• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    धवलागिरिमा भेटियो थप रेडपाण्डा

    रेडपाण्डाको संरक्षण गर्न इलाममा रेडपाण्डा महोत्सव

    सुरुङमार्ग नेपालमा बनाउने, चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा !

    सुरुङमार्ग नेपालमा बनाउने, चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा !

    जानीजानी वनमा डढेलो लगाउने प्रवृत्ति बढ्दो

    जानीजानी वनमा डढेलो लगाउने प्रवृत्ति बढ्दो

    कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशनको कार्यतालिका ल्याउने तयारी

    कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशनको कार्यतालिका ल्याउने तयारी

    कोलम्बियामा वायुसेनाको विमान दुर्घटना: ३४ सैनिकको मृत्यु, ७० भन्दा बढी घाइते

    कोलम्बियामा वायुसेनाको विमान दुर्घटना: ३४ सैनिकको मृत्यु, ७० भन्दा बढी घाइते

    सरकारी नियुक्ति पाएका पदाधिकारीलाई पद त्याग्न चन्द्र भण्डारीको सुझाव

    सरकारी नियुक्ति पाएका पदाधिकारीलाई पद त्याग्न चन्द्र भण्डारीको सुझाव

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
१० चैत्र २०८२,
0
जानीजानी वनमा डढेलो लगाउने प्रवृत्ति बढ्दो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दमौली (तनहुँ) । सामुदायिक वनमा मानिसले जानीजानी डढेलो लगाउने प्रवृत्ति बढ्दै गएको छ । सामुदायिक वनमा ९० प्रतिशभन्दा बढी डढेलो मानव सिर्जित हुने गरेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख मनोज रानाभाटले जानकारी दिए ।

त्यसमध्ये ६४ प्रतिशत डढेलो मानिसले जानाजान लगाउने गरेको रानाभाटले बताए । मानिसले जानीजानी लगाउने डढेलो नियन्त्रण नै अहिलेको प्रमुख चुनौती रहेको उनको भनाइ छ । उनले भने, “सामुदायिक वनमा यत्तिकै आगो लाग्ने सम्भावना निकै कम छ, मानिसले नयाँ घाँस पलाउँछ भनेर डढेलो लगाइदिने गरेका छन् । यसलाई पूर्ण रूपमा रोक्न सकिएको छैन ।”

रानाभाटका अनुुसार चरिणका लागि आगो लगाउने प्रवृत्ति ३० प्रतिशत, चुरोट पिउनेबाट १५, शिकारीबाट सात, वनभोज क्याम्पफाइरिङ आउनेहरूबाट सात, बच्चाहरू खेल्दा छ, अवैध काठ कटान गर्नेहरूबाट पाँच, अतिक्रमणकारीबाट पाँच, खोरिया फँडानीबाट पाँच, गोल पोल्नेबाट चार प्रतिशत र बाँकी जडिबुटी सङ्कलकबाट डढेलो लाग्ने गरेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा ७१ वटा सामुदायिक वनका एक हजार ३२२ हेक्टर क्षेत्रफलमा डढेलो लागेको थियो । यस्तै आव २०८१/८२ मा ८४ सामुदायिक वनका छ सय ६२ हेक्टर क्षेत्रफलमा डढेलो लागेको रानाभाटले जानकारी दिनुभयो । दक्ष जनशक्तिको कमी, आधुनिक उपकरणको अभाव, बजेट कमलगायत कारणले डढेलो नियन्त्रणमा समस्या हुँदै आएको उनले बताए ।

उनले भने, “वनमा डढेलो लगाउनेलाई नियन्त्रणमा लिएर कारबाही गर्न पनि सकेका छैनौँ, लुकिछिपी डढेलो लगाउँदा पहिचान खुलाउनै गाह्रो भइरहेको अवस्था छ ।” उहाँका अनुसार जिल्लाभर छ सय २५ सामुदायिक वन छन् ।

सामुदायिक वनका उपभोक्तालाई डढेलो नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम भइरहेका छन् । डिभिजन वन कार्यालय र आठ वटा सवडिभिजन कार्यालयमार्फत सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार वन डढेलोले कम्तिमा दश प्रतिशत तापक्रम बढाउने गर्दछ ।

डढेलोबाट भुइँमा झरेका रुखको बीउ डढेर उम्रन नपाउने, लाथ्रा अवस्थाको वनमा डढेलो लागेमा रुखमा धोद्रो हुने, डढेलोले वनमा भएको जैविक विविधतामा ह्रास आउने, वन्यजन्तुको वासस्थान विनाश भई त्यसको संरक्षण र विकासमा बाधा पुग्ने, वनमा लागेको आगो नजिकको गाउँघरमा सरी जनधनको क्षति हुनेलगायत जोखिम रहेका वन अधिकृत श्रेष्ठले बताए । गर्मी मौसममा बिडी, चुरोट खाएर जथाभाबी फाल्नाले, वन्यजन्तु भगाउन तथा नयाँ घाँस उमार्नका लागि आगो लगाउनाले डढेलो झन बढ्दै गएको उनको भनाइ छ ।

