• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, February 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भाउन्नेमा पोलेको मकैको व्यापार फस्टाउँदै

    भाउन्नेमा पोलेको मकैको व्यापार फस्टाउँदै

    दिक्तेल–रेग्मीटार सडक : घर्तीभिरको चट्टान फुटाउन थालियो

    दिक्तेल–रेग्मीटार सडक : घर्तीभिरको चट्टान फुटाउन थालियो

    हिउँदयाम सुरु भएसँगै डढेलो रोकथाम गर्न सामग्री हस्तान्तरण

    हिउँदयाम सुरु भएसँगै डढेलो रोकथाम गर्न सामग्री हस्तान्तरण

    इरान नजिकै अमेरिकी युद्धपोत र लडाकु विमान तैनाथ

    इरान नजिकै अमेरिकी युद्धपोत र लडाकु विमान तैनाथ

    गोङ्गबुका दुई डान्सबारमा प्रहरी छापा, २३ जना पक्राउ

    विदेश पठाउने भन्दै ६५ लाख ठगी गर्ने चार जना पक्राउ

    दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै

    दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
५ फाल्गुन २०८२,
0
हिउँदयाम सुरु भएसँगै डढेलो रोकथाम गर्न सामग्री हस्तान्तरण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भोजपुर, ५ फागुन : डिभिजन वन कार्यालयले सम्भावित वन डढेलो नियन्त्रण तथा रोकथामका लागि आवश्यक सहयोग सामग्रीसहित जिल्लाव्यापी सचेतनामूलक अभियान सुरुआत गरेको छ । हिउँदयाम सुरु भएसँगै बढ्दो सुक्खापन र तापक्रम वृद्धिले वन क्षेत्रमा आगलागीको जोखिम बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै कार्यालयले उच्च जोखिमयुक्त क्षेत्रमा लक्षित कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यालयका अनुसार जिल्लाका नौवटै स्थानीय तहका दर्जनौँ क्षेत्र वन डढेलोको उच्च जोखिममा छन् । वन क्षेत्र आसपास हुने मानव गतिविधि, सुक्खा घाँसदाउरा तथा बढ्दो गर्मी डढेलोका प्रमुख कारणका रूपमा देखिएका छन् ।

भोजपुर डिभिजन वन कार्यालयका प्रमुख खुद्रुस मियाँका अनुसार डढेलो जोखिम न्यूनीकरण तथा सर्प उद्धारसम्बन्धी ११ प्रकारका २१६ थान सामग्री जिल्ला विपद् जोखिम न्यूनीकरण समितिलाई हस्तान्तरण गरिएको छ । डढेलो जोखिम न्यूनीकरणका लागि कार्यालयले अभियानका रूपमा कार्यक्रम अघि बढाएको छ ।

कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार पौवादुङमा गाउँपालिकाको ठूलोदुम्मा, सानोदुम्मा, बास्तिम, श्यामशिला र औलिया क्षेत्र उच्च जोखिममा छन् । त्यसैगरी, हतुवागढी गाउँपालिकाअन्तर्गत रानीवास, होम्ताङ (साविक वडा नं ५ र ६), पालोपानी, हसनपुर–भालेडाँडा, खैराङ र डाँडाबर्क जोखिम सूचीमा सूचीकृत छन् । रामप्रसादराई गाउँपालिकाका मानेभञ्ज्याङ, कावा दोभान, सीतेडाँडा–मुलरेडाँडा–चिलाउनेटार, बेहेरे–बडहरे, सल्लेरी, कटुन्जे र जलापदेवी सल्लेरी क्षेत्रलाई उच्च जोखिमयुक्त मानिएको छ ।

त्यसैगरी, अरुण गाउँपालिकाको जरायोटार, सिक्रेटार, याकु, र्याङ, याङपाङ र चम्पे (तीनतले) क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ । भोजपुर नगरपालिकाका पारपानी, टक्सार, आम्तेक, पालुवा, हेलौछा, दाँवा र राममाटे क्षेत्र पनि जोखिममा परेका छन् ।

आमचोक गाउँपालिकाको पाङ्चा, धारापानी–सेतेगरगरे–कार्कीछाप, फेदी–ठूले वन, दुम्माना–पाथीभरा र देवानटार क्षेत्र संवेदनशील मानिएको छ । टेम्केमैयुङ गाउँपालिकाअन्तर्गत गोगने (सिङ्गेल खोला क्षेत्र), कोट (सिङ्गेल दोभान क्षेत्र), खाल्डे र केराबारी जोखिममा छन् ।

त्यस्तै, षडानन्द नगरपालिकाका देउराली–झ्यापोखरी, दिङ्ला, चिउरीबोटे, नेपालेडाँडा, कुदाकाउले र बैदारभञ्ज्याङ क्षेत्रलाई उच्च जोखिम क्षेत्रमा राखिएको छ । साथै साल्पासिलिछो गाउँपालिकाको कुलुङ, चौकीडाँडा र सालेवा दोभाने क्षेत्र पनि सम्भावित जोखिमयुक्त सूचीमा समावेश गरिएको छ ।

वन कार्यालयले स्थानीय तह, सुरक्षा निकाय तथा सामुदायिक वन उपभोक्ता समूहसँग समन्वय गरी जनचेतनामूलक कार्यक्रम, अग्नि नियन्त्रण सामग्री वितरण र नियमित निगरानीलाई तीव्रता दिएको जनाएको छ । वन क्षेत्रमा जथाभावी आगो बाल्न, खरानी फाल्न वा चुरोट फाल्न नदिन सर्वसाधारणलाई विशेष अनुरोध गरिएको छ । समयमै सचेतना, समन्वय र सामूहिक प्रयासमार्फत सम्भावित क्षति न्यूनीकरण गर्ने लक्ष्यसहित अभियान अघि बढाइएको कार्यालयले जनाएको छ ।

Previous Post

इरान नजिकै अमेरिकी युद्धपोत र लडाकु विमान तैनाथ

Next Post

दिक्तेल–रेग्मीटार सडक : घर्तीभिरको चट्टान फुटाउन थालियो

metakhabar

metakhabar

सम्बन्धित खबर

भाउन्नेमा पोलेको मकैको व्यापार फस्टाउँदै
आर्थिक

भाउन्नेमा पोलेको मकैको व्यापार फस्टाउँदै

५ फाल्गुन २०८२,
दिक्तेल–रेग्मीटार सडक : घर्तीभिरको चट्टान फुटाउन थालियो
आर्थिक

दिक्तेल–रेग्मीटार सडक : घर्तीभिरको चट्टान फुटाउन थालियो

५ फाल्गुन २०८२,
इरान नजिकै अमेरिकी युद्धपोत र लडाकु विमान तैनाथ
फिचर-ब्यानर

इरान नजिकै अमेरिकी युद्धपोत र लडाकु विमान तैनाथ

५ फाल्गुन २०८२,
गोङ्गबुका दुई डान्सबारमा प्रहरी छापा, २३ जना पक्राउ
आवाज

विदेश पठाउने भन्दै ६५ लाख ठगी गर्ने चार जना पक्राउ

५ फाल्गुन २०८२,
दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै
आर्थिक

दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै

५ फाल्गुन २०८२,
निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान
समाचार

निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान

५ फाल्गुन २०८२,
Load More
Next Post
दिक्तेल–रेग्मीटार सडक : घर्तीभिरको चट्टान फुटाउन थालियो

दिक्तेल–रेग्मीटार सडक : घर्तीभिरको चट्टान फुटाउन थालियो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In