• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

    ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

    पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ

    पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ

    वीरगन्जमा विस्फोटक पदार्थ र सुँगुरको टाउकोसहित ३ पक्राउ

    वीरगन्जमा विस्फोटक पदार्थ र सुँगुरको टाउकोसहित ३ पक्राउ

    निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ

    निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ

    बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ

    निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

    निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह

    निर्वाचन आउन एक दिन बाँकीः सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘मेचीपारिको नेपाल’ का नागरिकको ३४ वर्षदेखि एउटा पुल बनाउने माग

metakhabar by metakhabar
१७ फाल्गुन २०८२,
0
‘मेचीपारिको नेपाल’ का नागरिकको ३४ वर्षदेखि एउटा पुल बनाउने माग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

झापा । नेपालको पूर्वी सीमाना ‘मेची नदी’ले कोरेको छ । तर, नक्सामा कोरिएको त्यो रेखा र नदीको पानीको बहावले मेचीनगर नगरपमलिका-१५ ज्यामिरगढीको भूगोलमा पर्ने ग्वालाबस्ती, होपना बस्ती र शिशौ डाँगीलाई यहाँका स्थानीय ‘मेचीपारिको नेपाल’ भन्न रुचाउँछन् । मेची नदीमा पुल नहुँदा आवागमनमा सास्ती हुनुका साथै एउटा टापुजस्तो बनेका यी तीन गाउँका नागरिकले ३४ वर्षदेखि एउटा पुल बनाइदिने माग राख्दै आएका हुन् ।

स्थाीयका अनुसार यी तीन गाउँ ‘मेचीवारिको नेपाल’बाट वर्षौंदेखि उपेक्षामा परेका छन् । राजनीतिक दल र तिनका प्रतिनिधि निर्वाचनको समयमा उपस्थित हुने र उम्मेदवारबाट आश्वासन मात्र आउने गरेको ८२ वर्षीय राजेन्द्र यादवले बताए । “यतिबेला देशभर निर्वाचनको वातावरण बन्दै गएको छ । सहरदेखि दुर्गम गाउँसम्म उम्मेदवारका गाडी, झन्डा र चुनावी गीतको गुञ्जन सुनिन्छन् । तर, मेची नदीभन्दा पूर्वपट्टि अवस्थित यी तीन बस्तीमा यो पटक विरक्तलाग्दो सन्नाटा छाएको छ”, उनले भने।

यादवले आफ्नो जीवनकालमा धेरै व्यवस्था बदलिएको देखे, धेरै चुनावमा मतदान गरे । तर, मतदानको मिति नजिकै आइपुग्दा पनि यसपटकको जस्तो उदासीनता र सन्नाटा उहाँले गाउँमा कहिल्यै महसुस नगरेको बताए । “पहिले चुनाव आउँदा गाउँमा रौनक हुन्थ्यो, नेताहरू आउँथे । केके न होला जस्तो हुन्थ्यो”, उनले भने, “तर यसपालि गाउँमा चुनावको चर्चा छैन, कुनै उम्मेदवार हाम्रो आँगनमा पाइला टेक्न आइपुगेका छैनन् । हामी त नेपालभित्रै भएर पनि नदेखेको मान्छे जस्तो भयौँ ।”

मेची नदीका कारण टापुजस्तो यी तीन गाउँ रहेका बताउँदै यादवले यस क्षेत्रमा १५० भन्दा बढी परिवारको बसोबास रहेको जानकारी दिए । यहाँका बासिन्दा आर्थिक रूपमा विपन्न भए पनि कर्ममा भने निकै धनी छन् । आदिवासी समुदायका राजवंशी, सन्थाल र यादवहरूको सघन बसोबास रहेको यो क्षेत्र कृषिका लागि उर्वर भूमि हो । यहाँ धान, मकै र गहुँ मात्र होइन, व्यावसायिक रूपमा तरकारी, खरबुजा र भुइँकटहरको खेती गरेर किसानले पसिना बगाइरहेका छन् ।

पचास वर्षीया साइली टुडुलाई अहिले निर्वाचनको लहरले केही छोएको छैन । उनी बगर खेतमा फलेका आलु खन्न व्यस्त हुन्छिन् । यही फागुन २१ गते मतदान गर्ने दिन हो भन्ने कुरा उनले कतैबाट सुनेकी छिन्, तर उम्मेदवार कोको हुन् ? कुन चिह्नमा भोट हाल्ने ? मतदाता शिक्षा के हो ? यी प्रश्नको उत्तर उहाँसँग छैन । “बाटो अप्ठेरो छ, बगरै बगर हिँड्नुपर्छ भनेर नेताहरू हाम्रा गाउँमा नआएका होलान्”, टुडुले भनिन्, “अघिल्ला चुनावमा आउनेहरूले मेचीमा पुल बनाइदिन्छु भनेर धेरैपटक ढाँटे । यसपालि ढाँट्न पनि कोही आएका छैनन् ।”

