• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, February 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

    म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

    राजनैतिक संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक

    अफगानिस्तानमा विश्व बैङ्कद्वारा वित्त पोषित पानी आपूर्ति नेटवर्कको निर्माण सुरु

    अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

    अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

    नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

    नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

    रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

    रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

    मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

    मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कास्की निर्वाचन क्षेत्र नं ३ः कृषि, पर्यटनसँगै पूर्वाधार विकास प्रमुख चुनावी मुद्दा

metakhabar by metakhabar
२१ माघ २०८२,
0
कास्की निर्वाचन क्षेत्र नं ३ः कृषि, पर्यटनसँगै पूर्वाधार विकास प्रमुख चुनावी मुद्दा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गण्डकी । कास्कीका निर्वाचन क्षेत्र ३ ले जिल्लाका तीनवटा पालिकालाई समेटेको छ । अन्नपूर्ण गाउँपालिका र माछापुच्छ्रे गाउँपालिकाको पूरै भागसँगै पोखरा महानगरपालिकाका–११ वटा वडा यस निर्वाचन क्षेत्रमा समेटिएका छन् ।

पर्वतीय पर्यटनमा विश्वव्यापी चासो र चर्चा कमाएको अन्नपूर्ण आधार शिविरदेखि पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइड यसै क्षेत्रमा पर्दछ । यस क्षेत्रमा पर्ने पोखरा महानगर क्षेत्र अन्तर्गत वडा नं १, २, ३, ५ र ६ पोखराका मुख्य बजार क्षेत्रमा पर्दछन् । त्यस्तै महानगरका वडा नं १८ सराङकोट, वडा नं १९ लामाचौर, पुरनचौर, वडा नं २२ पुम्दी, वडा नं २३ चापाकोट, भदौरेका केही भाग, वडा नं २४ को कास्कीकोट र वडा नं २५ को हेमजा यहाँका ग्रामीण क्षेत्रमा पर्दछन् ।

बजार क्षेत्रमा रहेका मतदाताले व्यवस्थित सुविधा सम्पन्न सहरका रूपमा विकास हुनुपर्ने विषयलाई यस निर्वाचनका उम्मेदवारसँग प्रतिबद्धता खोज्दै छन् । त्यस्तै ग्रामीण क्षेत्रमा रहेका मतदाताले कर महानगरको तिरे त्यस अनुसारको सेवा सुविधा पाउन नसकेको विषयलाई चुनावी मुद्दा बनाउने बताएका छन् । ग्रामीण क्षेत्रमा बढ्दो बाँदरको समस्याले बस्ती नै छोडेर हिँड्नुपर्ने जस्ता विषयको दीर्घकालीन समाधानतर्फ प्रतिबद्धता खोज्ने तयारीमा मतदाता छन् । आलु गाउँका रूपमा पहिचान बनाएको यस निर्वाचन क्षेत्रको हेमजालगायत स्थानमा कृषिको व्यवस्थित विकास गर्न सकिन्छ ।

यस क्षेत्रका अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिका धेरैजसो वडा अझै पनि सडक बाटोघाटोलगायतका पूर्वाधारको पर्खाइमा छन् भने महानगरका वडाहरू मध्ये वडा नं २२ पुम्दी, २३ चाँपाकोट र २४ कास्कीकोटका केही भागहरू अझै धेरै किसिमको विकासको पर्खाइमा रहेका छन् ।

यहाँका स्थानीयहरू आसन्न निर्वाचनमा पूर्वाधार विकाससँगै शिक्षा, स्वास्थ्य र पर्यटनसहित जनजीविकाका सवाललाई उम्मेदवारहरूसँग प्रतिबद्धता खोज्ने बताउँछन् । यहाँका अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिका पूर्णरुपमा नै पर्वतीय पर्यटनका प्रचुर सम्भावना बोकेका क्षेत्र भएको स्थानीय मतदाता एवं पत्रकार टङ्कप्रसाद अधिकारी बताउँछन् । यस क्षेत्रमा पर्यटनमैत्री पूर्वाधारहरू विकासमा जोड दिइनुपर्ने उनले बताए ।

अन्नपूर्ण गाउँपालिकाको घान्द्रुक, छोमरोङ हुँदै माछापुच्छ्रे आधार शिविर, अन्नपूर्ण आधार शिविर (एबिसी) पर्वतीय एवं हिमाली पर्यटनका आकर्षक गन्तव्य हुन् । त्यस्तै माछापुच्छ्रे गाउँपालिकाको मर्दी पदमार्ग जस्ता पदमार्ग पदयात्रा पर्यटनको विशिष्ट गन्तव्यका रूपमा रहेको अधिकारीले बताए । प्राकृतिक रूपमा आकर्षक रहेर भौगोलिक विकटतासँगै जलवायु परिवर्तनको बढ्दो असरका कारण प्राकृतिकजन्य प्रकोपले यी क्षेत्रमा बर्सेनि चुनौती थपिँदै गएको छोम्रोङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरुङ बताउँछन् ।

