• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

    किसान चैतेधान रोप्नमा व्यस्त

    सारङ्गीको धुनमा गुजारा

    सारङ्गीको धुनमा गुजारा

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

फेड अध्यक्षको नाम शुक्रबार घोषणा हुने

metakhabar by metakhabar
१६ माघ २०८२,
0
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार बिहान फेडरल रिजर्भका अध्यक्षका लागि आफ्नो उम्मेद्वारको घोषणा गर्ने बताउनुभएको छ । लामो समयदेखि प्रतीक्षा गरिएको यो निर्णयले अमेरिकी केन्द्रीय बैंकले ह्वाइट हाउस र चुनावी राजनीतिबाट कति स्वतन्त्र रहन सक्छ भन्ने कुरा स्पष्ट पार्ने अपेक्षा गरिएको छ ।

गत वर्षभरि राष्ट्रपति ट्रम्पले वर्तमान फेड अध्यक्ष जेरोम पावेलको आलोचना गर्दै आउनुभएको थियो । पावेलको कार्यकाल मे महिनामा समाप्त हुँदैछ । ट्रम्पले द्रुत आर्थिक वृद्धिका लागि ब्याज दरहरू अझ तीव्र रूपमा घटाउनुपर्ने धारणा राख्नुभएको छ, तर पावेलले ट्रम्प प्रशासनका कर नीतिका कारण बढ्न सक्ने मुद्रास्फीतिलाई ध्यानमा राख्दै सावधानीपूर्ण दृष्टिकोण अपनाउनुभएको छ ।

बिहीबार राति आफ्नी पत्नीबारे बनेको वृत्तचित्रको प्रदर्शनमा जाँदै गर्दा ट्रम्पले आफूले शुक्रबार बिहान फेड अध्यक्षको घोषणा गर्ने जानकारी दिनुभएको थियो । उहाँले छनोट हुने व्यक्ति आर्थिक क्षेत्रमा व्यापक सम्मान पाएको र सबैले चिनेको व्यक्तित्व हुने विश्वास व्यक्त गर्नुभएको छ ।

ट्रम्पले उम्मेदवारबारे धेरै खुलासा नगर्नुभएको भए पनि खोज प्रक्रियाको नेतृत्व अर्थमन्त्री स्कट बेसेन्टले गर्नुभएको बताइएको छ । अन्तिम चरणमा केभिन वार्श, क्रिस्टोफर वालर, रिक रिडर र केभिन ह्यासेटको नाम चर्चामा रहेको छ । ट्रम्पले हालै दिएको अभिव्यक्तिले वार्शतर्फ झुकाव देखिएको अड्कल गरिएको छ ।

यसैबीच, फेडको मुख्यालय नवीकरण लागतलाई लिएर ट्रम्प र केन्द्रीय बैंकबीच तनाव बढ्दै गएको छ । सोही सन्दर्भमा फेडले न्याय विभागबाट कानुनी सूचना प्राप्त गरेको थियो । पावेलले भिडियो सन्देशमार्फत ब्याज दर निर्धारण राजनीतिक दबाबभन्दा जनताको हितका आधारमा गरिएको स्पष्ट पार्नुभएको थियो ।

ट्रम्पले आफ्नो मनोनीतले ब्याज दर घटाउने अपेक्षा व्यक्त गर्दै आउनुभएको छ, जसले अर्थतन्त्र, मुद्रास्फीति र रोजगारीमा प्रत्यक्ष प्रभाव पार्नेछ । पावेल अध्यक्ष पदबाट हटे पनि फेडको बोर्ड अफ गभर्नरमा सन् २०२८ सम्म रहन सक्ने भएकाले ट्रम्पको बोर्डमा पूर्ण नियन्त्रण कायम गर्ने योजनामा केही प्रक्रियागत चुनौती आउन सक्ने विश्लेषकहरूको भनाइ छ ।

पावेलले हाल बोर्ड छोड्ने वा नछोड्नेबारे निर्णय सार्वजनिक नगरे पनि उत्तराधिकारीलाई राजनीतिक प्रभावबाट टाढा रही काङ्ग्रेसमार्फत जवाफदेही रहने सन्तुलन कायम गर्नुपर्ने सुझाव दिनुभएको छ ।

Previous Post

जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि

Next Post

‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’

metakhabar

metakhabar

सम्बन्धित खबर

झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै
आवाज

किसान चैतेधान रोप्नमा व्यस्त

१५ चैत्र २०८२,
सारङ्गीको धुनमा गुजारा
आर्थिक

सारङ्गीको धुनमा गुजारा

१५ चैत्र २०८२,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

१५ चैत्र २०८२,
इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए
अन्तर्राष्ट्रिय

इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

१५ चैत्र २०८२,
सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा
आर्थिक

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

१५ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

१५ चैत्र २०८२,
Load More
Next Post
‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’

‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In