मेचीपारिका बासिन्दाको सबैभन्दा ठूलो र साझा पीडा भनेकै मेची नदीमा पुल नहुनु हो । सामान्यतया मेची नदीलाई सीमा मानिए पनि यहाँको भूगोल अलि भिन्न छ । नेपाल–भारत सीमाको ९४/१ सीमास्तम्भ छेउमा नेपाली बस्ती छ, तर बीचमा मेची नदी तगारो बनेर उभिएको छ । बर्खा लागेपछि जब मेचीमा बाढी आउँछ, तब यो बस्तीको सम्पर्क बाँकी नेपालसँग पूर्ण रूपमा टुट्छ ।

“हामीले ३४ वर्षदेखि चुनावका बेला सधैँ एउटा पुल मागिरहेका छौँ”, स्थानीय राजेन्द्र यादवले भने, “हरेक चुनावमा नेताहरूले झोलुङ्गे पुलको आश्वासन बाँड्छन् । तर जितेर गएपछि उहाँहरूलाई यहाँ पुल चाहिन्छ भन्ने सम्झिन फेरि अर्को चुनाव कुर्नुपर्छ ।” पुल नहुँदा यहाँको जनजीवन कति कष्टकर बनिरहेको छ भन्ने थाहा पाउन शिक्षा र स्वास्थ्यको दूरावस्था हेर्नुपर्ने उनले बताए । “बाढी आएका बेला यहाँको एउटा प्राथमिक विद्यालय तीन महिनासम्म बन्द हुन्छ । शिक्षकहरू नदी तरेर आउन सक्दैनन्, अनि बालबालिकाहरू शिक्षाको उज्यालोबाट वञ्चित हुन्छन्”, उनले भने ।

राज्यको उपस्थितिको अभावमा यहाँका बालबालिकाको भविष्यसमेत छिमेकी मुलुक भारतसँग आश्रित हुन पुगेको स्थानीय प्रदीप मुखियाले बताए । उहाँका कान्छा छोरा नजित मुखिया नेपाली विद्यालय छाडेर भारतको पश्चिम बङ्गालस्थित मिसन स्कुलमा पढ्न थालेका छन् । “हाम्रो गाउँको स्कुलमा शिक्षकहरू वर्षामा वा अन्य समयमा पनि ठूलो पानी पर्न थालेपछि आउँन सक्दैनन्”, नजितले भन्नुभयो, “अनि भारतको स्कुल पढ्न जान्छौँ ।” उनी मात्र होइन, यो बस्तीका अधिकांश बालबालिकाले कक्षा २ पछि थप अध्ययनका लागि भारतीय विद्यालयको भर पर्नुपर्ने अवस्था छ ।

स्वास्थ्यको अवस्था झनै भयावह र कष्टपूर्ण छ । दुई वर्षअघि राजेन्द्र यादवका छोरा मोतिलाल यादवलाई पक्षाघात भयो । “समयमा उपचार पाउनु त परको कुरा, मेचीमा पुल नहुँदा बिरामीलाई महिनौँदिनसम्म अस्पताल लैजान सकिएन । समयमा भद्रपुरको प्रादेशिक अस्पताल वा धुलाबारीको मेचीनगर अस्पताल पुर्‍याउन पाएको भए छोरा निको हुन्थ्यो होला”, वृद्ध बाबुले आँखा रसाउँदै भने, “अहिले छोराको हातखुट्टा चल्दैनन् । बुहारीले भात खुवाइदिनु परेको छ । हामी त राज्यविहीन नागरिक जस्तै भयौँ ।”

यहाँका बासिन्दाले भोगिरहेको अर्को ठूलो समस्या भू-स्वामित्वको हो । पुस्तौँदेखि जोतभोग गर्दै आएको जमिनको धनीपुर्जा उनीहरूसँग छैन । ऐलानी जग्गामा बसोबास गरिरहेका यहाँका किसानलाई कुन दिन राज्यले वा नदीले उठीबास लगाउने हो भन्ने त्रास सधैँ रहिरहन्छ । बीस वर्षअघिसम्म यहाँ करिब ५०० परिवारको बसोबास थियो, तर धनीपुर्जा नपाउने र विकासको कुनै सम्भावना नदेखेपछि धेरै परिवार भारततिरै पलायन भइसकेका छन् ।

