• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, April 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    स्वास्थ्य शिविरबाट ७६९ जना लाभान्वित

    स्वास्थ्य शिविरबाट ७६९ जना लाभान्वित

    खुला आकाशमुनिको ‘ट्युसन’ कक्षा !

    खुला आकाशमुनिको ‘ट्युसन’ कक्षा !

    थारू समुदायमा हराउँदै घरको योजना बनाउने चलन

    थारू भित्ते चित्रकला सङ्कटमा : हराउँदै जनजीवनको प्रतिबिम्ब

    आलेखः फेरिँदै हुलाक सेवा, चिट्ठीदेखि पार्सलसम्म…

    सार्वजनिक बिदाको दिन पनि हुलाकबाट वस्तु आयात–निर्यातको सेवा लिन सकिने

    सुनको मूल्य घट्यो

    सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

    सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा

    सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    स्वास्थ्य शिविरबाट ७६९ जना लाभान्वित

    स्वास्थ्य शिविरबाट ७६९ जना लाभान्वित

    खुला आकाशमुनिको ‘ट्युसन’ कक्षा !

    खुला आकाशमुनिको ‘ट्युसन’ कक्षा !

    थारू समुदायमा हराउँदै घरको योजना बनाउने चलन

    थारू भित्ते चित्रकला सङ्कटमा : हराउँदै जनजीवनको प्रतिबिम्ब

    आलेखः फेरिँदै हुलाक सेवा, चिट्ठीदेखि पार्सलसम्म…

    सार्वजनिक बिदाको दिन पनि हुलाकबाट वस्तु आयात–निर्यातको सेवा लिन सकिने

    सुनको मूल्य घट्यो

    सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

    सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा

    सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

थारू भित्ते चित्रकला सङ्कटमा : हराउँदै जनजीवनको प्रतिबिम्ब

metakhabar by metakhabar
२० चैत्र २०८२,
0
थारू समुदायमा हराउँदै घरको योजना बनाउने चलन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर, २० चैत : माटोका भित्तामा उकेरिएका चित्रहरू एक समय कञ्चनपुरका थारू गाउँको पहिचान नै हुन्थे । घरको प्रवेशद्वार अगाडिको भित्तामा माटो उकेरेर बनाइने जनावर, चरा, देवीदेवता र दैनिक जीवनका दृश्यले थारू समुदायको संस्कृति, प्रकृतिप्रतिको श्रद्धा र जीवनशैली झल्काउँथ्यो । तर समय परिवर्तनसँगै पक्की घर निर्माणको बढ्दो प्रवृत्तिले थारू समुदायको परम्परागत भित्ते लोक चित्रकला अहिले लोपोन्मुख अवस्थामा पुगेको छ ।

पहिले थारू समुदायका घरका भित्तामा रुख, बेहुलाबेहुलीलाई डोलीमा बोकेको, हात्ती, घोडा, मयूर, चरा, गोरु जोत्दै गरेका किसान, मान्छे, माछा, कछुवा, चित्तल, बाघ, भालु, गणेश, शिवपार्वतीलगायतका चित्र बनाउने गरिन्थे । चित्र बनाउने काममा महिला निपूण हुन्थे ।

ती चित्रहरू केवल सजावटमात्र नभई जीवन दर्शन, धार्मिक आस्था, प्रकृतिप्रतिको श्रद्धा र सामाजिक संस्कारको प्रतीकका रूपमा चिनिन्थे । भित्ते चित्रमार्फत थारू समुदायले आफ्नो रहनसहन, वन्यजन्तु, जलजङ्गल, खेतीपाती, विवाह संस्कार र देवदेवतासँगको सम्बन्धलाई अभिव्यक्त गर्दथे । राना थारू समुदायका अगुवा जगता राना भन्नुहुन्छ, “गहुँबाली भित्र्याएर फुर्सदिला भएको समयमा विशेषगरी वैशाख–जेठमा नयाँ घर बनाउने र पुराना घर मर्मत गर्ने काम हुन्थ्यो, महिलाले माटो ल्याएर घर लिपपोत गर्ने र त्यही बेला भित्तामा चित्र बनाउने चलन थियो, त्यो हाम्रो संस्कृति र पहिचानको भाग थियो ।” उहाँका अनुसार गाउँका सबै महिला मिलेर सामूहिक रूपमा घर लिपपोत गर्ने चलन थियो । भित्ता लिपपोत गर्दा सिपालु महिलाले माटो उकेरेर चित्र बनाउने गर्थे । यसले गाउँमा आपसी सहयोग, मेलमिलाप र सामुदायिक एकता पनि बढाउने काम गथ्र्यो ।

