बुटवल । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले रुपन्देही २ को निर्वाचनबारे चासो व्यक्त गर्दै उम्मेद्वार विश्वदीप पाण्डेसँग जानकारी लिएका छन् । लुम्बिनी प्रदेशको महत्वपूर्ण सहर बुटवल र बुद्धजन्मस्थल लुम्बिनी रहेको क्षेत्र भएकाले प्रचण्डले रुपन्देही २ बारे विशेष चासो राखेका हुन् ।
प्रचण्डले निर्वाचनको माहौलबारे जानकारी लिदैँ आफूलाई सकरात्मक प्रतिक्रिया प्राप्त भएको हुँदा आम मतदाताका कुरा सुनेर काम गर्न पाण्डेलाई सुझाव दिए । उम्मेद्वार पाण्डेले रुपन्देहीमा आफूले पार्टीको नेतृत्वसँग लामो समय जोडएर काम गरेको अनुभव र नयाँ पुस्ताको भावनालाई समेत प्रतिनिधित्व आफूले गर्ने भएकाले माहौल आफ्नो पक्षमा सकारात्मक रहेको ब्रिफिङ गरेका थिए । साथै, उम्मेदवार पाण्डेका बुबा स्व. भक्ति पाण्डे पार्टीका पुराना नेता समेत रहेकाले उनको विरासतका कारण पनि रुपन्देहीका जनता उत्साहित बनेका छन् ।
संयोजक प्रचण्डसँग आफूले विश्वसम्पदा लुम्बिनी र महत्त्वपूर्ण व्यापारिक केन्द्र बुटवल रुपन्देहीसँग तमाम सपना र सम्भावना जोडिएकाले व्यवस्थित विकासले सिंगो मुलुकको मुहार फेर्न सकिने अवधारण बताएको उम्मेद्वार पाण्डेले बताए ।
रुपन्देही निर्वाचन क्षेत्र न. २ को सामाजिक, राजनीतिक र आर्थिक विकासका पाण्डेले जानकारी दिएका छन् । ‘पार्टी नेतृत्वको हौसला, जिल्लाको सिंगो पार्टीपंक्ति र रुपन्देहीवासी आदरणीय बुबाआमा, दाजुभाइ तथा दिदीबहिनीको अपार मायाले यो सपना साकार पार्न सकिन्छ भन्नेमा विश्वस्त भएको छु’ उनको भनाइ छ ।
आगामि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्यूनिष्ट पार्टीका पाण्डेसहित एमालेका उपाध्यक्ष विष्णु पौडेल, नपाली काँग्रेसका चुन्नु प्रसाद पौडेल र रास्वपाका सुलभ खरेल चुनावी मैदानमा उत्रेका छन् ।













