• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, February 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

    म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

    राजनैतिक संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक

    अफगानिस्तानमा विश्व बैङ्कद्वारा वित्त पोषित पानी आपूर्ति नेटवर्कको निर्माण सुरु

    अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

    अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

    नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

    नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

    रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

    रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

    मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

    मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

युक्रेन युद्धमा बङ्गलादेशी कामदारको पीडा

metakhabar by metakhabar
१३ माघ २०८२,
0
युक्रेन युद्धमा बङ्गलादेशी कामदारको पीडा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, १३ माघः युक्रेन युद्धमा बङ्गलादेशी कामदारहरूलाई नागरिक कामको झुटो आश्वासन दिएर रुस लगिएको र पछि लडाइँमा जबर्जस्ती धकेलिएको एसोसिएटेड प्रेस (एपी) को अनुसन्धानले खुलासा गरेको छ । एपीले रुसबाट भाग्न सफल तीन जना बङ्गलादेशी पुरुष तथा अझै बेपत्ता रहेका अन्य तीन जनाका परिवारसँग गरेको अन्तर्वार्ताका आधारमा श्रम भर्तीकर्ताहरूले गरेको सङ्गठित छलकपटको विस्तृत तस्बिर प्रस्तुत गरेको हो ।

एपीका अनुसार मकसुदुर रहमान, मोहन मियाजी र जहाँगीर आलमले आफूहरूलाई खाना पकाउने, सरसफाइ गर्ने र लुगा धुनेजस्ता नागरिक कामको वाचा गरेर रुस लगिएको तर त्यहाँ पुगेपछि अनजानमै सैन्य सेवाको सम्झौतामा हस्ताक्षर गराइएको बताएका छन् । पछि उनीहरूलाई युक्रेन युद्धको अग्रपङ्क्तिमा आपूर्ति ढुवानी, घाइतेहरू उद्धार र शव सङ्कलनजस्ता अत्यन्त जोखिमपूर्ण काममा बाध्य पारिएको थियो ।

एपीले पठाएका प्रश्नहरूको औपचारिक जवाफ रुसी रक्षा मन्त्रालय तथा बङ्गलादेश सरकार दुवैै तर्फबाट आएको छैन । तर एपीले प्राप्त गरेका भिसा, सैन्य सम्झौता र सेनासम्बन्धी कागजातहरूले यी कथनहरूलाई पुष्टि गरेका छन् ।

एपीको अनुसन्धानअनुसार बङ्गलादेशका गरिब समुदायमा सक्रिय श्रम एजेन्टहरूले सन् २०२४ को अन्त्यतिर पुरुषहरूलाई आकर्षक तलब र भविष्यमा रुसमा बसोबासको अवसरको आशा देखाउँदै प्रलोभनमा पारेका थिए । धेरैले एजेन्टलाई तिर्नुपर्ने शुल्क जुटाउन ऋण लिनु पर्‍यो वा सम्पत्ति बेच्नुपर्‍यो । उनीहरूले सजिलै कमाइ फिर्ता हुने विश्वास गरेका थिए ।

हाल युक्रेन युद्धमा कति बङ्गलादेशी लडिरहेका छन् भन्ने स्पष्ट तथ्याङ्क छैन । तर फर्केका ती तीन जनाले यो सङ्ख्या सयौँमा हुनसक्ने अनुमान गरेका छन् । एक बङ्गलादेशी प्रहरी अनुसन्धानकर्ताका अनुसार युद्धमा करिब ४० जना बङ्गलादेशीको ज्यान गएको हुनसक्ने आशङ्का छ ।

