• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कोल्टन खानी दुर्घटनामा २०० को मृत्यु, विद्रोहीको अस्वीकार

    कोल्टन खानी दुर्घटनामा २०० को मृत्यु, विद्रोहीको अस्वीकार

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    झापा–५ र २ मा रास्वपा अगाडि

    निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह

    काठमाडौँ क्षेत्र नं ४ र ८ को प्रारम्भिक मतपरिणामः रास्वपा अगाडि

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन सफल भएकामा सरकारलाई कांग्रेसद्वारा धन्यवाद

    आठ जिल्लाको हेलिकप्टरबाट मतपेटिका ढुवानी सम्पन्न

    आठ जिल्लाको हेलिकप्टरबाट मतपेटिका ढुवानी सम्पन्न

    प्रधानमन्त्री सचिवालयले भन्यो-नियुक्ति कानुनसम्मत हो, अन्यथा व्याख्या नगर्नू (विज्ञप्तिसहित)

    प्रधानमन्त्री कार्कीद्वारा जनतालाई बधाई

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२२ फाल्गुन २०८२,
0
कोल्टन खानी दुर्घटनामा २०० को मृत्यु, विद्रोहीको अस्वीकार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पूर्वी कङ्गोको खनिज–सम्पन्न क्षेत्रमा रहेको प्रमुख कोल्टन खानीमा मङ्गलबार भएको ठूलो दुर्घटनामा कम्तीमा २०० जनाको मृत्यु भएको कङ्गोका अधिकारीहरूले बताएका छन् । तर सो क्षेत्र नियन्त्रणमा राखेको विद्रोही समूहले मृत्यु सङ्ख्या निकै कम भएको दाबी गर्दै सरकारी विवरणमाथि विवाद जनाएको छ ।

कङ्गोको खानी मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा मङ्गलबार एम२३ विद्रोही समूहको नियन्त्रणमा रहेको रुबाया क्षेत्रको खानी भत्किँदा ठूलो जनधनको क्षति भएको जनाएको छ । खनिजले धनी तर लामो समयदेखि द्वन्द्वग्रस्त रहेको पूर्वी कङ्गोमा यस्ता दुर्घटनाहरू बारम्बार हुने गरेका छन् ।

तर खानी क्षेत्र नियन्त्रणमा राखेको एम२३ विद्रोही समूहका वरिष्ठ अधिकारी फेनी काजले सरकारी विवरण अस्वीकार गर्दै उक्त घटनालाई खानी भत्किने दुर्घटना नभई बम विस्फोट भएको बताउनुभएको छ । उहाँका अनुसार मृत्यु सङ्ख्या पाँच जनाभन्दा बढी नभएको दाबी गरिएको छ ।

“प्रकाशित भइरहेका विवरणहरू सही होइनन् भन्ने कुरा म पुष्टि गर्न सक्छु”, काजले भन्नुभयो, “त्यहाँ कुनै भूस्खलन भएको थिएन, बम विस्फोट भएको थियो र मृत्यु सङ्ख्या मानिसहरूले भनिरहेका जस्तो होइन । करिब पाँच जनाको मृत्यु भएको छ ।”

तर घटनास्थलमा काम गर्ने खनिज मजदुर इब्राहिम तालुसेकले भने उद्धार कार्यमा संलग्न हुँदा आफूहरूले २०० भन्दा बढी शव बाहिर निकालेको बताउनुभयो । उहाँका अनुसार वास्तविक मृत्यु सङ्ख्या लुकाइने प्रयास भइरहेको हुन सक्छ ।

“हामी डराएका छौँ, तर मानिसहरूको जीवन खतरामा छ”, तालुसेकले भन्नुभयो, “पिटका मालिकहरूले वास्तविक मृत्यु सङ्ख्या सार्वजनिक गर्न चाहँदैनन् ।”

रुबाया क्षेत्र पूर्वी कङ्गोको महत्त्वपूर्ण खनिज क्षेत्रमा पर्छ । यो क्षेत्र दशकौँदेखि सरकारी सेना र विभिन्न सशस्त्र समूहबीचको सङ्घर्षका कारण अस्थिर रहँदै आएको छ । हालै पुनः सक्रिय भएको रुवान्डा समर्थित एम२३ विद्रोही समूहले यस क्षेत्रमा आफ्नो प्रभाव विस्तार गरेपछि द्वन्द्व झनै चर्किएको छ ।

