• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, April 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गण्डकीमा घरबासः स्थानीय उत्पादनको प्रवर्द्धन, रोजगारी सिर्जना र संस्कृतिको जगेर्ना गर्दै

    सिक्लेसमा पर्यटक आगमन घट्यो

    ग्रामीण सडक धमाधम कालोपत्र हुँदै

    ग्रामीण सडक धमाधम कालोपत्र हुँदै

    संस्थागत क्षमता विकासमार्फत सेवा प्रवाह सुधार सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना

    संस्थागत क्षमता विकासमार्फत सेवा प्रवाह सुधार सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना

    आर्थिक गणना वैशाख २ देखि

    आर्थिक गणना सफल बनाउन आग्रह

    संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ

    संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ

    सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता

    सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    गण्डकीमा घरबासः स्थानीय उत्पादनको प्रवर्द्धन, रोजगारी सिर्जना र संस्कृतिको जगेर्ना गर्दै

    सिक्लेसमा पर्यटक आगमन घट्यो

    ग्रामीण सडक धमाधम कालोपत्र हुँदै

    ग्रामीण सडक धमाधम कालोपत्र हुँदै

    संस्थागत क्षमता विकासमार्फत सेवा प्रवाह सुधार सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना

    संस्थागत क्षमता विकासमार्फत सेवा प्रवाह सुधार सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना

    आर्थिक गणना वैशाख २ देखि

    आर्थिक गणना सफल बनाउन आग्रह

    संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ

    संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ

    सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता

    सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

नेपाली रङ्गमञ्चमा बहुरिया पदार्पणको सन्देश

metakhabar by metakhabar
१ फाल्गुन २०८२,
0
नेपाली रङ्गमञ्चमा बहुरिया पदार्पणको सन्देश
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। इतिहास साक्षी छ, काठमाडौँ उपत्यका रङ्गमञ्चीय प्रस्फूटनका लागि मल्लकालदेखि नै उर्बर भूमिका रुपमा स्थापित छ । मल्ल राजाहरु प्रताप मल्ल, जगज्योति मल्ल, सिद्धिनरसिंह मल्ल, जगतप्रताप मल्ल आदिको समयमा मैथिली र नेपालभाषाको रङ्गमञ्चको विकास उत्कर्षमा थियो । मल्लकालको पतनपछि रङ्गमञ्चको विकासको गति केही रोकिन पुगेको अनुभूत गरियो र यो क्रम लामै समयसम्म कायम रह्यो ।

विसं २०४६ को जनआन्दोलनपछिको समय हो, नेपालमा रङ्गमञ्चको यात्राले पुनः गति प्रारम्भ गर्नसक्यो । आरोहण गुरुकूल, सर्वनाम, मिनाप जस्ता संस्था उत्कर्षमा थिए । प्रचण्ड मल्ल, नीर शाह, अशेष मल्ल, सुनील पोखरेल, नवीन सुब्बा, अनुप बराल, विजय विष्फोट, महेन्द्र मलंगिया, योगेन्द्र नेपाली, सरुभक्त, निशा शर्मा, रमेश रञ्जन आदिजस्ता निर्माता, निर्देशक र लेखकहरु नेपाली रङ्गमञ्चको प्रवद्र्धनमा संलग्न रहेको इतिहास साक्षी छ ।

२०४६ को जनआन्दोलन लगत्तै सर्जकहरुले वातावरण अनुकूल भएको अनुभव गरी सक्रियतामा वृद्धि गरेका थिए । अन्य क्षेत्रजस्तै रङ्गमञ्चमा पनि यो मनोदशाको प्रभाव स्वाभाविक थियो । नेपाल प्रज्ञा प्रतिष्ठान सक्रिय भएको अनुभव गरिएको थियो । प्रतिष्ठानले वर्षेनि नाट्य महोत्सवको आयोजन प्रारम्भ गरेको थियो । देशभरिबाट आफ्नो प्रतिभा र अभिव्यक्ति ‘बुलन्द’ गर्न अनेकौँ नाट्य संस्था सहकर्मीसहित राजधानी ओइरिन्थे र आफ्नो प्रतिभा प्रस्तुत गर्थे । राजधानीमा औपचारिक र अनौपचारिक विमर्श हुने गर्दथ्यो । नाटक हेर्न दर्शक आकर्षित हुन थालेका थिए ।

कालक्रमसँगै यो वातावरण खलबलिएजस्तै भयो । रङ्गमञ्च–सक्रियता केही बाधित भएजस्तो भयो । मैतीदेवी र बत्तीसपुतलीबीचमा अवस्थित गुरुकूलको प्रेक्षालय तहसनहस हुन पुग्यो । महान नाट्य स्रष्टा सुनील पोखरेल बिथोलिनसम्म बिथोलिए । राज्यले आफ्नो सरोकारको विषय नमान्दा रंगमञ्चीय विकास–विस्तार प्रभावित हुन पुग्यो । यसप्रति सायद असहमति व्यक्त गर्न सकिँदैन । नाटक प्रदर्शित हुने क्रम त रोकिएन तर सार्थकताको खोजीले स्पष्ट आकार प्राप्त गर्न सकिरहेको थिएन ।

