• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

    प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

    अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन

    अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन

    मृत्युलाई स्वीकार्न ‘डेथ फेस्ट’

    मृत्युलाई स्वीकार्न ‘डेथ फेस्ट’

    केरा गाउँ ‘बाँस्टारी’

    केराखेती प्रवद्र्धन गर्न कृष्णपुरका किसानलाई अनुदानमा बिरुवा

    ट्रम्प–सी भेटअघि व्यापार वार्ता

    ट्रम्प–सी भेटअघि व्यापार वार्ता

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    बाजुराको उच्च भेगमा वर्षात्संगै हिमपात हुँदा किसान खुसी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

    प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

    अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन

    अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन

    मृत्युलाई स्वीकार्न ‘डेथ फेस्ट’

    मृत्युलाई स्वीकार्न ‘डेथ फेस्ट’

    केरा गाउँ ‘बाँस्टारी’

    केराखेती प्रवद्र्धन गर्न कृष्णपुरका किसानलाई अनुदानमा बिरुवा

    ट्रम्प–सी भेटअघि व्यापार वार्ता

    ट्रम्प–सी भेटअघि व्यापार वार्ता

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    बाजुराको उच्च भेगमा वर्षात्संगै हिमपात हुँदा किसान खुसी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

metakhabar by metakhabar
२ चैत्र २०८२,
0
प्राकृतिक उपचारका लागि सिंगा तातोपानी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी, २ चैत : कपिलबस्तुको बाणगंगा नगरपालिका–४ का रामलाल चालिसे प्राकृतिक उपचारका लागि म्याग्दीको सिंगा तातोपानी कुण्डमा यसपाली दोस्रो पटक आउनुभएको छ । “यसअघि तातोपानीमा प्राकृतिक उपचार गराएपछि निको भएको ग्यास्ट्रिकको समस्या दोहोरिन नदिन यसपाली पनि आएको हो,” उहाँले भन्नुभयो “तातोपानीमा शरिर डुबाउने र पानी सेवन गर्नाले स्वास्थ्यलाई फाइदा गरेको महशुस गरेको छु ।”

धवलागिरी गाउँपालिका–३ मुनाका बुद्धिमान पुन छाला सम्बन्धी समस्याको उपचारका लागि तातोपानी कुण्डमा आएका आइतबार छ दिन भयो । सुरुका दिनको तुलनामा स्वास्थ्यमा सुधार हुदै गएको उहाँले अनुभव बताउनुभयो ।

चितवनको भरतपुरकी चमेली घर्ति क्षेत्री पछिल्लो दश वर्षयता नियमित रुपमा वर्षको एक हप्ता तातोपानी कुण्डमा प्राकृतिक उपचारका लागि आउने गर्नुहुन्छ । “खाना नरुच्ने, अपच हुने, ढाड दुख्ने समस्या निको भएकाले हरेक बर्ष तातोपानी डुब्न आउने गरेकी छु,” उहाँले भन्नुभयो “तातोपानीमा प्राकृतिक उपचार गराउँदा अस्पताल जानआउन लाग्ने समय र औषधी किन्दा हुने खर्चको बचत भएको छ ।”

चालिसे, पुन र घर्तीक्षेत्री जस्तै धेरै सर्वसाधारणहरुको लागि तातोपानी कुण्ड बरदान बनेको छ । वार्षिक २० हजार जना भन्दा बढी नेपालका ७७ वटै जिल्ला र विदेशबाट समेत सर्वसाधारणहरु प्राकृतिक उपचारका लागि आउने गरेका सिंगा तातोपानी कुण्ड ब्यवस्थापन समितिका सचिव कुमार केसीले बताउनुभयो ।

“म्याग्दी नदीको किनारमा प्राकृतिक रुपमा बिरेनुनको गन्ध आउने ५० डिग्री सेल्सीयस तापक्रममा निस्कने तातोपानीलाई संकलन गरेको पोखरीमा स्नानको व्यवस्था मिलाइएको छ,” उहाँले भन्नुभयो “बिरेनुनको गन्ध आउने पानी संकलन गरिएको पोखरीमा स्नान गरेर छाला, ग्यास्ट्रिक, वाथ, चोटपटक लागेको स्वास्थ्य समस्या निको हुने जनविश्वास छ ।”

