संखुवासभा — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट उम्मेदवारी घोषणा गरेसँगै मिङ्मा शेर्पा संखुवासभाको राजनीतिक केन्द्रमा देखिन थालेका छन्।
देशका हजारौँ युवालाई रोजगारी दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका शेर्पाले पर्यटन तथा हिमाल आरोहण क्षेत्रमार्फत राज्यलाई अर्बौँ रुपैयाँ राजस्व योगदान गरेका छन्। हिमाली पर्यटन क्षेत्रमा सक्रिय रहँदै सामाजिक कार्यमा समेत संलग्न रहनुभएका शेर्पाको उम्मेदवारीले स्थानीय राजनीतिक माहोललाई थप चासोको विषय बनाएको छ।
विशेषगरी हिमाली पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना र स्थानीय विकासका एजेन्डामा युवापुस्ताको आकर्षण उहाँतर्फ बढ्दो देखिएको छ। संखुवासभा जस्तो हिमाली जिल्लामा पर्यटन पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य सेवा विस्तार तथा दीगो रोजगारीका सवाल मुख्य मुद्दा बन्ने अपेक्षा गरिएको छ।
यस्तो सन्दर्भमा शेर्पाको अनुभव, पृष्ठभूमि र नेतृत्व क्षमताले चुनावी प्रतिस्पर्धालाई थप रोचक र प्रतिस्पर्धात्मक बनाउने आकलन गरिएको छ। आगामी दिनमा उहाँको उम्मेदवारीले जिल्लाको राजनीतिक समीकरणमा कस्तो प्रभाव पार्नेछ भन्ने विषयमा सर्वत्र चासो बढेको छ।











