• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    स्वर्ग जस्तै अनूभूति गराउने हेभन डाँडा

    वैज्ञानिक वन कार्यविधि खारेज भएपछि नीतिगत अन्यौलमा सुदूरपश्चिमका वन

    कुवेतमा अवरोध, नेपाली यात्रु उद्धारमा वैकल्पिक मार्ग-साउदी हुँदै गन्तव्यतर्फ प्रस्थान

    कुवेतमा अवरोध, नेपाली यात्रु उद्धारमा वैकल्पिक मार्ग-साउदी हुँदै गन्तव्यतर्फ प्रस्थान

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

    कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न कांग्रेसको माग

    कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न कांग्रेसको माग

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशिष्ट कक्ष प्रयोगमा कडाइ

    नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सुदूरपश्चिम प्रदेश : चुनावी सरगर्मी बढ्दै

metakhabar by metakhabar
१७ माघ २०८२,
0
सुदूरपश्चिम प्रदेश : चुनावी सरगर्मी बढ्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कैलाली। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सुदूरपश्चि प्रदेशमा चुनावी सरगर्मी बढेको छ। राजनैतिक दलका र स्वतन्त्र उम्मेदवारले आन्तरिक बैठक तथा भेला गरेर चुनावी रणनीतिसहित प्रचारप्रसार थालेसँगै चुनावी चहलपहल बढेको हो।

नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टीलगायत ठूला दलका प्रत्यासी पार्टीको पुरानो बिरासत जोगाउन रणनीति बनाएर प्रचारप्रसारमा होमिएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टीलगायत दलका प्रत्यासी र स्वतन्त्र प्रत्यासीहरूले चुनाव केन्द्रित गतिविधिमा सक्रियता बढाएका छन्।

धेरै प्रत्यासीले सामाजिक सञ्जालको प्रयोग गरेर मतदातालाई रिझाउने आसयका सामग्रीको प्रयोग बढाएको देखिन्छ। कतिपय दलका उम्मेदवारले घरदैलो अभियान सुरु गरिसकेका छन्।

निर्वाचन प्रचारप्रसारमा होमिएका कतिपय उम्मेदवारले सामाजिक सञ्जालमार्फत जथाभावी प्रचारप्रसार सामग्रीको प्रयोग बढाउँदा मतदातामा अन्योल देखिएको स्थानीयको भनाइ छ।

स्थानीय चेतराज ओझाले भने, “सामाजिक सञ्जालको जथाभावी प्रयोग गर्ने प्रवृत्ति बढ्दा मतदातामा सही सूचना प्रवाह भइरहेको छैन, यस्तो प्रवृत्तिलाई नियमन गर्न जरुरी छ, अनि मात्र स्वच्छ, निष्पक्ष निर्वाचन हुन्छ।”

जेनजीको आन्दोलनपछिको राजनीतिक परिवेशमा हुन लागेको निर्वाचनको प्रचारप्रसार शैली भने फेरिएको छ। उम्मेदवारहरूले सूचना प्रविधिका विभिन्न माध्यमलाई मुख्य प्रचार सामग्री बनाएका छन्।

पूरै कार्यकाल पूरा नगरी बीचमै हुन लागेको यो निर्वाचनलाई लिएर कतिपय मतदाता निराश देखिन्छन्। धनगढीका मतदाता भोजराज पाण्डेयले भने, “अस्थिरता देखिनुमा दलहरू बढी जिम्मेवार देखिन्छन्, यसले गर्दा जनतमा निराशा छ, तर पनि निर्वाचनलाई सम्पन्न गरेर अस्थिरता टार्न दलहरूनै बढी जिम्मेवार हुनुपर्छ।”

सुदूरपश्चिम प्रदेशमा डडेलधुरा, कैलाली निर्वाचन क्षेत्र ४ र ५, अछाम क्षेत्र–१ कञ्चनपुर २ र ३ लाई बढी चासोका साथ हेरिएको छ। नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विसं २०४८ देखि २०७९ सम्म भएका निर्वाचनमा विजयी हुँदै आएको डडेल्लधुरा क्षेत्र सर्वाधिक चासोको केन्द्र बनेको छ।

यो निर्वाचनमा देउवा चुनावी प्रतिस्पर्धी हुनुहुन्न। देउवा प्रत्यासी नहुँदा कांग्रेसको विरासत जोगाउन चुनौती थपिएको छ। यहाँ कांग्रेसले युवा नेता एवं नेविसङ्घका पूर्वकेन्द्रीय अध्यक्ष नैनसिंह महरलाई चुनावी मैदानमा उतारेको छ।

सो क्षेत्रमा रास्वपाका डा. तारा जोशी, नेकपा (एमाले) का चक्रप्रसाद स्नेही, नेपाली कम्युनिष्ट पार्टीका मानसिंह माल, राप्रपाका गोविन्द खडायत, राष्ट्रिय जनमोर्चाका चन्द्रदेव विक, आम जनता पार्टीका खडकबहादुर ठकुराठी, श्रम संस्कृति पार्टीका महेन्द्र पुनमगरलगायत १३ जना प्रतिस्पर्धी छन्।

निवर्तमान गृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखक विजयी हुँदै आएको कञ्चनपुर–३ मा आउने चुनावमा कांग्रेसले पूर्वपार्टी सभापति हरि बोहरालाई प्रत्यासी बनाएको छ।

