• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का

    ‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का

    खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

    खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

    एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

    एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

    ‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

    ‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

    गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    युरोपको कडा आप्रवासन मोड

    युरोपको कडा आप्रवासन मोड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

metakhabar by metakhabar
२२ माघ २०८२,
0
पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जानकी (बाँके), २२ माघः नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरीले प्रदान गर्ने सेवालाई अझै गुणस्तरीय, संवेदनशील र पीडितमैत्री बनाउन निर्देशन दिनुभएको छ । इलाका प्रहरी कार्यालय, कोहलपुर परिसरमा निर्माण गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको नवनिर्मित भवनको शुभारम्भ गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो ।

प्रहरी महानिरीक्षक कार्कीले प्रहरीले दिने सेवाको प्रकृतिमा पनि क्रमशः परिवर्तन हुँदै गएको उल्लेख गर्नुभयो । “अब प्रहरी कारबाहीमुखी मात्र नभई सेवा र सहयोगमुखी संस्थाका रूपमा अघि बढिरहेको छ”, उहाँले भन्नुभया,े “पीडितको मनोविज्ञान बुझेर संवेदनशीलता र मानवताका आधारमा सेवा प्रवाह गर्न यस्ता संरचनाले महत्वपूर्ण भूमिका खेल्नेछ ।”

बेलायत सरकारको सहयोगमा सञ्चालित एसजेपी कार्यक्रमअन्तर्गत युनोप्सद्वारा निर्माण गरिएको उक्त भवन महिलासहित बालबालिका तथा ज्येष्ठ नागरिक लक्षित सेवालाई थप प्रभावकारी, सुरक्षित र सहज बनाउने उद्देश्यले निर्माण गरिएको हो । सेवाग्राहीले प्राप्त गर्ने सेवाबारे स्पष्ट पार्दै उहाँले भन्नुभयो, “यस केन्द्रमार्फत सेवाग्राहीले परामर्श, उजुरी दर्ता, अस्थायी आश्रय तथा आवश्यक कानुनी प्रक्रियासम्बन्धी सेवा एउटै स्थानबाट प्राप्त गर्न सक्नेछन्, प्रहरीले पीडितको गोपनीयता, सम्मान र सुरक्षालाई उच्च प्राथमिकतामा राखेर सेवा दिनेछ ।”

उद्घाटन समारोहमा युनोप्सका अपरेसन को–अर्डिनेटर इन्द्र न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको थियो भने युनोप्सका इन्फ्रास्ट्रक्चर म्यानेजर शिशिर उपाध्यायले भवन निर्माणसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा युनोप्स नेपालका कन्ट्री म्यानेजर कोमल कार्की र बाँकेका प्रमुख जिल्ला अधिकारी विपीनकुमार तामाङले पनि मन्तव्य राख्नुभएको थियो ।

करिब २८७।२५ वर्ग मिटर क्षेत्रफलमा फैलिएको उक्त भवनको निर्माण लागत रु दुई करोड १४ लाख ७३ हजार १०७.६१ रहेको छ । भवन निर्माणसम्बन्धी सम्झौता २०८१ साउन १० गते सम्पन्न भएको हो भने निर्माण कार्य रोयल कन्स्ट्रक्सन, धनगढी (कैलाली) ले सम्पन्न गरेको हो ।

भवनको भुइँ तल्लामा कार्यालय प्रमुख कक्ष, परामर्श कक्ष, पीडित आश्रय कक्ष, सोधपुछ तथा स्वागत कक्ष, बालबालिका कक्ष, बैठक कक्ष र प्रशासन अभियोजन कक्ष रहेका छन् । पहिलो तल्लामा प्रमुख आवास, भान्सा तथा भोजन कक्ष, दुईवटा प्रहरी ब्यारेक र दुईवटा शौचालयको व्यवस्था गरिएको छ । भवन निर्माण कार्यमा योगदान पु¥याउने व्यक्तित्वलाई समारोहमा प्रमुख अतिथिद्वारा प्रशंसा पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले धन्यवाद ज्ञापन गर्नुभएको थियो । नवनिर्मित सेवा केन्द्र सञ्चालनमा आएसँगै कोहलपुर क्षेत्रका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको न्यायिक पहुँच र सेवा प्रवाहमा थप सहजता पुग्ने विश्वास व्यक्त गरिएको छ ।

Previous Post

हिउँले ढाकिएको छाङ्रूमा पहरा गर्दै सशस्त्र

Next Post

लुम्बिनीमा तेस्रो अन्तरराष्ट्रिय बौद्ध सम्मेलन आयोजना हुने

metakhabar

metakhabar

सम्बन्धित खबर

‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का
मनोरञ्जन

‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का

१६ चैत्र २०८२,
खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो
फिचर-ब्यानर

खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

१६ चैत्र २०८२,
एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार
आवाज

एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

१६ चैत्र २०८२,
‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा
फिचर-ब्यानर

‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

१६ चैत्र २०८२,
गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै
आर्थिक

गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

१६ चैत्र २०८२,
युरोपको कडा आप्रवासन मोड
अन्तर्राष्ट्रिय

युरोपको कडा आप्रवासन मोड

१६ चैत्र २०८२,
Load More
Next Post
लुम्बिनी क्षेत्र वरिपरिको उद्योग दुई वर्षभित्र हटाउन सर्वोच्चको आदेश

लुम्बिनीमा तेस्रो अन्तरराष्ट्रिय बौद्ध सम्मेलन आयोजना हुने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In