• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

    प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने

    आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

    सुनको मूल्य घट्यो

    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

    पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

    गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

    प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने

    आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

    सुनको मूल्य घट्यो

    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

    पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

    गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

दलका सभाका कार्यक्रमले बढाउँदै चुनावी लहर

metakhabar by metakhabar
१५ फाल्गुन २०८२,
0
बाढी, वन्यजन्तु र शिक्षाको अभावबीच बगुवनका बासिन्दा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

महोत्तरी, १५ फागुन : आसन्न प्रतिनिधिसभा निर्वाचनको खुला चुनावी प्रचारको अवधि घर्कँदै गर्दा दलहरूले सार्वजनिक सभा आयोजना गर्न थालेपछि थप चहलपहल बढेको छ । पछिल्ला एकदुई दिनभित्र जिल्लाका चारवटै प्रतिनिधिसभा क्षेत्रमा दलका शीर्षनेताको सहभागितामा सम्पन्न चुनावी सभाले चहलपहल निकै बढाएको हो ।

निर्वाचनमा मनोनयनपत्र दर्ता गरेसँगै दल र उम्मेदवारलाई चुनाव लागे पनि आम मतदातामा खासै उत्साह नबढेको आम प्रतिक्रिया पाइन्थ्यो । तर पछिल्ला एकदुई दिनभित्र दलहरूले आयोजना गरेका सभामा शीर्षनेता नै मुख्य वक्ता रहेका कार्यक्रमले आम मतदातामा चुनावी चासो र प्रतिक्रिया बढेको बुद्धिजीवीले औँल्याएका छन् ।

“यसअघि दल र उम्मेदवार प्रचारप्रसार र भेटघाटमा हिँडे पनि आमजनतामा खासै उत्साह देखिन्नथ्यो”, भङ्गाहा–४ रामनगरका बासिन्दा अवकासप्राप्त शिक्षक रघुवीर साह भन्नुहुन्छ, “अब भने दलहरूका विभिन्न ठाउँमा सम्पन्न सभापछि आममतदातामा चुनावी चासो ह्वात्तै बढेको छ ।” बुधबारमात्र क्षेत्र नं १ को बर्दिबास, क्षेत्र नं २ को बलवा, क्षेत्र नं ३ को जलेश्वर र क्षेत्र नं ४ को सम्सीमा विभिन्न दलका शीर्षनेताले सम्बोधन गरेका सभाले चुनावी लहर निकै बढाएको साहको ठम्याइ छ । बुधबार बर्दिबासमा रास्वपाका सभापति रवि लामिछाने र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आआफ्ना दलले आयोजना गरेका चुनावी सभालाई सम्बोधन गर्नुभएको थियो ।

त्यसैगरी, बलवामा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेता महन्थ ठाकुरले चुनावी सभालाई सम्बोधन गर्नुभएको थियो । सोही दिन जलेश्वर र सम्सीमा नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले गर्नुभएको चुनावी सम्बोधनपछि जिल्लाका नगर÷गाउँ बस्तीमा नेताहरूबाट व्यक्त विचारबारे प्रतिक्रिया बाक्लिँदै गएको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठबाट अवकासप्राप्त सहप्राध्यापक ध्रुव रायको कथन छ ।

“यी सभामा नेताबाट भएका सम्बोधनमा व्यक्त विचारबारे अहिले मतदाता खुलेर छलफल गरिरहेका देखिन्छन्”, राय भन्नुहुन्छ, “चुनावको दिन नजिकिएकै बेला आमजनतामा बढेको चासोले मतदानमा सहभागिता बढाउने अड्कल गर्न सकिन्छ ।” खुला प्रचारप्रसारको अवधि आउने आइतबारसम्म रहेको हुँदा यसबीच अन्य दलले पनि सभाका कार्यक्रम राख्न सक्ने सम्भावना छ ।