“नागरिकता त छ, तर बस्ने जमिनको धनीपुर्जा छैन”, राजेन्द्रले भने, “सुरक्षाका लागि कहिलेकाहीँ प्रहरीको गस्ती आउँछ, तर हामीलाई यहाँ एउटा स्थायी सुरक्षा पोस्ट र आफ्नो जमिनको धनीपुर्जा चाहिएको छ ।” बिजुली बत्ती भर्खरै ग्वालाबस्तीसम्म पुगे पनि होपना बस्तीका कतिपय घर अझै पनि मट्टितेलको टुकीको भरमा रहेका उनको भनाइ छ ।

स्थानीय प्रदीपका दुई छोरा घरमा बिजुलीको सुविधा नपुगेकाले साँझमा सधैँ ‘मट्टितेलमा टुकी’को मधुरो उज्यालोमा पढ्न बाध्य छन् । पिउने पानीका लागि आफैँले गाडेको ट्युबवेल र सिँचाइका लागि आफ्नै खर्चमा किनेको जेनेरेटरको भर पर्नु यहाँको बाध्यता भएको उनले बताए ।

यी गाउँमा जन्मिएका कसैले पनि सरकारी जागिरे बन्ने र वैदेशिक रोजगारीमा जान पाउने अवसर आजसम्म नपाएकामा प्रदीपले चिन्ता व्यक्त गरे । अधिकांशको जीविकाको माध्यम खेतीपाती हो । पिउने पानीको सुविधाका लागि ट्युबवेल र सिँचाइका लागि डिप बोरिङको माग गर्दै दर्जनौँ पटक वडा कार्यालय, नगरपालिका र नेताको घरमा धाउँदा आश्वासन मात्र पाएको स्थानीयवासी बताउँछन् ।

मेचीपारिका यी तीन गाउँका बासिन्दाले सोधिरहेको साझा प्रश्न, “के हामी यो देशका नागरिक होइनौँ ? यदि हौँ भने हाम्रो घरसम्म एम्बुलेन्स गुड्ने बाटो, मेचीको बाढी तर्ने झोलुङ्गे पुल, हाम्रा खेतको उत्पादन बढाउन सिँचाइका लागि डिप बोरिङ र हाम्रा छोराछोरीले नेपाली भाषामा माध्यमिक तह पढ्न पाउने अवसर खोई ?”

निर्वाचन आउँछ र जान्छ, तर यी सीमान्तकृत नागरिकका समस्या जहाँको तहीँ रहने गरेका छन् । उहाँहरूलाई कुनै राजनीतिक दलको विचार वा सिद्धान्तसँग सरोकारभन्दा पनि यस्तो जनप्रतिनिधि चाहिएको छ, जसले मेचीमा पुल हालोस् र उहाँहरूलाई वास्तविक रूपमा मुलुकसँगै जोड्दै सहज जीवनयापन गर्ने वातावरण बनाउन पहल गरोस् ।

यहाँका किसान अहिले परवलका लहरा गोडमेल गर्न र बेमौसमी मकैलाई पानी लगाउन व्यस्त छन् । उहाँहरूको पौरखले माटो भिजे पनि अतिआवश्यक सुविधाबाट वञ्चित हुनुपर्दा सबैको मन सुक्खा भएर दुखेको छ । यसपटकको चुनावी सन्नाटाले नेताहरूप्रतिको वितृष्णा मात्र होइन, एउटा निराशाको सङ्केत गरिरहेको स्थानीय प्रदीपले बताए । “यहाँका तीन गाउँलाई मूलधारसँग जोड्न अब आश्वासन होइन, वर्षौंदेखि अपुरो रहेको मेची नदीमा पुल बनाउने सपनालाई साकार तुल्याउन दह्रो इच्छाशक्ति र ठोस पहलको खाँचो छ”, उनले भने ।

Previous Post

उम्मेदवार माग्छन् मत, मतदाता माग्छन् लालपुर्जा

Next Post

अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भए पनि नेपालमा यथावत्

metakhabar

metakhabar

सम्बन्धित खबर

‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’
समाचार

‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

२० फाल्गुन २०८२,
पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ
फिचर-ब्यानर

पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ

२० फाल्गुन २०८२,
वीरगन्जमा विस्फोटक पदार्थ र सुँगुरको टाउकोसहित ३ पक्राउ
फिचर-ब्यानर

वीरगन्जमा विस्फोटक पदार्थ र सुँगुरको टाउकोसहित ३ पक्राउ

२० फाल्गुन २०८२,
निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ
फिचर-ब्यानर

निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ

२० फाल्गुन २०८२,
बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ
आर्थिक

निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

२० फाल्गुन २०८२,
निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह
आवाज

निर्वाचन आउन एक दिन बाँकीः सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ

२० फाल्गुन २०८२,
Load More
Next Post
अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भए पनि नेपालमा यथावत्

अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भए पनि नेपालमा यथावत्

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In