• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, February 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    काठमाडौँ–१० मा स्थानीय नेताहरूले विकासको एजेन्डा बोकी चुनावी युद्धमा होमिए: केन्द्रिय नेतालाई पछि पार्ने चुनौती

    काठमाडौँ–१० मा स्थानीय नेताहरूले विकासको एजेन्डा बोकी चुनावी युद्धमा होमिए: केन्द्रिय नेतालाई पछि पार्ने चुनौती

    पशुलाई रोगबाट जोगाउन पूर्णखोप अभियान सञ्चालन

    पशुलाई रोगबाट जोगाउन पूर्णखोप अभियान सञ्चालन

    विश्व बजार उकालो, जापानको निक्केई ऐतिहासिक उछाल

    विश्व बजार उकालो, जापानको निक्केई ऐतिहासिक उछाल

    लोपोन्मुख रैथाने ज्ञान जोगाउने अभियानः रामप्रसादराईमा ज्ञान महोत्सव

    लोपोन्मुख रैथाने ज्ञान जोगाउने अभियानः रामप्रसादराईमा ज्ञान महोत्सव

    तीन हजार पाँच सयभन्दा बढी छात्रालाई एचपिभी खोप लगाइँदै

    तीन हजार पाँच सयभन्दा बढी छात्रालाई एचपिभी खोप लगाइँदै

    कञ्चनपुर-१ मा पुरानालाई नयाँ उम्मेदवारको चुनौती

    कञ्चनपुर-१ मा पुरानालाई नयाँ उम्मेदवारको चुनौती

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आइएसएसको अन्त्य, सहकार्यको युग

metakhabar by metakhabar
२४ माघ २०८२,
0
आइएसएसको अन्त्य, सहकार्यको युग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) सन् २०३० मा पृथ्वीमा फर्किँदा यसले करिब तीन दशक लामो शान्तिपूर्ण अन्तर्राष्ट्रिय सहकार्यको अन्त्यलाई सङ्केत गर्नेछ । साथै, अन्तरिक्ष मानव जीवन र विश्वव्यापी सहकार्यको केन्द्र बनेको एउटा महत्त्वपूर्ण युगको समाप्ति पनि यसले जनाउनेछ ।

नोभेम्बर २००० यता, फुटबल मैदानको आकार बराबरको वैज्ञानिक प्रयोगशालामा सधैँ मानिसहरूको उपस्थिति रहँदै आएको छ । पृथ्वी वरिपरि करिब आठ किलोमिटर प्रतिसेकेन्डको गतिमा परिक्रमा गर्ने आइएसएसले वैज्ञानिक अनुसन्धान, प्रविधि विकास र मानवीय सहकार्यलाई निरन्तर अघि बढाउँदै आएको छ ।

अन्तरिक्ष यात्रीहरूको नयाँ टोली आगामी हप्तामै स्टेशनतर्फ प्रस्थान गर्न तयारी अवस्थामा रहँदा, जमिनबाट आइएसएसलाई सहयोग गर्ने धेरै व्यक्ति यसको आसन्न अन्त्यप्रति भावुक देखिएका छन् । नासाको विज्ञान तथा मिसन सिस्टम अफिसका पूर्वप्रबन्धक जोन होर्याकले आइएसएस सीमा, भाषा र संस्कृतिभन्दा माथि उठेर मानवीय सहयोग र सहकार्यको केन्द्र बनेको बताउनुभयो ।

उहाँले २५ वर्षभन्दा बढी समयदेखि अन्तरिक्षमा २४ घण्टा, वर्षभरि मानिसको उपस्थिति रहनु मानव इतिहासकै असाधारण उपलब्धि भएको उल्लेख गर्नुभयो । उहाँका अनुसार, आइएसएसले समस्या समाधानमा टकरावभन्दा सहकार्य रोज्ने मानव क्षमताको स्पष्ट प्रमाण प्रस्तुत गरेको छ ।

