• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

    सुनको मूल्य घट्यो

    सुनचाँदीकोे मूल्य आज पनि घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

एकमहिने माधवनारायण मेला सम्पन्न

metakhabar by metakhabar
१८ माघ २०८२,
0
एकमहिने माधवनारायण मेला सम्पन्न
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भक्तपुर, १८ माघः हनुमानघाटस्थित त्रिवेणीधाममा आजदेखि एकमहिने कठिन माधवनारायण मेला एवं व्रत सम्पन्न भएको छ । नेपाल संवत्को आठौँ शताब्दीबाट प्रारम्भ भई हरेक वर्षको पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने एकमहिने माधवनारायण व्रत एवं मेला आज सम्पन्न भएको हो ।

मेलामा महिला तथा परुष व्रतालुले त्रिवेणी धाममा स्नान गरी, सूर्यलाई अघ्र्य दिएर माधवनारायणको पूजा गरेपछि व्रत सुरु भएकामा आज हनुमानघाटस्थित त्रिवेणीधाममा व्रतालुले स्नान गरी सूर्यलाई जलार्पण गरी माधवनारायणको पूजा एवं होमयज्ञादी गरी मेला सम्पन्न भएको पुजारी सरोजन शर्माले बताउनुभयो ।

साँखुको शालिनदीमा भन्दा पहिलादेखि यो मेला एवं व्रत सुरु भएको शिलालेख एवं ग्रन्थमा उल्लेख भएको भन्दै उहाँले तत्कालन राजा रणजित मल्ल आफँै उपस्थित भएर व्रत प्रारम्भ गराएको शिलालेखमा रहेको जानकारी दिनुभयो । माधवनारायणको व्रत बस्ने व्यक्तिले त्रिवेणी कुण्डमा दैनिक नित्य पूजा तथा माधवनारायण एवं श्रीस्वस्थानीको कथा वाचन गर्ने गरेका थिए ।

नेसं ७२२ मा रणजीत मल्ल आफैँले व्रतको व्यवस्थापन गरिएका शिलालेखमा उल्लेख गरिएको बताउँदै उहाँले यहाँस्थित त्रिवेणीघाटमा डुबेर एकचित्त भएर जे माग्यो त्यो पूरा हुने जनविश्वास रहेकाले यहाँ व्रत बस्ने र स्नान गर्ने आउने गरेको जानकारी दिनुभयो ।

व्रतालुले खाली खुट्टा पैदल नै तिल माधवबाट तलेजु भवानीसम्म, सप्तमीमा पनौती गएर त्रिवेणीमा बसेर स्नान गरी इन्द्रेश्वर महादेवको दर्शन गरी अष्टमीमा फर्कने, दशमीमा पशुपति गएर स्नान गरी जल चढाएर जयवागेश्वरी ताम्रेश्वर महादेवसम्म कलश यात्रा गरेको, द्वादशीमा चाँगुनारायण शङ्खदहमा स्नान गरी कलश लिएर चाँगुनारायणको दर्शन गरेको र माघ शुक्ल पूर्णिमाका दिन नगर परिक्रमा गरेर भूपतिन्द्र मल्लको मूर्तिमा इन्द्रकलश चढाएर एकमहिने व्रत समापन गरिएको व्रतालु विनोदकुमार प्रजापतिले जानकारी दिनुभयो ।

व्रतालु त्रिवेणीघाटमा महिना दिनसम्म बसेर व्रत पूरा गर्ने र कतिपय व्रतालु भने हरेक दिन बिहान त्रिवेणीघाटमा आएर नुहाउने तथा विभिन्न स्थानको कलश यात्रामा सहभागी जनाउने परम्परा रहेको पुजारी मनोज शर्माले जानकारी दिनुभयो । त्रिवणी धाममा एक महिनासम्म गणेश, कुमार, पूmल ल्याउने माली र पाँच जना गुरु पुरोहितले व्रत एवं पूजाको व्यवस्थापन गरिएको उहाँले जानकारी दिनुभयो ।

त्रिवेणीधाममा महिलाका लागि मात्रै व्रत बस्ने व्यवस्था गरेको छ । महिला पुरुष गरी यस वर्ष ३५ जनाले माधवनारायणको व्रत बसेको माधवनारायण व्रत समितिले जानकारी दिएको छ । आज भने २०० भन्दा बढी महिलाले त्रिवेणीधाममा आएर स्नान गरी व्रत समापन गरेका छन् ।
हनुमन्ते खोलामा पानीको सट्टा ढल बगेकाले यहाँ व्रत बस्नेको सङ्ख्या निकै घटेको भन्दै भक्तपुर नगरपालिकाले ढललाई हनुमन्ते खोलाबाट नबगाई व्यवस्थापन गरे व्रतालु बढ्ने व्रतालुहरुको भनाइ छ ।

भक्तपुर नगरपालिकाभित्रका सबै ढल मिसिएर दुर्गन्धित बनेको हनुमानघाटको उक्त हनुमन्ते खोलामा मेला सञ्चालनका लागि नगरपालिकाले हनुमानघाटस्थित त्रिवेणीधाम खोलामा डोजर लगाएर स्नान गर्न खाल्डो बनाइएको र त्यही खाल्डोमा राति बग्ने पानी तथा इनारको पानी राखी स्नानका लागि व्यवस्था गरिएको थियो ।

Previous Post

चलचित्र पत्रकार सिटौलाको निधन

Next Post

नेप्से परिसूचक १९ अङ्कले घट्यो

metakhabar

metakhabar

सम्बन्धित खबर

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा
आर्थिक

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

५ चैत्र २०८२,
मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु
आर्थिक

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

५ चैत्र २०८२,
म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण
आर्थिक

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

५ चैत्र २०८२,
बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र
आर्थिक

बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

५ चैत्र २०८२,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आर्थिक

चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

५ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीकोे मूल्य आज पनि घट्यो

५ चैत्र २०८२,
Load More
Next Post
तपाईँको इमेल आइडी त लिक भएन ? यसरी थाहा पाउनुहोस्

नेप्से परिसूचक १९ अङ्कले घट्यो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In