महिला र पुरुषको लागि स्नानका लागि फरक÷फरक समय तालिका बनाइएको छ । तातोपानीमा स्नान गर्दा एक जनाको रोग अर्कामा नसर्ने सचिव केसीले बताउनुभयो । एक पटकमा दुई सय ५० जना स्नान गर्न मिल्ने पोखरी रहेको छ ।

छोटो समय स्नान गर्नेहरुका लागि अर्को पोखरी बनाइएको छ । एकान्तमा स्नान गर्नेहरुका लागि उपल्लो बजार नजिकै अर्को पोखरी पनि सञ्चालनमा ल्याइएको छ । कुण्डमा स्नान गरेपछि बाक्लो कपडाले बेरेर शरिरलाई न्यानो बनाउने गरिन्छ । पोखरीमा स्नानका साथै तातोपानी सेवन पनि गर्ने चलन छ ।

हिजोआज दैनिक एक हजार दुई सय जनाले तातोपानी कुण्डमा स्नान गरिरहेका सिंगा तातोपानी कुण्ड ब्यवस्थापन समितिका सदस्य मिना जुग्जाली गर्बुजाले बताउनुभयो । “बिहान ५ः३० देखि साँझ ५०ः३० बजेसम्म महिला र पुरुषको छ वटा समूह बनाएर स्नानको ब्यवस्था मिलाइएका छौ ,” उहाँले भन्नुभयो “ असोज–कात्तिक, मंसिर, पुष, माघ, फागुन, चैत र बैशाख महिना तातोपानी कुण्डमा स्नान गर्ने याम हो ।”

चुनावका कारण फागुन महिनामा तातोपानी स्नान गर्न आउनेहरुको संख्या कम भएको थियो । चुनावलगत्तै तातोपानीमा चहलपहल र चाप बढेको छ । १० दिन स्नान गर्न प्रतिव्यक्ति रु. तीन सय ५० शूल्क तिर्नुपर्छ । प्रवेश शूल्कको १३ प्रतिशत सरकारलाई कर र २५ प्रतिशत बेनी नगरपालिकालाई बुझाउने गरिएको छ ।

गत वर्ष नेपालका ६६ वटा जिल्लाका साथै कोरीया, पोल्याड, युक्रेन, स्कटल्याड, रसीया, जापान र भारतका २० हजार तीन सय ४७ जना बिरामीहरु तातोपानी कुण्डमा स्नानका लागि आएका थिए । आर्थिक वर्ष २०८०÷०८१ मा १९ हजार चार सय तीन र २०७९÷०८० मा १८ हजार जनाले स्नान गरेका थिए ।

तातोपानी कुण्डमा स्नानका लागि देशका विभिन्न ठाउँबाट आएका पाहुनाहरुले त्यहाँका होटल र होमस्टे भरिएका छन्् । होटल ब्यवसायी समिति तातोपानीका अध्यक्ष सिता घलेले होटल र घरबासका कोठाहरु भरिभराउ भएका बताउनुभयो । “साना ठूला २० वटा होटल छन्,” उहाँले भन्नुभयो “घरको कोठा र ग्याँस भाडामा लिएर पाहुनाहरुले आफै पकाएर खाने र बस्न पनि मिल्छ ।” म्याग्दी नदीको असला माछा तातोपानीको विशेष परिकार हो ।

Previous Post

अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन

metakhabar

metakhabar

सम्बन्धित खबर

अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन
आर्थिक

अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन

२ चैत्र २०८२,
मृत्युलाई स्वीकार्न ‘डेथ फेस्ट’
अन्तर्राष्ट्रिय

मृत्युलाई स्वीकार्न ‘डेथ फेस्ट’

२ चैत्र २०८२,
केरा गाउँ ‘बाँस्टारी’
कृषि

केराखेती प्रवद्र्धन गर्न कृष्णपुरका किसानलाई अनुदानमा बिरुवा

२ चैत्र २०८२,
ट्रम्प–सी भेटअघि व्यापार वार्ता
अन्तर्राष्ट्रिय

ट्रम्प–सी भेटअघि व्यापार वार्ता

२ चैत्र २०८२,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
फिचर-ब्यानर

बाजुराको उच्च भेगमा वर्षात्संगै हिमपात हुँदा किसान खुसी

२ चैत्र २०८२,
स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन
आर्थिक

स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन

२ चैत्र २०८२,
Load More
Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In