शीतयुद्धपछि अन्तरिक्ष दौडका पुराना प्रतिद्वन्द्वी रुस र संयुक्त राज्य अमेरिकाबीचको सहकार्यको नयाँ भावना झल्काउँदै आइएसएसको प्रस्ताव अघि बढाइएको थियो । युक्रेनमा मस्कोको युद्धका कारण रुस र पश्चिमबीच धेरै सम्बन्ध चिसिँदै गए पनि अन्तरिक्ष स्टेशनमा सहकार्य भने निरन्तर जारी रहनु उल्लेखनीय मानिएको छ ।

फ्रान्सको अन्तरिक्ष एजेन्सी सिएनइएसका लियोनेल सुचेतले मानव अन्तरिक्ष उडानको इतिहास पहिलो र सबैभन्दा महत्त्वपूर्ण अन्तरिक्ष दौड भएको बताउनुभयो । उहाँले आइएसएसको विकासलाई अन्तरिक्ष अन्वेषणको दृष्टिले अत्यन्तै रोचक चरणका रूपमा वर्णन गर्नुभयो । सुचेतले सन् २००१ मा मिर स्पेस स्टेसनको डि–अर्बिटिङ देखेपछि आइएसएसका प्रारम्भिक परियोजनाहरूको समन्वय गरेको अनुभव पनि स्मरण गर्नुभयो ।

यद्यपि समयसँगै आइएसएस पुरानो बन्दै गएको छ र यसका धेरै उपकरणहरू पनि म्याद सकिने चरणमा पुगेका छन् । नासाले गत वर्ष एलन मस्कको स्पेसएक्सलाई सन् २०३० मा आइएसएसलाई पृथ्वीको वायुमण्डलतर्फ सुरक्षित रूपमा फिर्ता ल्याउन सक्ने विशेष वाहन निर्माणको जिम्मा दिएको घोषणा गरेको थियो ।

होर्याकका अनुसार, शक्तिशाली रकेट इन्जिन प्रयोग गरेर आइएसएसको गति कम गरिनेछ र यसलाई जमिन, मानिस वा अन्य कुनै सम्भावित जोखिमबाट टाढा राख्दै प्रशान्त महासागरको दुर्गम क्षेत्रमा पुनःप्रवेश गराइनेछ । यसअघि मिरसहित धेरै अन्तरिक्ष यान र टेलिस्कोपहरू पोइन्ट नेमो भनिने यही समुद्री क्षेत्रमा खसालिएका थिए ।

सन् २०३० पछि पृथ्वीको तल्लो कक्षामा चीनको तियाङ्गोङ अन्तरिक्ष स्टेशन मात्र रहनेछ । भविष्यलाई लक्षित गर्दै अमेरिकाले निजी कम्पनीद्वारा निर्माण र सञ्चालन गरिने अन्तरिक्ष स्टेशनतर्फ बढी ध्यान केन्द्रित गरिरहेको छ ।

होर्याकले रकेट र उपग्रहमा जस्तै अन्तरिक्ष स्टेशनहरू पनि व्यावसायिक आयामतर्फ अघि बढिरहेको बताउनुभयो । यस अवस्थामा राष्ट्रिय अन्तरिक्ष एजेन्सीहरूले निजी कम्पनीलाई शुल्क तिरेर आफ्ना अन्तरिक्ष यात्री पठाउनुपर्ने अवस्था आउनेछ । जेफ बेजोसको ब्लु ओरिजिन र एक्सिओम स्पेसलगायत कम्पनीहरूले पहिलो व्यावसायिक अन्तरिक्ष स्टेशन निर्माणका योजना अघि बढाइरहेका छन् ।

सुचेतका अनुसार यस्ता परियोजनाहरूको व्यापार मोडेल अझै पनि धेरै हदसम्म संस्थागत नै रहनेछ, किनकि देशहरू पृथ्वीको तल्लो कक्षामा अन्तरिक्ष यात्री पठाउन सधैँ इच्छुक रहनेछन् । उहाँका अनुसार वैज्ञानिक अनुसन्धान र अन्वेषण सम्पूर्ण मानवताको साझा उद्देश्य बनेको छ ।

