• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    जेनजी आन्दोलन : ३४ जनाको मृत्यु, ९४९ जनालाई डिस्चार्ज

    ‘जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

    कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो

    कांग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस

    रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    जेनजी आन्दोलन : ३४ जनाको मृत्यु, ९४९ जनालाई डिस्चार्ज

    ‘जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

    कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो

    कांग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस

    रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

भूमिगत राजनीतिक दलको आवरणमा आपराधिक गतिविधिमा संलग्न समूह पक्राउ

by
१९ माघ २०७९,
0
भूमिगत राजनीतिक दलको आवरणमा आपराधिक गतिविधिमा संलग्न समूह पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

प्रहरीले राजनीतिक नारा र माग राखेर सवारी साधनमा आगजनी, जबर्जस्ती चन्दा र फिरौतीमा संलग्न एउटा कथित भूमिगत समूहका प्रमुखसहित चार सदस्यलाई नियन्त्रणमा लिएको छ।

आमनिर्वाचन बहिष्कारको पर्चा छर्दै सवारी साधनमा आगजनी र जिल्लामा रहेका व्यापारीहरूलाई डर देखाएर रकम असुल्न सक्रिय समूहका प्रमुख विकरान्त भनिने जग्गु तेलीसहित अन्य तीन जनालाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको विशेष टोलीले पक्राउ गरेको हो। विकरान्तको नेतृत्वमा यो समूहले नेपाल जनतान्त्रिक मुक्ति मोर्चा नामको भूमिगत संगठनका नाममा उनीहरूले आंतक मच्चाएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा शिवराज नगरपालिका-७ बालानगर बस्ने समूहका प्रमुख जग्गु तेली, सोही नगरपालिका(११ सडवा बस्ने बिरु भन्ने बृजेश गिरी, बालानगर बस्ने शुग्रीम रैदास र सडवा बस्ने बिपिन विक रहेका छन्। कपिलवस्तु प्रहरी प्रमुख एसपी प्रेमबहादुर बस्नेतले लामो खोजतलासपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिन सफलता पाएको सोमबार आयोजित पत्रकार सम्मेलनमा बताए।

प्रहरीका अनुसार यो समूहले गत कात्तिक २२ गते राति अन्दाजी १२ः२० बजे कपिलवस्तुको शिवराज नगरपालिका–६ गड्गौडास्थित समृद्धि फुड्स प्रा।लि। अगाडि चन्द्रौटा(कृष्णनगर सडकको किनारमा रोकी राखेको कर्णाली प्रदेश ०२–००१ ख ०५७८ नम्बरको ट्रक, त्यसैगरी बिहान ०३ः४० बजेको समयमा सोही वडाको वीरपुरस्थित चन्द्रौटा–कृष्णननगर सडकमा राधा किशुन वनियाको घर अगाडि पार्किङ गरी राखेको ना ५ ख १४५३ नम्बरको ट्रक र बिहान ४ः३० बजे कपिलवस्तु कृष्णनगर नगरपालीका वडा नं। ८ जौवाभारीस्थित महलक्ष्मी सुगर मिलको गेटमा पार्किङ गरी राखेको सोही मिलका सुरक्षा गर्ड कपिलवस्तु विजयनगर गाउँपालिका–४ बिजुलिया बस्ने कर्णबहादुर मल्लको लु ५प ९२८७ नम्बरको २०० सीसीको पल्सर मोटरसाइकलमा श्रृङखलाबद्ध रूपमा आगजनी गरेको थियो। आगजनी गरिएका ३ वटै घटनास्थलमा कथित भूमिगत संगठन ‘नेपाल जनतान्त्रिक मुक्ति मोर्चा’ को संयोजक ‘विकरान्त’बाट जारी गरेको ‘नर्वाचन बहिष्कार’ ‘नेपाल बन्द’लगायतका विभिन्न ७ बुँदे मागसहितको पर्चाहरू फेला परेको थियो।

