• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आज महावीर जैनको २६२५औँ जन्मजयन्ती मनाइँदै

    आज महावीर जैनको २६२५औँ जन्मजयन्ती मनाइँदै

    आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

    यस्तो छ आजको मौसम पूर्वानुमान

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

    आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

    सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल

    राष्ट्रपतिद्वारा सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान

    सरकारद्वारा नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्नेलगायत एक सय कार्यसूची सार्वजनिक

    बिहीबार सङ्घीय संसद् बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अन्तर्राष्ट्रिय आणविक सन्धि समाप्त, नयाँ हतियार दौडको जोखिम

metakhabar by metakhabar
२३ माघ २०८२,
0
अन्तर्राष्ट्रिय आणविक सन्धि समाप्त, नयाँ हतियार दौडको जोखिम
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रुस र संयुक्त राज्य अमेरिकाबीचको अन्तिम बाँकी रहेको आणविक हतियार नियन्त्रण सन्धि ‘न्यु स्टार्ट’ बिहीबार समाप्त भएको छ । यो सन्धि समाप्तिले आधा शताब्दीभन्दा बढी समयपछि दुई ठूला आणविक शक्तिमा कुनै हतियार सीमा नहुने स्थिति सिर्जना गरेको छ ।

सन्धि समाप्त भएपछि विशेषज्ञहरूले नयाँ अनियन्त्रित आणविक हतियार दौडको खतरा बढ्ने चेतावनी दिएका छन् । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत वर्ष सन्धि सीमामा एक वर्षका लागि अडिग रहन प्रस्ताव गर्नुभएको थियो, तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विस्तारमा प्रतिवद्धता जनाउनुभएन । ट्रम्पले सम्भावित नयाँ सम्झौतामा चीनलाई समावेश गर्नुपर्ने सङ्केत दिनुभएको छ, तर बेइजिङले यसलाई अस्वीकार गरेको छ ।

पुटिनले बुधबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग सन्धि म्याद समाप्त भएको विषयमा छलफल गर्नुभएको छ, तर क्रेमलिनका सल्लाहकार युरी उसाकोभका अनुसार वासिङ्टनले प्रस्तावमा प्रतिक्रिया दिएको छैन । रुसले सुरक्षा अवस्थाको गहन विश्लेषणपछि सन्तुलित र जिम्मेवार ढङ्गले कदम चाल्ने बताएको छ । विदेश मन्त्रालयको विज्ञप्तिमा सन्धिको म्याद सकिएपछि रुस अब मुख्य प्रावधान वा कुनै दायित्वबाट बाध्य छैन र आफ्नो अर्को कदम स्वतन्त्र रूपमा तय गर्न सक्नेछ भनिएको छ ।

न्यु स्टार्ट सन्धि सन् २०१० मा तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामा र रूसी राष्ट्रपति दिमित्री मेदभेदेवले हस्ताक्षर गर्नुभएको थियो । उक्त सन्धिले प्रत्येक पक्षलाई ७०० भन्दा बढी मिसाइल र बमवर्षकमा एक हजार ५५० भन्दा बढी तयार अवस्थामा रहेका आणविक हतियारमा सीमा लगाएको थियो । यो सन्धि सन् २०२१ मा समाप्त हुने थियो, तर पाँच वर्षका लागि विस्तार गरिएको थियो । सन्धिले अनुपालन प्रमाणित गर्न साइट निरीक्षणको व्यवस्था गरेको थियो, तर सन् २०२० को कोभिड–१९ महामारीपछि ती निरीक्षण रोकिएका थिए ।

फेब्रुअरी २०२३ मा पुटिनले अमेरिकी निरीक्षण निलम्बन गर्दै युक्रेनसँगको सङ्घर्षमा वासिङ्टन र नाटोले मस्कोको हारलाई आफ्नो लक्ष्य घोषणा गरेपछि रुसले आफ्ना साइटहरू निरीक्षण गर्न अनुमति दिन नसक्ने बताउनुभएको थियो । तर क्रेमलिनले सन्धिको मुख्य प्रतिबन्धको सम्मान जारी राख्ने र पूर्ण रूपमा पछि हट्ने नभएको स्पष्ट पारेको थियो ।

सन् २०१० को सम्झौता न्यु स्टार्टले अमेरिका–रुस बीचको लामो ऐतिहासिक आणविक हतियार घटाउने शृङ्खलालाई जारी राखेको थियो, जसका अघिल्ला सम्झौताहरू सबै समाप्त भइसकेका छन् । ट्रम्पले नयाँ सम्झौतामा चीनलाई समावेश गर्ने प्रस्ताव राख्नुभएको छ, तर बेइजिङले आफ्नो बढ्दो आणविक भण्डारमा कुनै प्रतिबन्ध मान्न अस्वीकार गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानका अनुसार चीन वर्तमान चरणमा वार्तामा भाग लिन तयार छैन, तर अमेरिका र रूससँग चाँडै वार्ता पुनः सुरु गर्न आह्वान गर्दछ र दुवै पक्षले हालका सन्धि सीमाहरू पालन गर्न जारी राख्नुपर्छ ।

Previous Post

सहिद पुत्री दिवान्सीले दिनदिनै सोधिन्, ‘मम्मी, बाबा खोइ ?’

Next Post

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

metakhabar

metakhabar

सम्बन्धित खबर

आज महावीर जैनको २६२५औँ जन्मजयन्ती मनाइँदै
फिचर-ब्यानर

आज महावीर जैनको २६२५औँ जन्मजयन्ती मनाइँदै

१७ चैत्र २०८२,
आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
फिचर-ब्यानर

यस्तो छ आजको मौसम पूर्वानुमान

१७ चैत्र २०८२,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१७ चैत्र २०८२,
आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह
आवाज

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

१७ चैत्र २०८२,
सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल
आवाज

राष्ट्रपतिद्वारा सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान

१७ चैत्र २०८२,
सरकारद्वारा नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्नेलगायत एक सय कार्यसूची सार्वजनिक
आवाज

बिहीबार सङ्घीय संसद् बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय

१७ चैत्र २०८२,
Load More
Next Post
सुनको मूल्य घट्यो

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In