“जसले सभा आयोजना गरे तिनको प्रतिक्रियासँगै र सुन्न बाँकी दलका नेताहरूको सम्बोधनको पनि मतदातालाई पर्खाइ छ”, नेपाल सरकारको कृषि सेवा क्षेत्रको उपसचिवबाट अवकासप्राप्त भङ्गाहा–४ थारूटोल बनराका ७० वर्षीय ताराबहादुर भुजेल भन्नुहुन्छ, “केही दिन पहिलेसम्म चुनावी अभियानबाट बेखबर रहेका मतदाता अहिले सभा आयोजन गर्न बाँकी दलका कार्यक्रम कहिले हुन्छ भनेर चासो राखेका भेटिन्छन् ।” यसले चुनावी माहोल बढाउन र मतदानमा सहभागी बन्न हौस्याउने भुजेलको भनाइ छ ।

यसपालिको निर्वाचनमा यसअघिका भन्दा आचारसंहिताका विषय कडाइका साथ उठ्दा अहिलेसम्म भोजभतेरका कार्यक्रम नदेखिएको अभियानलाई नजिकबाट नियालिरहेकाहरूको टिप्पणी छ । “यसपालि टोलैपिच्छे यसअघि देखिने मदिरासहितको चुनावी भोजभतेर अहिलेसम्म देखिएको छैन, एकाध दलबाहेक भड्किलो प्रचार पनि छैन”, विगतमा जिल्ला विकास समितिको सदस्य रहिसक्नुभएका मनराशिशवा नगरपालिकाको सरपल्लो बस्तीका बासिन्दा कौशलकिशोर साह भन्नुहुन्छ, “यो अवस्था मतदानको दिनसम्म कायम रहनसके यसपालिको निर्वाचन मर्यादित बन्ने पनि आस पलाएको छ ।” यद्यपि भड्किलो प्रचारमा देखिएका केही दललाई यस्तो कार्यमा अङ्कुश लगाउँदै कारागारबाट भागेका, सुरक्षा निकायका हातहतियार खोसेका र अन्य निर्वाचन भाँड्न सक्ने व्यक्ति र समूहको निगरानी भने प्रहरी प्रशासनले गर्न सक्नुपर्ने साहको सुझाव छ ।

अलि ढिलो भए पनि अहिले मतदातामा बढेको चासोलाई दल र उम्मेदवारहरूले यसबीचमा हुने भेटघाटमा सकारात्मक तवरले छलफल बढाउनपर्ने बुद्धिजीवीहरूको मत छ । यस्ता छलफलमा आफ्ना कुरा लाद्नभन्दा जनताका कुरा बढी सुन्ने, भएका र औँल्याइएका गल्ती कमजोरी स्वीकार गर्दै सच्चिने वाचा गर्ने र सम्भव हुने वाचाहरू मात्र गर्ने गरे दल र उम्मेदवारबारे विश्वसनीयता बढ्ने एवं लोकतान्त्रिक परिपाटी सुदृढ हुँदै जाने बर्दिबास–३ कालापानीका बासिन्दा नेपाल सरकारको उपसचिव सेवाबाट अवकासप्राप्त रामकुमार कार्की बताउनुहुन्छ ।

Previous Post

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

Next Post

जनकपुरधाम महोत्सवः मैथिली सांस्कृतिक पुनर्जागरणको उत्सव

metakhabar

metakhabar

सम्बन्धित खबर

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती
आर्थिक

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

१९ फाल्गुन २०८२,
आवाज

चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

१९ फाल्गुन २०८२,
प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने
आवाज

आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

१९ फाल्गुन २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

१९ फाल्गुन २०८२,
प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु
फिचर-ब्यानर

प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

१९ फाल्गुन २०८२,
पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने
आवाज

गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

१९ फाल्गुन २०८२,
Load More
Next Post
जनकपुरधाम महोत्सवः मैथिली सांस्कृतिक पुनर्जागरणको उत्सव

जनकपुरधाम महोत्सवः मैथिली सांस्कृतिक पुनर्जागरणको उत्सव

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In