• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, February 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

    म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

    राजनैतिक संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक

    अफगानिस्तानमा विश्व बैङ्कद्वारा वित्त पोषित पानी आपूर्ति नेटवर्कको निर्माण सुरु

    अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

    अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

    नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

    नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

    रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

    रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

    मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

    मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘ब्लु हिल’मा पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

metakhabar by metakhabar
१३ माघ २०८२,
0
‘ब्लु हिल’मा पर्यटकीय पूर्वाधार निर्माण गरिँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बागलुङ । बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको बागलुङ नगरपालिका–९ स्थित ‘ब्लु हिल’मा अहिले पूर्वाधार निर्माणलाई तीव्रता दिइएको छ । आगामी असार मसान्तसम्म दुई करोड ५० लाख बराबरको भौतिक संरचना तयार हुनेगरी तीव्र गतिमा निर्माण भइरहेको हो ।

यसअघि बागलुङ नगरपालिकाले जग्गा व्यवस्थापन, शौचालय तथा सत्तल निर्माणमा रु ७० लाख खर्च गरिसकेको छ । आँखैअघि देखिने दुई दर्जन हिमशृङ्खला र बागलुङ बजारको दृश्यले बागलुङको डोयलाई पर्यटकीय केन्द्र बनाउनका लागि नगरपालिकाले ‘ब्लु हिल’ नामकरण गरेको थियो ।

ब्लु हिललाई धार्मिक तथा पर्यटकीय गन्तव्य बनाउनका लागि पूर्वाधार निर्माण गत वर्षदेखि थालिएको हो । रु २५ करोडको पूर्वाधार बनाउने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मा उल्लेख गरिएको छ ।

गत वर्ष पहिलो चरणअन्तर्गत ७० लाख रुपैयाँको र चालु आवमा दोस्रो चरणअन्तर्गत दुई करोड ५० लाख रुपैयाँको काम भइरहेको बागलुङ–९ तित्याङका वडाध्यक्ष राजु थापाले जानकारी दिए । उनका अनुसार अहिले ब्लु हिलमा निर्माण गर्ने २० फिट शिवको मूर्ति राख्नका लागि आवश्यक दुईतला पक्की भवन बनाउने काम भइरहेको छ ।

डोयको निलो पहाडलाई ब्लु हिलका रूपमा परिणत गर्न नगरपालिकाले बजेट विनियोजन गरी लगानी गरिरहेको छ । यस वर्ष दुई करोड ५० लाख रुपैयाँको पूर्वाधारसहित शिवमूर्ति निर्माण गर्न निर्माण कम्पनी क्वालिसट रिन्युयबल इनर्जीले तीव्रताका साथ काम गरिरहेको छ । प्राकृतिक क्षेत्रमा धार्मिक पूर्वाधार बनाएर पर्यटक भित्र्याउने उद्देश्य राखिएको बागलुङ नगरपालिकाले जनाएको छ ।

पर्यटकीय गन्तव्य बनाउन बागलुङ नगरपालिकाले गत वर्षदेखि नगरकै गौरवको योजनाका रूपमा डोयको पहाडलाई ब्लु हिल नामकरण गरेर पर्यटकीय पूर्वाधार निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएर काम अघि बढाएको थियो ।

मनोरम प्राकृतिक सौन्दर्यता भएको डोयको डाँडालाई नगरपालिकाले ‘ब्लु हिल’ नामकरण गरेपछि नगरपालिकाले लगानी गरिरहेको बागलुङ–९ का वडाध्यक्ष थापाले जानकारी दिए । “नगरकै ठूलो लगानीमा पूर्वाधार निर्माण थालिएको छ, हामीले पहाडमाथि शिवमूर्ति बनाएर धार्मिक पर्यटक र प्रकृतिप्रेमी पर्यटक भित्र्याउने उद्देश्य राखेका छौँ, ठूलो पूर्वाधार बने पनि स–साना पूर्वाधार पछि बन्दछन्”, उनले भने, “पर्यटकीय गन्तव्य बनेपछि अन्य पूर्वाधारले प्राथमिकता पाउनेछन्, त्यहाँ पुग्ने सडक भने सुधारको आवश्यक छ ।”

ब्लु हिल पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न २४ करोड ५६ लाख २२ हजार रुपैयाँको विस्तृत अध्ययन प्रतिवेदन ९डिपिआर० तयार गरेको थियो । गत वर्ष जग्गा सम्याउने, पर्खाल लगाउने, सत्तल निर्माण गर्ने र शौचालय बनाउने काम सम्पन्न भएको गियो । यस क्षेत्रमा वनभोजस्थल, ध्यानकेन्द्र, दृश्य अवलोकनस्थल, जिमहल, मन्दिर, पार्किङलगायत अतिरिक्त पूर्वाधार निर्माण गर्ने डिपिआरमा उल्लेख छ ।

दृश्यावलोकनका लागि ब्लु हिलमा आन्तरिक पर्यटक पु¥याउन नगरपालिकाको ठूलो लगानी भइरहेको बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले बताए । नगरपाकिलाको उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्न नगरपालिकाले आन्तरिक बजेटबाट ठूलो लगानी गरिरहेको बताउँदै ब्लु हिलमा थामिनसक्नु धार्मिक पर्यटक भित्रने उहाँले विश्वास व्यक्त गरे।

“नगरपालिकाभित्रको पर्यटकीय सम्भावना बोकेको डोय प्राकृतिक रूपमा सुन्दर र हरियाली छ । आँखै अगाडि हिमाल र बागलुङ बजार देखिन्छ । प्रकृति र धर्मलाई सँगै जोडेर पर्यटक भित्र्याउनेगरी पक्की संरचना निर्माणले गति लिएको छ । अहिले एकसाथ १६ वटा खम्बा खडा गरिएको छ”, नगरप्रमुख श्रेष्ठले भने, “ब्लु हिल स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्नेगरी नामकरण गरेका छौँ । मौसम खुलेको समयमा यहाँ आउने जो–कोहीले हरियाली पहाडबाट धौलागिरि, माछापुच्छे«, नीलगिरि अन्नपूर्णलगायत दुई दर्जन हिमालसँगै बागलुङ बजार देख्न सकिन्छ ।”

समुन्द्री सतहबाट करिब दुई हजार २०० मिटरको उचाइमा पर्यटकीय पूर्वाधार निर्माण गर्न थालेपछि ब्लु हिलले चर्चा पाउन थालेको छ । विस्तृत परियोजना प्रतिवेदनका अनुसार योजनाले पूर्णता पाउन भने समय लाग्नेछ ।

Previous Post

४५ वर्षदेखि भाँडाको भारी बोकेर व्यापार गर्दै सिन्धुपाल्चोकका व्यापारी

Next Post

पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

metakhabar

metakhabar

सम्बन्धित खबर

म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती
मनोरञ्जन

म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

२८ माघ २०८२,
राजनैतिक संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक
फिचर-ब्यानर

अफगानिस्तानमा विश्व बैङ्कद्वारा वित्त पोषित पानी आपूर्ति नेटवर्कको निर्माण सुरु

२८ माघ २०८२,
अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता
अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

२८ माघ २०८२,
नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड
फिचर-ब्यानर

नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

२८ माघ २०८२,
रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे
फिचर-ब्यानर

रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

२८ माघ २०८२,
मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता
फिचर-ब्यानर

मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

२८ माघ २०८२,
Load More
Next Post
पेट्रोलियम पदार्थको मूल्यो घट्यो

पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In