थारू गाउँमा बडघर चयन प्रक्रिया सकिएपछि गाउँमा अंशवण्डा गर्ने, घर निर्माण गर्ने र मर्मत गर्ने योजना बनाउने परम्परा छ । योजनाअनुसार गाउँका सबै मानिस सामूहिक रूपमा एकअर्काको घर बनाउने चलन परापूर्वकालदेखि चल्दै आएको थारू अगुवा हवलदार चौधरी बताउनुहुन्छ ।

उहाँका अनुसार सहर नजिकका गाउँमा पक्की घर निर्माण बढेसँगै सामूहिक रूपमा घर बनाउने र भित्तामा चित्र बनाउने चलन विस्तारै हराउँदै गएको छ, तर विकट ग्रामीण गाउँहरूमा भने अझै केही हदसम्म यो परम्परा बाँकी छ । भित्ते चित्रहरूमा देखाइने चित्रको पनि आफ्नै अर्थ र प्रतीकात्मक महत्व हुने गरेको उहाँ बताउनुहुन्छ ।

“भित्तामा कोरिने चित्रमा घोडालाई यातायातको साधन र शक्ति तथा गतिशीलताको प्रतीक मानिन्थ्यो”, उहाँले भन्नुभयो, “कछुवालाई लामो आयु र धैर्यको प्रतीक मानिन्थ्यो भने मयूरलाई सौन्दर्य र समृद्धिको प्रतीकका रूपमा चित्रमा राखिन्थ्यो, हात्ती शक्ति र गौरवको प्रतीक मानिन्थ्यो, डोलामा बेहुलाबेहुली बोकेको चित्र विवाह संस्कार र पारिवारिक सम्बन्धको महत्व दर्शाउने चित्रका रूपमा बनाइन्थ्यो ।”

देखतभूलीका वृद्धा द्रोपती राना भन्नुहुन्छ, “कच्ची माटो र काठले बनेका घरमा बस्दा आफ्नै हातले माटोको भित्तामा चित्र बनाउँथ्यौ, त्यो चित्र बनाउने कला हजुरआमाबाट सिकेको थिएँ, अहिले त कोर्ने मान्छे पनि छैनन्, न माटोको भित्तो नै बाँकी छ ।” उहाँका अनुसार विशेषगरी चित्र बनाउने काममा महिलाहरूको मुख्य जिम्मेवारी मानिन्थ्यो र आमा–हजुरआमाले छोरीहरूलाई यो कला सिकाउने गर्थे । यसरी पुस्तौँदेखि पुस्तामा यो कला हस्तान्तरण हुँदै आएको थियो ।

तर पछिल्ला दशकमा पक्की घर निर्माणको बढ्दो चलनसँगै माटोको भित्तो हराउँदै गयो । माटोको भित्तो नभएपछि भित्तेचित्र बनाउने परम्परा पनि हराउँदै गएको पिपलाडी गाउँका स्थानीय बासिन्दा बिलबहादुर चौधरी बताउनुहुन्छ । “पहिले घर बनाउँदा महिलाहरूले भित्तामा चित्र कोर्थे, अहिले सिमेन्टको भित्तामा पेन्ट लगाइन्छ, माटोको चित्र बनाउने चलन हरायो”, उहाँले भन्नुभयो, “खोजेर पनि ती चित्र पाउनै मुस्किल छ ।”

घरको भित्तामा बनाइने चित्रमा केही घरमा रङ भर्ने चलन पनि थियो । केहीले र¬ङबिना पनि चित्र बनाउने गर्दथे । चित्र बनाउन प्रयोग हुने रङ पनि प्राकृतिक सामग्रीबाट तयार गरिन्थे । हल्दीबाट पहेँलो रङ, रातो माटोबाट रातो रङ, खरानीबाट खैरो वा कालो रङ, रुखको बोक्रा र पातबाट हरियो तथा अन्य रङ बनाइन्थे । यसले वातावरणमैत्री र प्राकृतिक जीवनशैली झल्काउँथ्यो ।

थारू सांस्कृतिक जानकार नरेन्द्रप्रसाद चौधरीका अनुसार थारू भित्ते चित्रकला केवल कलामात्र नभई समुदायको इतिहास, संस्कृति र जीवन दर्शन बोकेको जीवित दस्तावेजका रूपमा रहेको छ । चित्रहरूमा प्रकृतिप्रतिको श्रद्धा, वन्यजन्तुसँगको सहअस्तित्व, खेतीपाती, सामाजिक संस्कार, विवाह, देवीदेवताप्रतिको आस्थालगायत विषय चित्रित हुन्थे ।