कङ्गो विश्वको प्रमुख कोल्टन आपूर्तिकर्ता देश हो । कोल्टन कालो धातुको अयस्क हो जसमा टान्टालम नामक दुर्लभ धातु पाइन्छ । यो धातु स्मार्टफोन, कम्प्युटर तथा विमानका इन्जिन निर्माणमा महत्त्वपूर्ण कच्चा पदार्थका रूपमा प्रयोग गरिन्छ ।

अमेरिकी भूवैज्ञानिक सर्वेक्षणका अनुसार सन् २०२३ मा विश्वभर उत्पादन भएको कोल्टनमध्ये करिब ४० प्रतिशत कङ्गोबाट आएको थियो । अस्ट्रेलिया, क्यानाडा र ब्राजिल पनि यसको ठूला आपूर्तिकर्ता देश हुन् । विश्वभर प्रयोग हुने टान्टालमको १५ प्रतिशतभन्दा बढी आपूर्ति रुबायाका खानीहरूबाट हुने बताइएको छ ।

सन् २०२४ को मे महिनामा एम२३ विद्रोहीहरूले रुबाया सहर कब्जा गरी त्यहाँका खानीहरू नियन्त्रणमा लिएका थिए । संयुक्त राष्ट्रसङ्घको प्रतिवेदन अनुसार त्यसपछि विद्रोहीहरूले कोल्टनको व्यापार र ढुवानीमा कर लगाउँदै आएका छन्, जसबाट उनीहरूले महिनामा कम्तीमा आठ लाख अमेरिकी डलर आम्दानी गर्ने गरेका छन् ।

पूर्वी कङ्गो लामो समयदेखि द्वन्द्व, हिंसा र अस्थिरताको चपेटामा छ। विभिन्न सशस्त्र समूह र सरकारी सेनाबीचको संघर्षका कारण विश्वकै ठूलो मानवीय सङ्कटमध्ये एक उत्पन्न भएको छ। हालसम्म ७० लाखभन्दा बढी मानिस विस्थापित भइसकेका छन्, जसमध्ये डिसेम्बरयता मात्र ३००,००० भन्दा बढीले घर छोड्न बाध्य भएका छन्।

गत जुनमा कङ्गो र रुवान्डा सरकारले संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए। विद्रोही समूह र कङ्गो सरकारबीच वार्ता जारी रहे पनि पूर्वी कङ्गोका विभिन्न क्षेत्रमा अझै पनि लडाइँ जारी छ र यसबाट नागरिक तथा सैनिक दुवैतर्फ ठूलो क्षति भइरहेको छ।

कङ्गो र रुवान्डाबीच भएको सम्झौताले अमेरिकी सरकार र अमेरिकी कम्पनीहरूलाई महत्त्वपूर्ण खनिजमा पहुँच बढाउने बाटो पनि खोलेको छ।

गत महिना पनि यस्तै प्रकारको खानी दुर्घटनामा २०० भन्दा बढी मानिसको ज्यान गएको थियो।

Previous Post

झापा–५ र २ मा रास्वपा अगाडि

metakhabar

metakhabar

सम्बन्धित खबर

बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

झापा–५ र २ मा रास्वपा अगाडि

२२ फाल्गुन २०८२,
निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह
आवाज

काठमाडौँ क्षेत्र नं ४ र ८ को प्रारम्भिक मतपरिणामः रास्वपा अगाडि

२२ फाल्गुन २०८२,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
फिचर-ब्यानर

शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन सफल भएकामा सरकारलाई कांग्रेसद्वारा धन्यवाद

२२ फाल्गुन २०८२,
आठ जिल्लाको हेलिकप्टरबाट मतपेटिका ढुवानी सम्पन्न
फिचर-ब्यानर

आठ जिल्लाको हेलिकप्टरबाट मतपेटिका ढुवानी सम्पन्न

२१ फाल्गुन २०८२,
प्रधानमन्त्री सचिवालयले भन्यो-नियुक्ति कानुनसम्मत हो, अन्यथा व्याख्या नगर्नू (विज्ञप्तिसहित)
जीवन शैली

प्रधानमन्त्री कार्कीद्वारा जनतालाई बधाई

२१ फाल्गुन २०८२,
मतदाता गाउँ फर्किएसँगै पर्यटकको आगमन पनि बढ्दै
आर्थिक

मतदाता गाउँ फर्किएसँगै पर्यटकको आगमन पनि बढ्दै

२१ फाल्गुन २०८२,
Load More
Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In