• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, April 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

    नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    वीरगन्ज हुँदै २३ अर्ब ५७ करोडका सवारीसाधन र पार्टपुजा भित्रियो

    सूर्योदयको दृश्यावलोकन गर्न ‘दर्मिजा भ्यू प्वाइन्ट’

    सूर्योदयको दृश्यावलोकन गर्न ‘दर्मिजा भ्यू प्वाइन्ट’

    आजदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा सपना प्रधान मल्ल

    आजदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा सपना प्रधान मल्ल

    तीन करोड ७१ लाख खर्चेर पुल निर्माण

    तीन करोड ७१ लाख खर्चेर पुल निर्माण

    एमाले संसदीय दलको बैठक बस्दै

    एमाले संसदीय दलको बैठक बस्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कञ्चनपुरमा ‘जलवायुमैत्री कृषि गाउँ’ स्थापना गरिँदै

metakhabar by metakhabar
८ माघ २०८२,
0
कञ्चनपुरमा ‘जलवायुमैत्री कृषि गाउँ’ स्थापना गरिँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरमा ‘जलवायुमैत्री कृषि गाउँ’ स्थापना गरिने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको बजेटमा सञ्चालित कार्यक्रम अन्तर्गत कृषि ज्ञान केन्द्र कञ्चनपुरले जलवायुमैत्री कृषि गाउँ स्थापनाका लागि कृषि कार्यमा संलग्न किसान, समूह, फर्म तथा सहकारीसँग प्रस्ताव माग गरेको छ ।

जलवायु अनुकूलखेती प्रणालीको विकास गर्दै तरकारी र फलफूल खेतीमा आधुनिक, वातावरणमैत्री प्रविधि प्रयोग गरी किसानको उत्पादन र आय वृद्धि गर्ने उद्देश्य राखिएको छ । जलवायु परिवर्तनका कारण खेती प्रणालीमा देखिएका चुनौतीलाई न्यूनीकरण गर्दै वातावरण अनुकूल र दीगो कृषि पद्दतिको विकास गरिने कृषि ज्ञान केन्द्र कञ्चनपुरका कृषिप्रसार निर्देशक हरिप्रसाद पनेरुले बताए ।

उनका अनुसार जलवायु अनुकूल पद्धति अनुसार खेती प्रणालीको विकास गरी किसानको उत्पादन क्षमता, आयस्तर र आत्मनिर्भरता बढाउने लक्ष्यसहित यो कार्यक्रम सञ्चालन गरिँदै छ ।

निर्देशक पनेरुले भने, “जलवायु अनुकूलखेती प्रणाली विकास गर्नु हाम्रो मुख्य उद्देश्य हो, एक पालिकाको एक टोलमा जैविक खेती पद्धति अपनाएका किसानको प्रस्ताव र कार्यक्रमको सोच मिलेमा त्यस्ता प्रस्ताव छनोट गरी कार्यक्रम सञ्चालन गर्छौंँ ।”

कार्यक्रमअन्तर्गत तरकारी तथा फलफूल खेतीमा केन्द्रित रहेर जलवायुमैत्री प्रविधिको प्रयोग गरिनेछ । तरकारी खेतीतर्फ जलवायुमैत्री पोलीहाउस निर्माण, थोपा सिँचाइ प्रविधि, मल्चिङ प्रविधि, गड्यौला मल उत्पादन, झोलमल प्रयोग, बजारीकरण तथा तरकारी खेतीसम्बन्धी अन्य सहायक क्रियाकलाप सञ्चालन गरिने छन् ।

यी प्रविधिले पानीको खपत घटाउनुका साथै उत्पादन लागत कम गर्ने र मौसमजन्य जोखिमबाट खेती जोगाउन सहयोग पुग्ने निर्देशक पनेरुको भनाइ छ । फलफूल खेतीअन्तर्गत थोपा सिँचाइ प्रणाली जडान, बगैँचा व्यवस्थापन, नयाँ बगैँचा स्थापना तथा उत्पादन वृद्धि गर्ने प्रविधि लागू गरिनेछन् ।