रुस पुगेपछि धेरैलाई उनीहरूले नबुझेको रुसी भाषामा लेखिएका सैन्य सम्झौतामा हस्ताक्षर गर्न बाध्य पारिएको थियो । सुरुमा यो सामान्य प्रक्रिया हो भन्ने विश्वास दिलाइए पनि केही समयमै उनीहरूलाई सैनिक शिविरमा लगेर आधारभूत तालिम दिइयो । ड्रोनसम्बन्धी तालिमसमेत दिइएपछि उनीहरूलाई शङ्का पैदा भयो । परिवार र स्थानीय एजेन्टलाई सोध्दा युद्धग्रस्त देशमा यस्तो तालिम अनिवार्य भएको जवाफ दिइयो ।

जब अग्रपङ्क्तिमा पठाइने कुरा स्पष्ट भयो, केहीले विरोध गरे । तर जेल, कुटपिट र मृत्युसम्मको धम्की दिइएपछि उनीहरू आफू फसेको महसुस गर्न बाध्य भए । कतिपयलाई द्वन्द्वमा मानव ढालझैँ प्रयोग गरिएको अनुभव पनि रहेको उनीहरूको भनाइ छ ।

एपीले स्वेच्छाले सैन्य सेवामा साइन अप गरेका केही बङ्गलादेशीहरू पनि झूटा आश्वासनमा परेको उल्लेख गरेको छ । दुर्गम क्षेत्रमा ग्यास प्रशोधन केन्द्रमा काम गरिरहेका एकजना व्यक्तिलाई लडाइँबाट टाढाको प्राविधिक भूमिका दिने भनिए पनि अन्ततः उनलाई युक्रेनको युद्ध क्षेत्रमा पठाइयो । आदेश नमानेपछि उनले धम्की र कुटपिट सहनुपरेको र अन्ततः शव सङ्कलनको काम गर्न बाध्य पारिएको बताएका छन् ।

यसैबीच, बङ्गलादेशी अधिकारीहरूले युक्रेन युद्धमा लड्न मानिसहरू पठाउने मानव बेचबिखन सञ्जालको अनुसन्धान थालेका छन् । जनवरी २०२५ मा एक व्यक्ति रुसबाट फर्किएपछि आफू ठगिएको उजुरी दिएसँगै अनुसन्धान सुरु भएको थियो । यस क्रममा मस्कोमा बसोबास गर्ने रुसी नागरिकता लिएका एक बङ्गलादेशीमाथि समेत आरोप लागेको छ ।

एपीका अनुसार ती पुरुषहरूलाई एसपी ग्लोबल नामक स्थानीय भर्ती एजेन्सीमार्फत रुस पठाइएको थियो । हाल उक्त कम्पनी निष्क्रिय रहेको र सन् २०२५ मै यसको गतिविधि बन्द भएको अनुसन्धानकर्ताहरूले बताएका छन् । कम्पनीले भने एपीको सम्पर्क प्रयासमा कुनै प्रतिक्रिया दिएको छैन ।

Previous Post

कालिज पालेर मासिक एक लाखभन्दा बढी आम्दानी

Next Post

स्वास्थ्य बिमामा तीनै तहका सरकारको लगानी आवश्यकः मन्त्री गौतम

metakhabar

metakhabar

सम्बन्धित खबर

म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती
मनोरञ्जन

म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

२८ माघ २०८२,
राजनैतिक संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक
फिचर-ब्यानर

अफगानिस्तानमा विश्व बैङ्कद्वारा वित्त पोषित पानी आपूर्ति नेटवर्कको निर्माण सुरु

२८ माघ २०८२,
अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता
अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

२८ माघ २०८२,
नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड
फिचर-ब्यानर

नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

२८ माघ २०८२,
रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे
फिचर-ब्यानर

रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

२८ माघ २०८२,
मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता
फिचर-ब्यानर

मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

२८ माघ २०८२,
Load More
Next Post
स्वास्थ्य बिमामा तीनै तहका सरकारको लगानी आवश्यकः मन्त्री गौतम

स्वास्थ्य बिमामा तीनै तहका सरकारको लगानी आवश्यकः मन्त्री गौतम

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In