लेखक प्रत्यासी नहुँदा सो क्षेत्रमा मतदातामा चासो बढेको हो। सो क्षेत्रमा नेकपा (एमाले) का दीपकप्रकाश भट्ट, नेपाली कम्युनिष्ट पार्टीका मानबहादुर सुनार, रास्वपाका ज्ञानेन्द्रसिंह महतासहित १७ जना प्रत्यासी छन्।

कञ्चनपुर–२ मा नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री एनपी साउद प्रत्यासी हुनुहुन्छ। तीन वर्षअघिको चुनावमा विजयी हुनुभएका साउदसँग नेकपा (एमाले) का युवा नेता बचनबहादुर सिंह, नेपाली कम्युनिष्ट पार्टीका माधवप्रसाद पन्त, रास्वपाका दीपकराज बोहरा, राप्रपाका तीर्थराज चटौतसहित १९ जनाले प्रतिस्पर्धा गर्दै छन्। कैलाली क्षेत्र–४ मा नेकपा (एमाले) का उपमहासचिव एवं पूर्वमन्त्री लेखराज भट्ट प्रत्यासी हुँदा चासो देखिएको हो।

अघिल्लो निर्वाचनमा कांग्रेसका प्रदेश सभापति वीरबहादुर बलाएर विजयी भएको यो क्षेत्रमा आउने चुनावमा उहाँ प्रत्यासी हुनुहुन्न। कांग्रेसले आनन्द विष्टलाई प्रत्यासी बनाएको छ। यो क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीले हरिराम चौधरी, रास्वपाले खेमराज कोइराला, राप्रपाले कमल रजवार, राष्ट्रिय जनमोर्चाका हेमराज भट्टलगायत १६ प्रतिस्पर्धी छन्।

अछाम–१ मा नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावल प्रत्यासी छन्। उनीसँग नेपाली कांग्रेसका भरतकुमार स्वाँर, नेकपा (एमाले) का दीपकबहादुर साउद, रास्वपाका ओमप्रकाश रावललगायत उम्मेदवार प्रतिस्पर्धामा रहनुभएको छ। सो क्षेत्रमा यसअघिको निर्वाचनमा तत्कालीन नेकपा (एकीकृत समाजवादी) का शेरबहादुर कुवँर विजयी भएका थिए।

प्रदेशको राजधानी सहर धनगढी (कैलाली निर्वाचन क्षेत्र–५) मा अघिल्लो निर्वाचनमा विजयी कांग्रेसका डिल्लीराज पन्त अहिले प्रतिस्पर्धी हुनुहुन्न। कांग्रेसले यो क्षेत्रमा युवा नेता एवं प्रदेशका महामन्त्री नरनारायण शाहलाई प्रत्यासी बनाएको छ।

नेकपा एमाले) का जिल्ला अध्यक्ष यज्ञराज ढुङ्गाना, नेपाली कम्युनिष्ट पार्टीका प्रेमबहादुर आले, रास्वपाका आनन्दबहादुर चन्द, उज्यालो नेपाल पार्टीका चन्द्र साउदसहित १५ जना प्रतिस्पर्धामा छन्। पूर्वमन्त्रीसमेत रहनुभएका आले यसअघिको निर्वाचनमा डोटीबाट तत्कालीन नेकपा (एकीकृत समाजवादी) का तर्फबाट विजयी भएका थिए।

कैलाली क्षेत्र–५ (धनगढी) सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका र प्रमुख व्यापारिक केन्द्र भएकाले यो क्षेत्रको चुनावप्रति बढी चासो बढेको हो। प्रतिनिधिसभातर्फ १६ निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिम प्रदेशमा राजनीतिक दलका र स्वतन्त्र गरी २०६ जना चुनावी प्रतिस्पर्धामा छन्।

Previous Post

बालेन शाहको घरमा लुटपाट, ‘प्रोफेसनल’ शैलीमा चोरी

Next Post

काठमाडौं छाडेर जाँदा आँसु लुकाउन सकिन : सभापति थापा

metakhabar

metakhabar

सम्बन्धित खबर

स्वर्ग जस्तै अनूभूति गराउने हेभन डाँडा
समाचार

वैज्ञानिक वन कार्यविधि खारेज भएपछि नीतिगत अन्यौलमा सुदूरपश्चिमका वन

९ चैत्र २०८२,
कुवेतमा अवरोध, नेपाली यात्रु उद्धारमा वैकल्पिक मार्ग-साउदी हुँदै गन्तव्यतर्फ प्रस्थान
समाचार

कुवेतमा अवरोध, नेपाली यात्रु उद्धारमा वैकल्पिक मार्ग-साउदी हुँदै गन्तव्यतर्फ प्रस्थान

९ चैत्र २०८२,
मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा
समाचार

पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

९ चैत्र २०८२,
कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न कांग्रेसको माग
समाचार

कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न कांग्रेसको माग

९ चैत्र २०८२,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

९ चैत्र २०८२,
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशिष्ट कक्ष प्रयोगमा कडाइ
समाचार

नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

९ चैत्र २०८२,
Load More
Next Post
काठमाडौं छाडेर जाँदा आँसु लुकाउन सकिन : सभापति थापा

काठमाडौं छाडेर जाँदा आँसु लुकाउन सकिन : सभापति थापा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In