• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, February 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकलाई भिसा निःशुल्क

    निर्वाचनका दिन पर्यटक वाहक सवारीका निम्ति अनुमति लिनुपर्ने

    ‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’

    ‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’

    त्रिभुवन र पोखरा विमानस्थलको प्रमुख फेरिए

    विमानस्थलबाट विदेशी मुद्रासहित स्वीडिस नागरिक पक्राउ

    यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

    यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

    परराष्ट्रमन्त्रीसँग चिनियाँ राजदूतको भेट

    परराष्ट्रमन्त्रीसँग चिनियाँ राजदूतको भेट

    मैवाखोलाद्वारा किबीका बिरुवा वितरण

    मैवाखोलाद्वारा किबीका बिरुवा वितरण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पर्यटन प्रवर्द्धन गर्न ‘घुमौँ झापा साइकलमा’

metakhabar by metakhabar
१२ फाल्गुन २०८२,
0
पर्यटन प्रवर्द्धन गर्न ‘घुमौँ झापा साइकलमा’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

झापा । ‘दिगो पर्यटन, स्वस्थ जीवनशैली र सामुदायिक गौरवको अभियान’ भन्ने नारासहित साइकलमा जिल्ला घुम्ने कार्यक्रम तय भएको छ । जिल्लालाई साइकल पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने, पूर्वी नेपालमा दिगो तथा शून्यफोहर पर्यटन प्रवर्द्धन गर्ने, साइकलमार्फत स्वस्थ र सक्रिय जीवनशैलीलाई प्रोत्साहन गर्नेलगायत उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष आकाश श्रेष्ठले जानकारी दिए ।

उहाँका अनुसार साइक्लिङ क्लबले आयोजना गरेको ‘घुमौँ झापा साइकलमा’ कार्यक्रम यही फागुन ३० गतेदेखि आगामी चैत २ गतेसम्म सञ्चालन हुनेछ । कार्यक्रमको मुख्य प्रवर्द्धकका रूपमा पर्यटन कार्यालय काँकरभिट्टा रहेको छ ।

उहाँका अनुसार पहिलो पटक साइकलमा जिल्ला घुम्ने कार्यक्रमअन्तर्गत १२ पालिकाको यात्रा तय गरिनेछ । पहिलो दिन ६० किलोमिटरको यात्रा हुने उनले जानकारी दिए । मेचीनगर, बुद्धशान्ति, अर्जुनधारा, कनकाई, शिवसताक्षी, गौरीगञ्ज, झापा, बाह्रदशी, कचनकबल, भद्रपुर, हल्दीबारी र विर्तामोड नगरपालिकाको साइकलमा फन्को लगाइने क्लबका अध्यक्ष श्रेष्ठले बताए ।

पर्यटन कार्यालय, काँकरभिट्टाबाट सुरु भएको यात्रा बाहुनडाँगी–४९, धारा–मदन भण्डारी राजमार्ग–बर्ने चिया बगान–अर्जुनधारा जलेश्वरधाम–अर्जुनधारा नगरमा पर्ने सामुदायिक वन हुँदै जामुनखाडी सिमसार भएर दोमुखामा टुङ्गिने क्लबका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

दोस्रो दिन ८० किलोमिटरको यात्रा हुनेछ । दोमुखाबाट सुरु भएको यात्रा माइधार–चिल्लागढधाम–शिवगञ्ज बजार–चौरी–हुलाकीमार्ग–झापा बजार–राजगढ–जलथल जङ्गल बनियानी हुँदै नेपालको होचो स्थान कचनकबल पुगेर बनियानी बजारमा यात्रा टुङ्गिने उनको भनाइ छ ।

तेस्रो तथा अन्तिम दिन ५० किलोमिटरको यात्रा हुनेछ । बनियानीबाट किच्चकबध–भद्रपुर–हल्दीबारी हुँदै विराटपोखरी भएर विर्तामोडमा ‘घुमौँ झापा साइकलमा’ कार्यक्रमको अन्त्य हुने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

यात्रामा ५० जना साइकलयात्री तथा २० जना गाइड, मेकानिक र स्वयंसेवक रहनेछन् । कार्यक्रममा कम्तीमा २० प्रतिशत महिला र कम्तीमा २० प्रतिशत झापा बाहिरका सहभागी हुनेछन् ।

आन्तरिक तथा बाह्य पर्यटन, स्थानीय अर्थतन्त्रलाई सहयोग पु¥याउन, सीमा क्षेत्र, धार्मिकस्थल, सिमसार क्षेत्र तथा ग्रामीण भू–भागलाई जोड्दै झापालाई एक साइकलमैत्री गन्तव्यका रूपमा चिनाउन यो कार्यक्रमले सहयोग पुग्ने पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छविलाल खतिवडाले बताए ।

Previous Post

मिथिला माध्यमिकी परिक्रमाः कञ्चनवन पुगेर होली खेलियो

Next Post

भारतको झारखंडमा एयर एम्बुलेन्स दुर्घटना, चालकदलसहित सात जनाको मृत्यु

metakhabar

metakhabar

सम्बन्धित खबर

सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकलाई भिसा निःशुल्क
टुरिजम

निर्वाचनका दिन पर्यटक वाहक सवारीका निम्ति अनुमति लिनुपर्ने

१४ फाल्गुन २०८२,
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
अन्तर्राष्ट्रिय

‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’

१३ फाल्गुन २०८२,
त्रिभुवन र पोखरा विमानस्थलको प्रमुख फेरिए
आर्थिक

विमानस्थलबाट विदेशी मुद्रासहित स्वीडिस नागरिक पक्राउ

१३ फाल्गुन २०८२,
यस्ता छन् मन्त्रिपरिषद्का निर्णय
आर्थिक

यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

१३ फाल्गुन २०८२,
परराष्ट्रमन्त्रीसँग चिनियाँ राजदूतको भेट
अन्तर्राष्ट्रिय

परराष्ट्रमन्त्रीसँग चिनियाँ राजदूतको भेट

१३ फाल्गुन २०८२,
मैवाखोलाद्वारा किबीका बिरुवा वितरण
आर्थिक

मैवाखोलाद्वारा किबीका बिरुवा वितरण

१३ फाल्गुन २०८२,
Load More
Next Post
भारतको झारखंडमा एयर एम्बुलेन्स दुर्घटना, चालकदलसहित सात जनाको मृत्यु

भारतको झारखंडमा एयर एम्बुलेन्स दुर्घटना, चालकदलसहित सात जनाको मृत्यु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In