पछिल्ला वर्षमा भने अवस्थामा सुधार आएको मान्न सकिन्छ । बिथोलिएको गुरुकूल अहिलेसम्म ठडिन सकेको छैन तर शिल्पी कोशी थिएटर आशाको केन्द्र बनेर उपस्थित हुन सक्नु सन्तोषको विषय हो । नाटक थिएटरका सिटहरुमा पुनः दर्शकको उपस्थिति देखिन थालेको छ । नाटकप्रतिको आकर्षणमा पुनः वृद्धि भएको अनुभव गरिएको छ । व्यावसायिक रुपमा नाटक प्रदर्शित हुन थालेका छन् र टिकट काउन्टरमा भीड देखिन थालेको छ । नाट्यकर्मीहरु हौसिन थालेका छन् र उनीहरु आफ्नो प्रतिभा प्रमाणित गर्दै ‘क्यारियर’ स्थापित गर्न तल्लिन देखिएका छन् ।

पछिल्लो समय काठमाडौँको थापागाउँस्थित मण्डला थिएटरमा यस्तै सन्तोष गर्न सकिने अवस्था अनुभूत गरियो । काठमाडौमा यो थिएटरले निकै लामो समयदेखि सङ्घर्ष गर्दै नाटक अर्थात रङ्गमञ्च जोगाउने प्रयास गर्दै आएको छ । यही नाटक जोगाउने सन्दर्भमा पछिल्लो समयमा जोडिएको छ बहुरिया । यही माघ ८ गतेदेखि प्रदर्शन प्रारम्भ भएको बहुरिया माघ २९ सम्म प्रदर्शित हुनेछ । दर्शकमार्फत समग्र समाजसामुु प्रश्न ठड्याइरहेको बहुरिया समान्यजस्तो कथावस्तु लाग्ने विशिष्ट प्रस्तुतिका रुपमा प्रस्तुत भएको छ भन्दा अस्वाभाविक हुँदैन ।

जम्मा दुईजना पात्रमा सीमित बहुरियाले करिब एक घण्टाको प्रदर्शनको समयमा उठान गरेका प्रश्नले नेपाली समाजको वर्तमानको मथिगङ्ल खल्बल्याउने प्रयास गरेको छ भन्दा अन्यथा ठहर्दैन । एउटा अँध्यारो बन्द कोठाभित्र प्रारम्भ भएर त्यही कोठाभित्रको लगातारको झिङ्गाको भुनभुन, लालटेनको मधुरो उज्यालो, सिलाई मेसिन, सानो चौकी (खाट), दराज, खानाको थाल अनि अत्यासलाग्दो उकुसमुकुस, सकसपूर्ण वातावरण, अनिश्चितता, मानसिक र शारिरीक द्वन्द्व, अनेकन डोरीहरुले निर्माण गरेको मनोवैज्ञानिक कारागार, कठपुतलीको ब्यङ्ग्यसँगै अन्त्य भएको छ बहुरिया । बहुरिया अर्थात कसैकी छोरी, कसैकी श्रीमती, कसैकी बुहारी ।

तर, बहुरियाकी कहुरियाले मातृसुख भने भोग्न पाएकी छैनन् । विवाहको चार वर्ष भइसक्दा पनि पतिले उनको शरीर छुन चाहेको छैन । किन ? यही प्रश्नको उत्तरको खोजीले नाटकलाई डो¥याउने प्रयत्न गरेको छ । बहुरिया स्वयंमा प्रयोग त हो नै सँगसँगै आँट, सङ्घर्ष, विद्यमान सामाजिक संरचनामाथिको प्रहार, विद्रोह र आवश्यक–अनिवार्य वहस पनि हो । अनेकन प्रश्नको उत्तर खोज्ने प्रयत्न पनि हो बहुरिया ।

बहुरियाको लेखक–निर्देशक हुन् सुरज यादव । नाटकको शीर्ष भूमिकामा स्वयं सुरज र प्रशंसा सिवाकोटी छन् । यही दुई पात्रले नाटकलाई प्रारम्भ गर्दै अन्त्यसम्मको यात्रा गरेका छन् । नाटकको निर्देशकका रुपमा सुरजको भूमिका जति महत्वपूर्ण छ त्यति नै महत्वपूर्ण छ रचनात्मक निर्देशकको भूमिका निर्वाह गर्ने सरिता गिरीको । सुरज लेखक पनि भएकाले उनको निर्देशकीय भूमिका लेखकको मनोभावबाट धेरै हदसम्म प्रभावित भएको हुनसक्ने सम्भावनालाई अस्वीकार गर्न सकिँदैन ।

