अन्तर्राष्ट्रिय एयरपोर्टमा पुगे ।
भिआइपी गेटबाट बाहिर निस्कने क्रममा चेकजाँच नगरिकन खुरुखुरु हिँडेको देखेर सेक्युरिटीले रोकिन आदेश दिँदै भन्यो—
सेक्युरिटीः एक्सक्युजमी सर, वेट ।
मन्त्रीले फनक्क फर्किएर हेरेर भन्यो— सिक्टी किलो ।
स्वर्गमा स्थान
मुन्द्रेले स्वामीसँग सोधेछ— स्वामीजी रक्सी र चुरोट खानेलाई स्वर्गमा स्थान हुँदैन रे हो ?
स्वामीः त्यो होइन बालक, तिमी जति धेरै रक्सी र चुरोट खान्छौ त्यति नै चाँडो स्वर्गमा स्थान पाउँछौ ।
साभारः ‘हँसाउने चुट्किला’ पुस्तकबाट













