• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, February 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

    म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

    राजनैतिक संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक

    अफगानिस्तानमा विश्व बैङ्कद्वारा वित्त पोषित पानी आपूर्ति नेटवर्कको निर्माण सुरु

    अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

    अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

    नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

    नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

    रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

    रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

    मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

    मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

माछापालनबाट आत्मनिर्भर बन्दै शैलेन्द्र

metakhabar by metakhabar
१२ माघ २०८२,
0
माछापालनबाट आत्मनिर्भर बन्दै शैलेन्द्र
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भद्रपुर (झापा), १२ माघः विदेश जानु नै सफलता हो भन्ने आम बुझाइकाबीच यहाँको हल्दीबारी–४ जलथलका शैलेन्द्र सिटौलाले भने विदेशबाट फर्किएर नेपालकै माटोमा पसिना बगाउँदा आत्मसन्तुष्टि र आर्थिक उन्नति दुवै सम्भव छ भन्ने उदाहरण प्रस्तुत गर्नुभएको छ ।

स्नातक तहको अध्ययन सकेपछि सन् २०१५ मा भिजिट भिसामा संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई पुग्नुभएका शैलेन्द्र त्यहाँ एक वर्ष पनि टिक्नुभएन । मरुभूमिको देशमा सीमित पानी र प्रतिकूल वातावरण हुँदाहुँदै पनि आधुनिक प्रविधिको प्रयोग गरेर कृषि र पशुपालन सफलतापूर्वक गरिएको देखेपछि उहाँको सोच बदलियो । “यदि मरुभूमिमा खेती सम्भव छ भने हरियाली नेपालमा किन हुँदैन ?” यही प्रश्नले उहाँलाई स्वदेश फर्काइदियो ।

विस २०७४मा नेपाल फर्किएपछि शैलेन्द्रले हल्दीबारीमा दुई बिघा क्षेत्रफलमा माछापालन सुरु गर्नुभयो । सुरुवातमा करिब १० लाख रुपैयाँ लगानी गरी पोखरी, तटबन्धलगायतका संरचना निर्माण गर्नुभयो । हाल उहाँका पाँच वटा पोखरी छन्, जहाँ व्यावसायिक रूपमा माछापालन भइरहेको छ ।

उहाँको फार्ममा मुख्यतया पंगास जातका माछा पालिन्छन् । साथै केही मात्रामा कार्प प्रजातिका माछा पनि छन् । साना पोखरी भने माछाको भुरा उत्पादनका लागि छुट्टै राखिएको छ । हाल उहाँको पोखरीमा करिब ३५ हजार भुरा छन् ।

बजारमा बिक्रीका लागि तयार माछा एक केजीदेखि अढाई केजीसम्मका छन् । वार्षिक रूपमा करिब ३० टन माछा बजारमा पठाउने गरेको शैलेन्द्र बताउनुहुन्छ । माछापालनमार्फत उहाँले तीन जनालाई प्रत्यक्ष रोजगारी दिनुभएको छ । “आफूले विदेश जानुपर्ने बाध्यता नपरोस् भन्ने मेरो चाहना हो,” उहाँ भन्नुहुन्छ, “यही व्यवसायले अरूलाई पनि रोजगारी दिएको छ, यही नै ठूलो उपलब्धि हो ।”

खर्च कटाएर वार्षिक १६ लाख रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको उहाँको भनाइ छ । कुल लगानीको करिब २० प्रतिशत नाफा लिन सकिएको छ । सुरुवातदेखि नै माछापालन व्यवसाय राम्रो चलिरहेको शैलेन्द्रको अनुभव छ ।

यद्यपि सफलतासँगै चुनौती पनि कम छैनन् । सबैभन्दा ठूलो समस्या बजार र मूल्य भएको उहाँ बताउनुहुन्छ । उहाँका अनुसार किसानबाट माछा प्रतिकेजी २४० रुपैयाँमा किनिन्छ, तर त्यही माछा बजारमा ३०० देखि ३५० रुपैयाँसम्ममा बिक्री हुन्छ । “हामी उत्पादन गर्छौं, जोखिम लिन्छौँ, तर मूल्य निर्धारण बिचौलियाले गर्छ,” उहाँको गुनासो छ । मुख्य बजार विर्तामोडस्थित कृषि थोक बजार भए पनि किसानको पहुँच र प्रभाव सीमित रहेको उहाँको भनाइ छ ।

अर्को समस्या भारतबाट अवैध रूपमा भित्रिने माछा हो । शैलेन्द्रका अनुसार भारतबाट कतिपय मरेका माछा फर्मालिन प्रयोग गरेर नेपाली बजारमा भित्रिन्छन्, जसले उपभोक्ताको स्वास्थ्यमा जोखिम त बढाउँछ नै, स्वदेशी किसानलाई मूल्य पनि घटाएर बेच्न बाध्य बनाउँछ ।

“यदि सरकारले दुई–तीन महिना मात्र भारतबाट आउने माछा कडाइका साथ नियन्त्रण गरिदिने हो भने हामीजस्ता किसानलाई ठूलो राहत मिल्थ्यो,” उहाँ भन्नुहुन्छ । शैलेन्द्र आफूलाई कृषक भनेर चिनाउन पाउँदा गर्व गर्नुहुन्छ । “कृषि पेसा सम्मानित पेसा हो,” उहाँले भन्नुभयो, “यसले आत्मसन्तुष्टि दिन्छ । मेरो लागि सबैभन्दा ठूलो कमाइ यही हो ।”

उहाँका अनुसार युवा विदेशिनु बाध्यता हो, तर यदि नीति, बजार र संरक्षण सही भए धेरै युवा नेपालमै टिक्नसक्ने शैलेन्द्रको ठम्याइ छ ।

Previous Post

देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी

Next Post

वीरगञ्जनाका हुँदै सामान आयात बढ्यो

metakhabar

metakhabar

सम्बन्धित खबर

म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती
मनोरञ्जन

म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

२८ माघ २०८२,
राजनैतिक संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक
फिचर-ब्यानर

अफगानिस्तानमा विश्व बैङ्कद्वारा वित्त पोषित पानी आपूर्ति नेटवर्कको निर्माण सुरु

२८ माघ २०८२,
अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता
अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

२८ माघ २०८२,
नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड
फिचर-ब्यानर

नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

२८ माघ २०८२,
रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे
फिचर-ब्यानर

रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

२८ माघ २०८२,
मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता
फिचर-ब्यानर

मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

२८ माघ २०८२,
Load More
Next Post
वीरगञ्ज सुक्खाबन्दरगाहद्वारा नौ महिनामा ३६ अर्ब ८३ करोड राजस्व सङ्कलन

वीरगञ्जनाका हुँदै सामान आयात बढ्यो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In