वन डढेलो नियन्त्रणका लागि तनहुँमा ¥यापिड रेस्पोन्स टिम गठन

वन डढेलो नियन्त्रणलाई प्रभावकारी र द्रुत बनाउन तनहुँमा बहुपक्षीय सहभागितासहित ¥यापिड रेस्पोन्स टिम (द्रुत प्रतिकार्य टोली) गठन गरिएको छ । डिभिजन वन कार्यालय तनहुँको पहलमा वन, प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा सामुदायिक वन उपभोक्ता महासङ्घका प्रतिनिधिसहित उक्त टोली गठन गरिएको हो ।

वन अधिकृत श्रेष्ठको संयोजकत्वमा गठित समितिको सदस्यहरूमा जिल्ला प्रशासन कार्यालयका कर्मचारी गोपाल पोखरेल, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शिव पाठक, सशस्त्र प्रहरी बलका निरीक्षक रामशरण विष्ट, अनुसन्धान अधिकृत रेवन पोखरेल, कालीभञ्जन गण (इ) का सहसेनानी पोखरेन्द्र राना तथा सामुदायिक वन उपभोक्ता महासङ्घ तनहुँका अध्यक्ष विष्णुकुमार श्रेष्ठ रहेका छन् ।

टोली गठनसँगै वन डढेलो लाग्ने बित्तिकै तत्कालै घटनास्थलमा पुगेर नियन्त्रण, उद्धार तथा समन्वय कार्यलाई तीव्र बनाउने लक्ष्य राखिएको छ । विशेषगरी सुख्खा मौसममा डढेलोको जोखिम बढ्दै जाने भएकाले पूर्वतयारी स्वरूप यस्तो टोली गठन गरिएको संयोजक श्रेष्ठले बताए ।

श्रेष्ठले वन डढेलो नियन्त्रणमा ढिलाइ हुँदा ठूलो क्षति हुने भएकाले तत्काल प्रतिक्रिया दिने संयन्त्र आवश्यक भएको बताए । उनले भने, “डढेलो नियन्त्रणमा समय सबैभन्दा महत्वपूर्ण हुन्छ । त्यसैले विभिन्न निकायबीच समन्वय गरी छिटो परिचालन हुने गरी रेस्पोन्स टिम गठन गरिएको हो ।”

उनले स्थानीय तह, सामुदायिक वन उपभोक्ता समूह तथा सर्वसाधारणसँग सहकार्य गरेर सचेतना अभिवृद्धि, निगरानी तथा पूर्वतयारीका कार्यक्रमलाई पनि सँगसँगै अघि बढाइने जानकारी दिए । “मानवीय लापरबाहीका कारण धेरैजसो डढेलो लाग्ने भएकाले जनचेतना अत्यन्त आवश्यक छ”, उनले भने।

सम्बन्धित निकायहरूको संयुक्त प्रयासबाट वन डढेलो न्यूनीकरणमा प्रभावकारी उपलब्धि हासिल हुने अपेक्षा गरिएको छ । साथै, टोलीले जोखिमयुक्त क्षेत्रको पहिचान, नियमित निगरानी तथा आकस्मिक अवस्थामा तत्काल परिचालन भई क्षति न्यूनीकरण गर्ने लक्ष्य राखिएको डिभिजन वन कार्यालयका प्रमुख रानाभाटले जानकारी दिए ।

Previous Post

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशनको कार्यतालिका ल्याउने तयारी

Next Post

सुरुङमार्ग नेपालमा बनाउने, चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा !

metakhabar

metakhabar

सम्बन्धित खबर

धवलागिरिमा भेटियो थप रेडपाण्डा
आर्थिक

रेडपाण्डाको संरक्षण गर्न इलाममा रेडपाण्डा महोत्सव

१० चैत्र २०८२,
सुरुङमार्ग नेपालमा बनाउने, चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा !
समाचार

सुरुङमार्ग नेपालमा बनाउने, चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा !

१० चैत्र २०८२,
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशनको कार्यतालिका ल्याउने तयारी
समाचार

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशनको कार्यतालिका ल्याउने तयारी

१० चैत्र २०८२,
कोलम्बियामा वायुसेनाको विमान दुर्घटना: ३४ सैनिकको मृत्यु, ७० भन्दा बढी घाइते
अन्तर्राष्ट्रिय

कोलम्बियामा वायुसेनाको विमान दुर्घटना: ३४ सैनिकको मृत्यु, ७० भन्दा बढी घाइते

१० चैत्र २०८२,
सरकारी नियुक्ति पाएका पदाधिकारीलाई पद त्याग्न चन्द्र भण्डारीको सुझाव
समाचार

सरकारी नियुक्ति पाएका पदाधिकारीलाई पद त्याग्न चन्द्र भण्डारीको सुझाव

१० चैत्र २०८२,
जिल्ला अस्पताल बैतडीमा हाडजोर्नीको जटिल शल्यक्रिया सुरु
समाचार

जिल्ला अस्पताल बैतडीमा हाडजोर्नीको जटिल शल्यक्रिया सुरु

१० चैत्र २०८२,
Load More
Next Post
सुरुङमार्ग नेपालमा बनाउने, चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा !

सुरुङमार्ग नेपालमा बनाउने, चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा !

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In