• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कुनै पनि डर, त्रास र धम्कीमा न्याय सम्पादन हुन सक्दैनः वरिष्ठतम् न्यायाधीश मल्ल

    कुनै पनि डर, त्रास र धम्कीमा न्याय सम्पादन हुन सक्दैनः वरिष्ठतम् न्यायाधीश मल्ल

    मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे

    तीन महिनापछि (पोखरा–जोमसोम) हवाई सेवा सञ्चालन

    सूर्यमुखी बगानले बढायो कृषि पर्यटन

    सूर्यमुखी बगानले बढायो कृषि पर्यटन

    धार्मिक पर्यटनको केन्द्र बन्दै नवलपुरको दाउन्ने देवी मन्दिर

    धार्मिक पर्यटनको केन्द्र बन्दै नवलपुरको दाउन्ने देवी मन्दिर

    व्यावसायिक फलफूलखेतीतर्फ भुल्केका किसानको आकर्षण

    व्यावसायिक फलफूलखेतीतर्फ भुल्केका किसानको आकर्षण

    थारू समुदायमा हराउँदै घरको योजना बनाउने चलन

    आज खखडेहरा पर्व मनाउँदै राना थारू समुदाय

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२६ फाल्गुन २०८२,
0
मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुस्ताङ, २६, फागुनः हिउँदयामको प्रतिकूल मौसम तथा पर्यटकीय अफसिजनका कारण विगत तीन महिनादेखि बन्द रहेको (पोखरा–जोमसोम¬) हवाई सेवा सोमबारदेखि सञ्चालनमा आएको छ ।

तर, (पोखरा–जोमसोम) हवाई सेवा सञ्चालनका लागि सोमबार तारा एयरलाइन्सको उडान र मङ्गलबार तारा एयरलाइन्स र समिट एयरलाइन्सको उडान तालिका तय गरिएको भए पनि प्रतिकूल मौसमका कारण हवाई उडान सुरु हुन नसकेको जोमसोम नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

यसअघि (पोखरा—जोमसोम¬) हवाई उडान गर्दै आइरहेको निजी वायुसेवा कम्पनी तारा एयरलाइन्सले डिसेम्बर ४ तारिखदेखि मार्च १ तारिखसम्म हवाई सेवा बन्द गर्ने निर्णय गरेको थियो । यसैगरी यहाँ उडान भर्दै आइरहेको अर्को निजी वायुसेवा कम्पनी समिट एयरलाइन्सले पनि डिसेम्बर १ देखि फेब्रअरी १ सम्म (पोखरा–जोमसोम हवाई उडान सेवा बन्द गर्ने निर्णय गरेको थियो ।

हिउँदयामको अत्यधिक चिसो, सम्भावित हिमपात र प्रतिकूल मौसमका कारण बन्द गरिएको पोखरा–जोमसोम हवाई उडान सेवा निजी वायुसेवा कम्पनीले जनाएअनुसार तोकिएको समयभन्दा केही ढिला गरी सञ्चालनमा ल्याइएको हो । यहाँ नियमित रूपमा उडान गर्दै आइरहेको तारा एयरलाइन्स कम्पनीले मार्च १ तारिखदेखि हवाई उडान सुचारु गर्ने जनाएपछि फागुन २१ गतेको निर्वाचनका कारण एक हप्ता ढिलो गरी सञ्चालनमा ल्याउन लागेको हो ।

यसैगरी यहाँ उडान भर्ने गरेको निजी वायुसेवा कम्पनीले पनि फेब्रअरी १ तारिखदेखि (पोखरा–जोमसोम¬) हवाई सेवा सञ्चालनमा ल्याउने जनाएता पनि निर्वाचनको समय परेकाले एक महिना बढी ढिलो गरी सञ्चालनमा ल्याएको हो ।

मौसम प्रतिकूलता तथा पर्यटकीय अफसिजनका कारण उडान स्थगित भएको पोखरा(जोमसोम हवाई सेवा तीन महिनापछि सञ्चालनमा आइसकेको जोमसोम नागरिक उड्डयन कार्यालयका प्रमुख दीपक पोखरेलले जानकारी दिनुभयो । उहाँ अनुसार सोमबारदेखि हवाई सेवा सञ्चालनमा ल्याउने सबै तयारी भइरहेकोमा खराब मौसमका कारण सोमबार र मङ्गलबार निजी वायुसेवा कम्पनीका टुइनेटर जहाजहरूले उडान भर्न सकेको छैन ।

तीन महिनापछि सोमबार तारा एयरको जहाज र मङ्गलबार तारा र समिट एयरलाइन्सको उडान तालिका रहेकोमा प्रतिकूल मौसमका कारण हवाई उडान हुन नसकेको नागरिक उड्डयन प्रमुख पोखरेलको भनाइ छ । मङ्गलबार पोखराबाट जोमसोमका लागि तारा एयरलाइन्सको दुई उडान र समिट एयरलाइन्सको तीन उडान तय भएकोमा मौसम प्रतिकूलताका कारण उडान रद्द हुन पुगेको बताउनुभयो । मौसम खुलेमा पोखरा–जोमसोम हवाई सेवा नियमित हुने प्रमुख पोखरेलले उल्लेख गर्नुभयो ।