समय समयमा आउने हिमपात, हिमआँधी, हिमपहिरोको चुनौतीलाई समाधान गर्नु जरुरी रहेको बताउँदै उनले यस क्षेत्रमा लागि यो चुनौतीको समाना गर्नु वर्तमानको आवश्यकता भएको बताए । विश्वमा नै १० उत्कृष्टमध्येको अन्नपूर्ण आधार शिविरको पदमार्ग अझै पूर्णरुपमा सबैखाले पर्यटकका लागि पहुँचयुक्त बन्न नसकेको उनको भनाइ छ ।

पदमार्गमा पर्ने हिंकु खोला र मोदी नदीमा स्थायी पुल आवश्यक रहेको बताउँदै सचिव गुरुङले आसन्न निर्वाचनका उम्मेदवारसँग यी विषयमा प्रतिबद्धता खोजिने बताए । “यस क्षेत्रमा सञ्चारको ठुलै समस्या छ”, उनले भने, “सहज सञ्चारको पहुँचसँगै विद्युतीकरण यहाँको अर्को गम्भीर समस्या हो ।” पदमार्ग क्षेत्रको छोम्रोङमाथि अन्नपूर्ण आधार शिविरसम्म नै विद्युत्को राष्ट्रिय लाइन जोडिन नसकेको कारण यस क्षेत्रमा विद्युतीकरण अपरिहार्य आवश्यकता भएको उनको भनाइ छ । अन्नपूर्ण आधार शिवर क्षेत्र जाने मार्गमा रहेको धार्मिक महत्वको पूजनीयम् बराह, लुम्लेस्थित कान्छी बराह, फेवा तालस्थित ताल बाराहीलगायत तीर्थस्थलहरू यस क्षेत्रका धार्मिक पर्यटनका गन्तव्य हुन् ।

अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकाको पर्यटकीय विकाससँगै पोखराको मुख्य पर्यटकीय गन्तव्य लेकसाइड र फेवातालको प्राकृतिक सुन्दरता बचाउनु र संरक्षण गर्नु यस क्षेत्रका चुनौतीहरू रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी बताउँछन् । राज्यबाट स्थानीयवासीलाई उचित मुआब्जा एवं क्षतिपूर्तिविना नै फेवा तालको मापदण्ड कार्यान्वयन गर्न खोजिनुले यहाँका स्थानीयवासी समस्यामा परेको बताउँदै उनले आसन्न निर्वाचनमा मत माग्न आउने उम्मेदवारसँग यी विषयमा स्थानीयले प्रतिबद्धता खोज्ने बताए ।

“यसअघि फुट ट्रेक बनाउने नाममा फेवा किनाराका कतिपय व्यक्तिको जग्गा तालभित्र पारिएको छ”, उनले भने, “फेवा मापदण्डको कार्यान्वयनका लागि स्थानीयवासीलाई उचित प्रमाणसहित राज्यले विश्वस्त पार्दै उचित मुआब्जा एवं क्षतिपूर्ति प्रदान गर्नुपर्छ ।”

लेकसाइड क्षेत्रका कोमागाने पार्क, बसुन्धरा पार्क, नेपाल ट्रस्टको खाली जग्गा र पर्यटन मन्त्रालयको जग्गालाई व्यवस्थित पार्किङसहित उपयोग गरिनु आवश्यक रहेको उनले बताए । लेकसाइडमा बाहिरबाट आउने सवारीसाधनलाई यथेष्ट पार्किङ गर्नका लागि व्यवस्थित रूपमा पार्किङको व्यवस्था गरिनु आवश्यक भएको बताउँदै उनले अव्यवस्थित पार्किङले यस क्षेत्रमा ठुलै समस्या उत्पन्न गरिरहेको बताए ।

यस निर्वाचन क्षेत्रमा समृद्धिको महत्त्वपूर्ण आधार नै पर्यटन भएको उल्लेख गर्दै उनले दिगो एवम् व्यवस्थित पर्यटनको विकाससँगै पर्यटनमैत्री राज्यको नीति बन्नुपर्ने लगायतका विषयलाई चुनावी मुद्दाका रूपमा अघि बढाइने बताए । आसन्न निर्वाचनमा यस क्षेत्रमा १५ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी गराए । यस क्षेत्रमा नेपाली काँग्रेसबाट मनोज गुरुङ, नेकपा (एमाले) बाट दामोदर पौडेल बैरागी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विना गुरुङ, नेकपाबाट गोपाल गिरीलगायत उम्मेदवारी परेको छ । यस क्षेत्रमा एक लाख सात हजार ५६० जना मतदाता छन् ।

Previous Post

मतदाताको गुनासो– आश्वासन धेरै पायौँ, अब विकास चाइयो

Next Post

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

metakhabar

metakhabar

सम्बन्धित खबर

म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती
मनोरञ्जन

म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

२८ माघ २०८२,
राजनैतिक संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक
फिचर-ब्यानर

अफगानिस्तानमा विश्व बैङ्कद्वारा वित्त पोषित पानी आपूर्ति नेटवर्कको निर्माण सुरु

२८ माघ २०८२,
अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता
अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

२८ माघ २०८२,
नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड
फिचर-ब्यानर

नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

२८ माघ २०८२,
रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे
फिचर-ब्यानर

रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

२८ माघ २०८२,
मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता
फिचर-ब्यानर

मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

२८ माघ २०८२,
Load More
Next Post
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In