दीर्घकालीन रूपमा फलफूल खेतीलाई व्यावसायिक बनाउँदै किसानको स्थायी आम्दानी सुनिश्चित गर्ने निर्देशक पनेरुले जानकारी दिए । जलवायुमैत्री कृषि गाउँ स्थापना कार्यक्रम एउटै क्लष्टर वा एउटै क्षेत्रमा सञ्चालन गरिने प्रावधान राखिएको छ । यसले सामूहिक खेती, सामूहिक लगानी, प्रविधिको प्रभावकारी प्रयोग र सामूहिक बजारीकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

साथै किसानबिच सहकार्य बढ्दै स्थानीयस्तरमै रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ । यस वर्ष जलवायूमैत्री कृषि गाउँ कार्यक्रम सञ्चालनका लागि रु १५ लाख बजेट विनियोजन गरिएको निर्देशक पनेरुले जानकारी दिए ।

मापदण्ड पूरा भएका प्रस्तावलाई छनोट गरी कार्यक्रम सञ्चालन गरिनेछ । हाल प्रस्ताव सङ्कलनको कार्य अगाडि बढाइएको छ । कृषि विज्ञका अनुसार जलवायुमैत्री कृषि अभ्यासले वातावरण संरक्षणसँगै किसानलाई जलवायु परिवर्तनका नकारात्मक असरबाट जोगाउने महत्वपूर्ण भूमिका खेल्छ ।

रासायनिक मल र विषादीको प्रयोग घट्दै जाँदा माटोको उर्वराशक्ति जोगिनुका साथै पानी र मानव स्वास्थ्यमासमेत सकारात्मक प्रभाव पर्ने बताइएको छ । आधुनिक प्रविधि, जैविक मल र वातावरणमैत्री अभ्यास अपनाउँदा उत्पादन बढ्नुका साथै बजारमा गुणस्तरीय उत्पादनको मागसमेत बढ्ने बताइएको छ ।

जलवायुमैत्री कृषि गाउँ स्थापना भएपछि कञ्चनपुरको कृषि क्षेत्र दीगो, व्यावसायिक र जलवायु अनुकूल बन्ने अपेक्षा गरिएको छ ।

एक ठाउमा गरिएको अभ्यासले अन्य क्षेत्रका किसानले त्यस पद्धतिलाई अपाउन प्रेरणा प्रदान गर्ने शुक्लाफाँटा कृषि शाखाका प्रमुख करनसिंह बुढाऐरले बताए । जलवायुको असर प्रत्यक्ष रुपमा कृषि क्षेत्रमा पर्दै आएकाले वातावरण अनुकूलखेती गरिँदा किसान लाभान्वित हुने उनको भनाइ रहेको छ ।

Previous Post

भरपर्दो सुरक्षा योजनाका साथ प्रहरी परिचालन गर्नुपर्ने

Next Post

प्रतिनिधिसभा निर्वाचन : आज उम्मेदवारमाथिको उजुरी जाँच गरिँदै

metakhabar

metakhabar

सम्बन्धित खबर

नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै
आर्थिक

नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

१८ चैत्र २०८२,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगन्ज हुँदै २३ अर्ब ५७ करोडका सवारीसाधन र पार्टपुजा भित्रियो

१८ चैत्र २०८२,
सूर्योदयको दृश्यावलोकन गर्न ‘दर्मिजा भ्यू प्वाइन्ट’
आवाज

सूर्योदयको दृश्यावलोकन गर्न ‘दर्मिजा भ्यू प्वाइन्ट’

१८ चैत्र २०८२,
आजदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा सपना प्रधान मल्ल
समाचार

आजदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा सपना प्रधान मल्ल

१८ चैत्र २०८२,
तीन करोड ७१ लाख खर्चेर पुल निर्माण
समाचार

तीन करोड ७१ लाख खर्चेर पुल निर्माण

१८ चैत्र २०८२,
एमाले संसदीय दलको बैठक बस्दै
समाचार

एमाले संसदीय दलको बैठक बस्दै

१८ चैत्र २०८२,
Load More
Next Post
चितवनमा थपिए ३४ मतदान केन्द्र

प्रतिनिधिसभा निर्वाचन : आज उम्मेदवारमाथिको उजुरी जाँच गरिँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In