वसन्त ऋतुको आगमनसँगै मुस्ताङमा पर्यटकीय चहलपहल हुने भएकाले बर्सेनि यहाँ उडान भर्ने निजी वायुसेवा कम्पनीले पुस र माघ महिना पूरै उडान बन्द गरेर फागुन महिनामा पुनः हवाई उडान सेवा सञ्चालन गर्ने गरिन्छ । यस वर्ष पर्यटकीय याम सुरु भएको भए पनि फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण पर्यटकको आगमन हुन नसकेको हो ।

मुक्तिनाथ दर्शनका लागि मुस्ताङमा अधिकांश भारतीय पर्यटकहरू पोखरा–जोमसोम हवाई मार्गबाट आउने गरेकोमा सिमानाका बन्द भएकाले पनि हवाई सेवा प्रभावित भएको हो । तारा एयरलाइन्स जोमसोमका स्टेसन इञ्चार्ज सुचन लालचनले निर्वाचनका कारण पर्यटकको आगमन प्रभावित भएको भए पनि अब निर्वाचन सकिएका हवाई यात्रा गर्ने पर्यटकको सङ्ख्या वृद्धि हुने अपेक्षा गर्नुभयो । निर्वाचन सकिएकाले पोखरा–जोमसोम हवाई सेवाका लागि हवाई यात्रुहरूले धमाधम टिकट बुकिङ गर्न थालेको उहाँको भनाइ छ ।

मुस्ताङमा बर्सेनि डेढ लाख विदेशी पर्यटक भित्रिने गरेकोमा ७० प्रतिशत विदेशी पर्यटक भारतीय दर्शनार्थी रहेको छ । पछिल्लो समय राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक सहज हुँदै जान थालेपछि विगतको तुलनामा पोखरा–जोमसोम हवाई यात्रुको सङ्ख्या घट्दै जान थालेको छ ।

पछिल्लो समय भारतीय पर्यटक बेनी–जोमसोम सडकमार्ग हुँदै मुक्तिनाथ दर्शन गर्न आउने भएकाले हवाई उडान घट्दै गइरहेको छ । कुनै समय मुस्ताङमा निजी वायुसेवा कम्पनीले दैनिक १८ वटासम्म उडान भर्ने गरेका थिए । पछिल्लो समय यहाँ दैनिक १० वटाभन्दा बढी उडान हुन सकेको छैन ।

मुस्ताङमा पोखरा–जोमसोम हवाई उडानका लागि तारा एयरलाइन्स र समिट एयरलाइन्सको जहाजले मात्रै उडान भर्दैआइरहेका छन् । नेपाल वायुसेवा कम्पनीको जोमसोममा टिकट बुकिङ कार्यालय सञ्चालनमा रहे पनि लामो समयदेखि नेपाल वायुसेवा कम्पनीको हवाई उडान सेवा सञ्चालन हुन सकिरहेको छैन ।

Previous Post

सूर्यमुखी बगानले बढायो कृषि पर्यटन

Next Post

कुनै पनि डर, त्रास र धम्कीमा न्याय सम्पादन हुन सक्दैनः वरिष्ठतम् न्यायाधीश मल्ल

metakhabar

metakhabar

सम्बन्धित खबर

कुनै पनि डर, त्रास र धम्कीमा न्याय सम्पादन हुन सक्दैनः वरिष्ठतम् न्यायाधीश मल्ल
आवाज

कुनै पनि डर, त्रास र धम्कीमा न्याय सम्पादन हुन सक्दैनः वरिष्ठतम् न्यायाधीश मल्ल

२६ फाल्गुन २०८२,
सूर्यमुखी बगानले बढायो कृषि पर्यटन
कृषि

सूर्यमुखी बगानले बढायो कृषि पर्यटन

२६ फाल्गुन २०८२,
धार्मिक पर्यटनको केन्द्र बन्दै नवलपुरको दाउन्ने देवी मन्दिर
आवाज

धार्मिक पर्यटनको केन्द्र बन्दै नवलपुरको दाउन्ने देवी मन्दिर

२६ फाल्गुन २०८२,
व्यावसायिक फलफूलखेतीतर्फ भुल्केका किसानको आकर्षण
आर्थिक

व्यावसायिक फलफूलखेतीतर्फ भुल्केका किसानको आकर्षण

२६ फाल्गुन २०८२,
थारू समुदायमा हराउँदै घरको योजना बनाउने चलन
जीवन शैली

आज खखडेहरा पर्व मनाउँदै राना थारू समुदाय

२६ फाल्गुन २०८२,
राहुघाट–पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण
आर्थिक

राहुघाट–पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण

२६ फाल्गुन २०८२,
Load More
Next Post
कुनै पनि डर, त्रास र धम्कीमा न्याय सम्पादन हुन सक्दैनः वरिष्ठतम् न्यायाधीश मल्ल

कुनै पनि डर, त्रास र धम्कीमा न्याय सम्पादन हुन सक्दैनः वरिष्ठतम् न्यायाधीश मल्ल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In