तर गिरीको प्रयासले नाटकमा प्रभाव उत्पन्न गर्न महत्वपूर्ण योगदान निर्वाह गरेको कुराको साक्षी, मञ्चभरि विभिन्न अवस्थामा विद्यमान कठपुतलीहरु हुन् । अनि, अनेकौं विषयको प्रतीक बनेर प्रस्तुत भएको छ धुवाँ । नाटकमा अनेकांै यस्तो अवस्था आउँछ जसको सम्बोधन धुवाँमार्फत गर्ने प्रयत्न गरिएको छ । धुवाँ कहिले अनिश्चय, भ्रम त कहिले व्यङ्ग्य अनि कहिले श्वरहीन अभिव्यक्तिका रुपमा प्रस्तुत भएको छ । निश्चय गिरीको प्रयास महत्वपूर्ण छ ।

अभिभावक सामु समयमा आफ्ना कुरा व्यक्त गर्न नसकेर आज्ञाकारी सन्तानको कथित मर्यादा कायम गर्ने सन्दर्भमा एकजना युवक (रामचरण)ले एक युवती (सीता)सँग विवाह गर्छ । विवाहका लागि मानसिक रुपमा तयार नरहेको युवक विवाह हुनेबित्तिकै भाग्छ र चार वर्षपछि सम्पर्कमा आउँछ । युवती भने पतिको प्रतीक्षा गरिरहेकी हुन्छिन् । युवक फेरि भाग्नसक्ने डरले घरपरिवारका मानिसले उसलाई बाँधेर कोठाभित्र राख्छन् । त्यही कोठाभित्र उक्त युवक र युवतीबीच मानसिक र मनोवैज्ञानिक द्वन्द्व हुन्छ ।

उनीहरुबीचको सबै संवाद यसैसँग सम्बन्धित छन् । कतिपय ठाउँमा सामान्य लाग्ने संवाद कतिपय ठाउँमा बोझिला प्रतीत हुन्छन् । रामायणका पात्र राम र सीतालाई प्रतीक मानी यस नाटकका दुई पात्र यसै नाममा प्रस्तुत् छन् र ती पात्रबीचका केही संवादमार्फत रामायणकै सन्देशबारे पनि प्रश्न उठान गर्ने प्रयत्न गरिएको छ । अन्त्यमा युवकले आफूले विवाह बन्धनबाट मुक्ति चाहेको याचना गर्दछ र निकै मार्मिक मनोदशाको अभिव्यक्तिपछि युवतीले युवकलाई बन्द कोठाबाट मुक्ति गरिदिन्छिन् । रामायणमा राम घरमा बसेर सीता बाहिरिएको सन्दर्भ विपरीत यस नाटकमा सीता घरमा बसेर राम पात्र बाहिरिन्छ र नाटक समाप्त हुन्छ । मुलतः नाटकको कथा यति नै भए पनि यसलाई नाटकीय ढङ्गले प्रस्तुत गरिएको छ ।

मिथिला–मधेशको मूल कथावस्तुलाई नेपाली भाषाका माध्यमबाट मैथिली र नेपाली भाषा, संस्कृति, धरातलीय यथार्थलाई ‘फ्युजन’ गरी प्रस्तुत गरिएको नाटक मूलतः नारी मनोविज्ञानको सेरोफेरोमा केन्द्रित छ । पृष्ठभूमि मिथिलाञ्चलको छ । मिथिला संस्कृति झल्किने गीत–सङ्गीत र प्रचलन प्रदर्शित छन् ।

नाटकको भाषा नेपाली छ तर थोरै मैथिली भाषा र भाव मिसिएको छ । नाट्क हो, केही नाटकीयतालाई स्वाभाविक नै मान्नुपर्छ तर नाटकले नारीको मनोभाव, आवश्यकता, इच्छा–आकांक्षा, समर्पण, त्याग, विद्रोहलाई सशक्त अभिव्यक्तिको स्वर प्रदान गर्ने प्रयास गरेको छ । मनोदशाको सुक्ष्म विश्लेषणमार्फत नारी अभिव्यक्तिको प्रयास यस नाटकमा जति महत्वपूर्ण छ त्यति नै आफ्नाबारेमा निर्णय गर्न पाउने पुरुष अधिकारको सन्दर्भ पनि महत्वपूर्ण छ ।

