• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सुनसरीमा चैते धान रोपाइँ

    सुनसरीमा चैते धान रोपाइँ

    तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

    तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

    रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग

    रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग

    देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा

    देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा

    आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस

    दार्चुला केन्द्रबिन्दु भएर भूकम्प गयो

    जेनजी आन्दोलन : प्रतिशोधमुखी कार्की आयोगको प्रतिवेदन कार्यान्वयनमा चुनौतीः कसले के भने बयानमा ?

    जेनजी आन्दोलन : प्रतिशोधमुखी कार्की आयोगको प्रतिवेदन कार्यान्वयनमा चुनौतीः कसले के भने बयानमा ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पचासी वर्षमा संसार देखेपछि…

metakhabar by metakhabar
१२ चैत्र २०८२,
0
पचासी वर्षमा संसार देखेपछि…
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सिरहा : यहाँको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई जीवनको उत्तराद्र्धमा दृष्टि फर्किएला र फेरि संसार देख्न पाइएला भन्ने कुनै आशा थिएन । विगत सात वर्षदेखि उहाँको संसार अन्धकारमा बितेको थियो ।

छोराहरूले वास्ता गरेनन् । सहारा दिने छोरीकोसमेत मृत्यु भएपछि उहाँ झनै बेसहारा हुनुभएको थियो । तर, आफ्नै आँगनमा सञ्चालित आँखा शिविरले उहाँको देब्रे आँखाको मोतियाविन्दु हटाइदिएपछि उहाँले पुनर्जन्म पाएझैँ अनुभूति गर्नुभएको छ ।

“आँखा नदेखि नै मर्छु जस्तो लागेको थियो, अहिले छयाङ्गै देख्न पाउँदा साह्रै खुसी लागेको छ”, सदायले हर्षका आँसु पुछ्दै भन्नुभयो । सदाय मात्र होइन, मिर्चैया–१ का ८२ वर्षीय गोपाल कापर र ७३ वर्षीया एकल महिला जानकीदेवी साहको कथा पनि उस्तै छ । जानकी देवीको आँखामा लागेको ‘बादल’ जस्तो मोतियाविन्दु पनि शिविरमा उपचार गरी हटाइएको छ । उहाँले अब आफ्नो दैनिकी चलाउन सजिलो हुने बताउनुभयो ।

मिर्चैया नगरपालिका र तिलगङ्गा आँखा अस्पतालको सहकार्यमा यही चैत २ गतेदेखि ८ गतेसम्म चलेको बृहत् आँखा शिविरमा ३१२ जनाको मोतियाविन्दुको सफल शल्यक्रिया गरिएको थियो । नगरका सबै वडा र मिर्चैया अस्पतालमा गरिएको ‘स्क्रिनिङ’का क्रममा चार हजार ५५० जनाले सेवा लिएका थिए ।

तिलगङ्गा आँखा अस्पतालका नेत्र अधिकृत वासुदेव अधिकारीका अनुसार अस्पतालमा यही उपचार गराउँदा शल्यक्रिया शुल्क, औषधि र आवतजावत गर्दा करिब २८ देखि ३० हजार रुपैयाँ खर्च हुन्छ । विपन्न परिवारका लागि यो ठूलो रकम हो । तर आँखा शिविरमा निःशुल्क शल्यक्रिया गरिएको हो ।

नगरभित्रका दलित, विपन्न र वृद्धवृद्धा आँखाको समस्याले पीडित भएको जानकारी पाएपछि विशेष पहल गरेर शिविर सञ्चालन गरिएको नगर प्रमुख श्रवणकुमार यादवले बताउनुभयो । स्वास्थ्य शाखा प्रमुख राजनकुमार साहका अनुसार बिरामीको एक रुपैयाँ पनि खर्च नहुने गरी शल्यक्रिया, औषधि र चश्मासमेत निःशुल्क वितरण गरिएको छ ।

आर्थिक अभावले दृष्टि गुमाउन बाध्य भएका मिर्चैयाका सयौँ नागरिकका लागि यो शिविरले जीवनमा उज्यालो दिएको छ ।

Previous Post

विद्यार्थीलाई उत्प्रेरणाका लागि योग शिविर सञ्चालन

Next Post

आज २०८२ साल चैत १२ गते बिहीबारको राशिफल

metakhabar

metakhabar

सम्बन्धित खबर

सुनसरीमा चैते धान रोपाइँ
कृषि

सुनसरीमा चैते धान रोपाइँ

१२ चैत्र २०८२,
तनहुँको मह विश्वबजारमा, किसान उत्साहित
समाचार

तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

१२ चैत्र २०८२,
रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग
समाचार

रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग

१२ चैत्र २०८२,
देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा
फिचर-ब्यानर

देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा

१२ चैत्र २०८२,
आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस
समाचार

दार्चुला केन्द्रबिन्दु भएर भूकम्प गयो

१२ चैत्र २०८२,
जेनजी आन्दोलन : प्रतिशोधमुखी कार्की आयोगको प्रतिवेदन कार्यान्वयनमा चुनौतीः कसले के भने बयानमा ?
फिचर-ब्यानर

जेनजी आन्दोलन : प्रतिशोधमुखी कार्की आयोगको प्रतिवेदन कार्यान्वयनमा चुनौतीः कसले के भने बयानमा ?

१२ चैत्र २०८२,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

आज २०८२ साल चैत १२ गते बिहीबारको राशिफल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In