“हामीलाई बाल्यकालमा आमा–हजुरआमाले चित्र कोरेको हेर्दथ्यौँ, अहिले त्यही कला देख्नै दुलर्भ भइसक्यो, विद्यालयको पाठ्यक्रममा यस्तो परम्परालाई जीवन्त राख्न पाए नयाँ पुस्ताले सिक्ने थिए । “यो लोक चित्रकला संरक्षण गर्न विद्यालयस्तरबाटै सुरु गर्न आवश्यक छ”, उहाँले भन्नुभयो, “विद्यालयको पाठ्यक्रममा थारू कला संस्कृति समावेश गर्ने, स्थानीयस्तरमा चित्रकला तालिम सञ्चालन गर्ने, गाउँमा भित्तेचित्र महोत्सव आयोजना गर्ने र सङ्ग्रहालयमा थारू भित्तेचित्रको नमूना राख्नेजस्ता कार्यक्रम सञ्चालन गर्न सके यो कला पुनर्जीवित हुनसक्छ ।”

यसका साथै अहिले पक्की घरको भित्तामा पनि पेन्ट प्रयोग गरेर परम्परागत चित्र बनाउने अभ्यास सुरु गर्न सकिने उहाँ बताउनुहुन्छ । यस कार्यले आधुनिक घरमा पनि परम्परागत कला जोगाउन सहयोग पुग्नेछ ।

“थारू भित्ते चित्रकला केवल घर सजाउने माध्यममात्र थिएन”, थारू बुद्धिजीवी चन्द्रलाल चौधरीले भन्नुभयो, “त्यो सामुदायिक आत्माभिव्यक्तिको माध्यम पनि थियो, घर लिपपोत गर्ने, चित्र बनाउने, घर निर्माण गर्नेजस्ता काम सामूहिक रूपमा गरिन्थ्यो, जसले गाउँमा एकता, सहयोग र सामाजिक सम्बन्ध मजबुत बनाउने काम गथ्र्यो, अहिले ती परम्परा पनि विस्तारै हराउँदै गएका छन् ।”

“माटोको भित्तामा कोरिएका ती चित्रहरू विस्तारै मेटिँदै गएका छन्”, उहाँ अगाडि थप्नुहुन्छ, “ती चित्रहरूले बोकेको इतिहास, संस्कृति र पहिचान अझै जीवित छ, अब आवश्यक छ– त्यो इतिहासलाई नयाँ पुस्तासम्म पुर्याउने, भित्तामा फेरि चित्र उकेर्ने रङ भराउने र हराउँदै गएको यो मौलिक कला पुनः जीवन्त बनाउने प्रयास गर्ने ।”

“समयमै संरक्षण, तालिम, सचेतना र सरकारी पहल हुनसके भोलिका दिनमा थारू गाउँका भित्तामा फेरि हात्ती, घोडा, मयूर, बेहुलाबेहुली र प्रकृतिका चित्रहरू देख्न पाइने आशा अझै बाँकी छ, त्यो दिन आउने कि नआउने भन्ने कुरा भने अहिलेको पुस्ताको प्रयासमा निर्भर रहनेछ”, उहाँ भन्नुहुन्छ ।

Previous Post

सार्वजनिक बिदाको दिन पनि हुलाकबाट वस्तु आयात–निर्यातको सेवा लिन सकिने

Next Post

खुला आकाशमुनिको ‘ट्युसन’ कक्षा !

metakhabar

metakhabar

सम्बन्धित खबर

स्वास्थ्य शिविरबाट ७६९ जना लाभान्वित
जीवन शैली

स्वास्थ्य शिविरबाट ७६९ जना लाभान्वित

२० चैत्र २०८२,
खुला आकाशमुनिको ‘ट्युसन’ कक्षा !
फिचर-ब्यानर

खुला आकाशमुनिको ‘ट्युसन’ कक्षा !

२० चैत्र २०८२,
आलेखः फेरिँदै हुलाक सेवा, चिट्ठीदेखि पार्सलसम्म…
आर्थिक

सार्वजनिक बिदाको दिन पनि हुलाकबाट वस्तु आयात–निर्यातको सेवा लिन सकिने

२० चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

२० चैत्र २०८२,
सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा
आर्थिक

सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा

२० चैत्र २०८२,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

२० चैत्र २०८२,
Load More
Next Post
खुला आकाशमुनिको ‘ट्युसन’ कक्षा !

खुला आकाशमुनिको ‘ट्युसन’ कक्षा !

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In