पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसहित पार्टीलाई भर्खरैको आमचुनावमा प्राप्त सफलताका लागि बधाई दिएका छन् ।
पाकिस्तानी प्रधानमन्त्री शरीफले रवि र बालेनलाई फोन गरेर बधाई दिएका छन्। रास्वपा नेताद्वयलाई दिएको बधाई सन्देशमा प्रधानमन्त्री शरीफले यो जनादेश नेपाली नागरिकले नयाँ तथा गतिशील नेतृत्वप्रति देखाएको विश्वासको प्रतिबिम्ब भएको उल्लेख गरेका छन् ।
सन्देशमा उनले पाकिस्तान र नेपालबीचको ऐतिहासिक मित्रता र सहकार्यलाई अझ सुदृढ बनाउन नवनिर्वाचित नेपाल सरकारसँग नजिकबाट सहकार्य गर्न पाकिस्तान इच्छुक रहेको बताएका छन् ।
यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित भुटान, बेलायत, इजरायलसहितका देशले पनि रवि र बालेनलाई टेलिफोन गरेर बधाई तथा शुभकामना दिएका थिए।