मानव चन्द्रमामा पुगेपछि अन्तरिक्षमा राष्ट्रहरूको व्यवहार नियमन गर्ने सन्धिहरू यथावत् रहने कि नहुने भन्ने प्रश्न खुला नै रहेको छ । अमेरिका र चीन दुवैले चन्द्रमामा आधार निर्माण गर्ने योजना अघि सारेका छन् ।

होर्याकका लागि आइएसएसको अन्त्य भावनात्मक रूपमा निकै दुःखद क्षण हो । उहाँले आफ्ना छोराछोरीले आँगनमै उभिएर आइएसएसको उडान हेर्दै हुर्किएको अनुभव सम्झनुभयो ।

तर उहाँका अनुसार, एउटा युगको अन्त्यले अर्को युगको सुरुआत पनि जनाउँछ । मानवले अन्तरिक्ष यात्रा क्षमता, अन्तरिक्ष अन्वेषण र अन्तरिक्षको उपयोगमार्फत सामाजिक, आर्थिक, शैक्षिक तथा जीवनस्तर सुधारतर्फ अझ अघि बढ्नुपर्ने उहाँको धारणा छ ।

युरोपेली अन्तरिक्ष एजेन्सीका पूर्वप्रमुख जीन–ज्याक डोर्डेनको भनाइ उद्धृत गर्दै उहाँले भन्नुभयो, “छिटो जान चाहनुहुन्छ भने एक्लै जानुहोस् । धेरै टाढासम्म जान चाहनुहुन्छ भने सँगै जानुहोस् ।”

Previous Post

बेनी–जोमसोम सडकको म्याग्दी खण्डको सडकमा पहिरो रोकथाम योजना सुरु

Next Post

गोरखाको लाप्राकवासीले गरे ‘मकै विवाह’

metakhabar

metakhabar

सम्बन्धित खबर

काठमाडौँ–१० मा स्थानीय नेताहरूले विकासको एजेन्डा बोकी चुनावी युद्धमा होमिए: केन्द्रिय नेतालाई पछि पार्ने चुनौती
फिचर-ब्यानर

काठमाडौँ–१० मा स्थानीय नेताहरूले विकासको एजेन्डा बोकी चुनावी युद्धमा होमिए: केन्द्रिय नेतालाई पछि पार्ने चुनौती

२७ माघ २०८२,
पशुलाई रोगबाट जोगाउन पूर्णखोप अभियान सञ्चालन
समाचार

पशुलाई रोगबाट जोगाउन पूर्णखोप अभियान सञ्चालन

२७ माघ २०८२,
विश्व बजार उकालो, जापानको निक्केई ऐतिहासिक उछाल
आर्थिक

विश्व बजार उकालो, जापानको निक्केई ऐतिहासिक उछाल

२७ माघ २०८२,
लोपोन्मुख रैथाने ज्ञान जोगाउने अभियानः रामप्रसादराईमा ज्ञान महोत्सव
समाचार

लोपोन्मुख रैथाने ज्ञान जोगाउने अभियानः रामप्रसादराईमा ज्ञान महोत्सव

२७ माघ २०८२,
तीन हजार पाँच सयभन्दा बढी छात्रालाई एचपिभी खोप लगाइँदै
फिचर-ब्यानर

तीन हजार पाँच सयभन्दा बढी छात्रालाई एचपिभी खोप लगाइँदै

२७ माघ २०८२,
कञ्चनपुर-१ मा पुरानालाई नयाँ उम्मेदवारको चुनौती
फिचर-ब्यानर

कञ्चनपुर-१ मा पुरानालाई नयाँ उम्मेदवारको चुनौती

२७ माघ २०८२,
Load More
Next Post
गोरखाको लाप्राकवासीले गरे ‘मकै विवाह’

गोरखाको लाप्राकवासीले गरे ‘मकै विवाह’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In