मिहीन ढङ्गले नाटकको कथावस्तुको विश्लेषण गर्ने हो भने परम्परादेखि चल्दै आएको पारिवारिक दबाबको शिकार युवक र युवती दुबै भएको पाउन सकिन्छ । यस दृष्टिले भन्ने हो भने पृष्टभूमि मिथिला र मधेश भए पनि नाटकको कथा समग्र नेपाली समाजसँग सम्बन्धित छ । निश्चय पनि हाम्रो समाज पुरुषप्रधान छ । हाम्रा धेरैजसो निर्णय यसै मनोदशाबाट हुन्छन् । तर पितृसत्तात्मक संरचनाको असर महिलामाथि मात्र पर्छ ? यस नाटकले प्रश्न गरेको छ । सँगै, के पुरुषका इच्छाको मात्र महत्व हुन्छ ? महिलाको इच्छाको कुनै महत्व हुँदैन भन्ने प्रश्नको उत्तर खोज्न पनि नाटकले प्रेरित गरेको छ ।

स्वयं लेखक–निर्देशक सुरजका अनुसार नाटकमार्फत विवाह गरेर अर्को घरमा जाने एउटी केटीले आफ्नो आशाअनुसारको श्रीमान वा परिवार नपाउँदा भोग्नुपर्ने मानसिक पीडा, सामाजिक दबाब र असहजतालाई देखाउन खोजिएको छ । त्यस्तै केटा र केटी दुवैले आफ्नो इच्छा विपरीत विवाह गर्दा र स्वतन्त्रता नपाउँदा जीवनमा पर्ने मनोवैज्ञानिक असर, भावनात्मक चोट र सङ्घर्षलाई नाटकको विषयवस्तु बनाउन खोजिएको छ ।

नाटकमा उत्सुकता छ । रोमाञ्च छ । थ्रिलर छ । स्रष्टा विजय बरालका अनुसार कथाका रहस्यहरु खोतलिँदै जाँदा पैदा हुने कौतुहलताले दर्शकलाई निरन्तर सक्रिय बनाइरहन्छ । नाटकको रचनात्मक निर्देशक रहनुभएकी सरिता गिरीको भनाइ अत्यन्तै महत्वपूर्ण छ–आध्याँरो घरभित्र भित्तामा टाँसिएको कठपुतली, चुल्हो निभेको धुवाँ जस्तै हाम्रा सम्बन्ध निस्सासिएको छ आज । यो सम्बन्ध न प्रेम मात्रै हो, न द्वन्द्व, सम्बन्धका रङहरु यी भित्तामा झुण्ड्याइएका कठपुतलीजस्ता ।

नाटकको सार गिरीले भनेजस्तै त हो तर फेरि पनि प्रश्न उठ्छ–कठपुतलीको सञ्चालक को हो ? नाटकका पात्रलाई झैं कठपुतली कसले नचाइरहेको छ ? नाटकको एक दृश्यमा बहुरिया (सीता) पात्रले दुई वटा पुतली (सायद पुरुष र महिलाका प्रतीक) लाई खेलाउँदै प्रवाहित गर्न खोजेको व्यङ्ग्यात्मक सन्देश निकै महत्वपूर्ण छ ।

सङ्क्षेपमा भन्नुपर्दा, सन्देश प्रवाहमा नाटक पूर्ण सफल छ । सुरज र प्रशंसाको अभिनय सशक्त छ । निर्देशन ठीकठाक छ । कतिपय दृश्यमा कलाकार अति नाटकीयताबाट प्रभावित भएका हुन् कि भन्ने भान हुन्छ । कतिपय ठाउँमा हाँसो र रोदनका दृश्य असान्दर्भिक छन कि भन्ने प्रश्न उठ्छन् । नाटक हो, प्रत्येक प्रदर्शनमा निर्देशकीय सुधार र परिवर्तनको सम्भावना त रहन्छ नै । भविष्यका प्रदर्शनहरु थप परिष्कृत हुने आश गर्नु अस्वभाविक हुँदैन ।

Previous Post

क्यानाडाली सामानमा लगाइएको कर विरुद्ध अमेरिकी संसदको मतदान

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar

metakhabar

सम्बन्धित खबर

गण्डकीमा घरबासः स्थानीय उत्पादनको प्रवर्द्धन, रोजगारी सिर्जना र संस्कृतिको जगेर्ना गर्दै
टुरिजम

सिक्लेसमा पर्यटक आगमन घट्यो

२० चैत्र २०८२,
ग्रामीण सडक धमाधम कालोपत्र हुँदै
आर्थिक

ग्रामीण सडक धमाधम कालोपत्र हुँदै

२० चैत्र २०८२,
संस्थागत क्षमता विकासमार्फत सेवा प्रवाह सुधार सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना
आवाज

संस्थागत क्षमता विकासमार्फत सेवा प्रवाह सुधार सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना

२० चैत्र २०८२,
आर्थिक गणना वैशाख २ देखि
आर्थिक

आर्थिक गणना सफल बनाउन आग्रह

२० चैत्र २०८२,
संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ
आवाज

संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ

२० चैत्र २०८२,
सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता
आवाज

सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता

२० चैत्र २०८२,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In