आगजनीको घटनालगत्तै कात्तिक २२ गते दिउँसो ९८१४४९७९२० नम्बरको मोबाइलबाट विभिन्न सञ्चारकर्मी तथा अधिकारीहरूलाई फोन गरी आफू ‘नेपाल जनतान्त्रिक मुक्ति मोर्चा’को संयोजक ‘विकरान्त’ रहेको र निर्वाचन बहिष्कारका लागि आफ्नो पार्टीले नेपाल बन्दको घोषणा गरेकोले सोको अवज्ञा गर्ने उक्त सवारी साधनहरूमा आफुहुरूले नै आगो लगाई करबाही गरेको भनी घटनाको जिम्मा लिएका थिए।

यस्तै पुस १६, १७ र १८ गते गरी पटकपटक ९८०३०८१६७१ नम्बरको मोबाइलबाट कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नं। ९ बहादुरगञ्ज बस्ने ३४ वर्षीय बुद्धकुमार अग्रहरीलाई फोन गरी आफू कथित नेपाल जनतान्त्रिक मुक्ति मोर्चाको जिल्ला इन्चार्ज रहेको भन्दै ‘तपाईंलाई हाम्रो पार्टीले २५ लाख रुपैयाँ चन्दा तोकेकाले समयमै दिनू,अन्यथा हाम्रो कार्यकर्ताहरूले तपाईंमाथि भौतिक आक्रमण गर्नेछन्’ भनी धाकधम्की दिएको पाइएको छ।

त्यसैगरी पुस २६ र माघ २ गते कृष्णनगर नगरपालिका वडा नं। ८ मौजा गणेशपुर बस्ने ४४ वर्षीय ओमकार चौधरीलाई समेत फोन गरी सोही व्यहोराको धम्की दिई १० लाख रुपैयाँ चन्दा माग गरेका थिए।

माघ २ गतेदेखि १३ गतेसम्म शिवराज नगरपालिका वडा नं।७ बालानगर बस्ने ५७ वर्षीय पुजारीप्रसाद चौधरीलाई पटकपटक फोन गरी धम्की दिँदै ५ लाख रुपैयाँ चन्दा मागेका उनीहरूले १ लाख रुपैयाँ चन्दा लिँदै गर्दाको अवस्थामा माघ १३ मध्याह्न १२ बजे बिरु भन्ने बृजेश गिरी र शुग्रीम रैदास १ लाख नगद र मोटरसाइकलसहित पक्राउ परेका थिए।

चन्दाबापतको नगदसहित पक्राउ परेका उनीहरूले आफूहरूलाई चन्दाबापतको रकम लिन पठाउने कथित ‘नेपाल जनतान्त्रिक मुक्ति मोर्चा’ को संयोजक ‘विकरान्त’ बताउने जग्गु तेली रहेको प्रहरीलाई बताएपछि थप अनुसन्धानका क्रममा चन्दा रकमको लागि पीडितलाई पटकपटक फोन गरी जिल्ला इन्चार्ज बताउने व्यक्ति बिपिन बिक रहेको खुलेको थियो।

खोजतलासको क्रममा माघ १४ गते विकरान्त र बिपिनलाई पक्राउ गर्न सफल भएको एसपी बस्नेतले बताए। पक्राउ परेका चारै जनामाथि आपराधिक लाभ शीर्षकमा कपिलवस्तु जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Previous Post

मौसमः कर्णाली र लुम्बिनीमा आंशिक बदली

Next Post

चीन क्षेत्राधिकार बाहिर पनि कानून मिच्दै, अधिकार जमाउँदै

सम्बन्धित खबर

प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट
आर्थिक

प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

१ चैत्र २०८२,
जेनजी आन्दोलन : ३४ जनाको मृत्यु, ९४९ जनालाई डिस्चार्ज
जीवन शैली

‘जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

१ चैत्र २०८२,
कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो
आर्थिक

कांग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

१ चैत्र २०८२,
राष्ट्रिय सुरक्षा तालिम सुरु
आवाज

राष्ट्रिय सुरक्षा तालिम सुरु

१ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त
आवाज

प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

१ चैत्र २०८२,
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
आवाज

रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस

१ चैत्र २०८२,
Load More
Next Post
अन्तर्राष्ट्रिय मिडिया विरुद्ध चीनको विश्वव्यापी अभियान

चीन क्षेत्राधिकार बाहिर पनि कानून मिच्दै, अधिकार जमाउँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In