• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

    यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

    पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

    पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

    माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

    माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

    मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

    मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

    इरानद्वारा इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार

    पश्चिम एसिया सङ्कटः आपत्कालीन प्रतिकार्य टोलीको बैठक

    अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ

    लागुऔषधसहित तेह्र जना पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्पेनमा उच्चगति रेल दुर्घटना, २१ जनाको मृत्यु

metakhabar by metakhabar
६ माघ २०८२,
0
स्पेनमा उच्चगति रेल दुर्घटना, २१ जनाको मृत्यु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दक्षिणी स्पेनमा आइतबार साँझ एउटा उच्चगतिको रेल पटरीबाट खस्दै विपरीत दिशाबाट आइरहेको अर्को उच्चगतिको रेलसँग ठोक्किँदा कम्तीमा २१ जनाको ज्यान गएको छ भने दर्जनौँ यात्रु घाइते भएका छन् । स्पेनका यातायातमन्त्री ओस्कार पुएन्टेले उद्धार कार्य सम्पन्न भइसकेको र मृतक सङ्ख्या मध्यरातपछि २१ पुगेको जानकारी दिनुभएको छ । यद्यपि अझै पुष्टि हुन बाँकी पीडित हुनसक्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।

रेल अपरेटर आदिफका अनुसार करिब ३०० यात्रु बोकेको रेल साँझ ७ः४५ बजे मालागाबाट म्याड्रिडतर्फ जाँदै गर्दा कोर्डोबा नजिकै अचानक पटरीबाट हटेको थियो । सो रेलको पछाडिको भाग उफ्रेर विपरीत दिशाबाट म्याड्रिडदेखि दक्षिणी सहर हुवेल्भातर्फ आइरहेको करिब २०० यात्रु बोकेको अर्को उच्चगतिको रेलसँग ठोक्किएको थियो ।

अन्डालुसिया क्षेत्रीय राष्ट्रपति जुआन म्यानुएल मोरेनोले ७५ यात्रुलाई अस्पताल भर्ना गरिएको जानकारी दिनुभयो । तीमध्ये धेरैलाई कोर्डोबा लगिएको छ र कम्तीमा १५ जना गम्भीर घाइते छन् । स्पेनिस रेड क्रसले दुर्घटनास्थल नजिकैको आदामुज सहरमा सहायता केन्द्र स्थापना गरी आपतकालीन सेवाहरू र आफन्तको खोजीमा रहेका मानिसहरूलाई सहयोग गरिरहेको छ । सिभिल गार्ड, सिभिल डिफेन्स तथा अन्य उद्धार टोलीहरू चिसो र स्पष्ट रातभर भग्नावशेष हटाउने कार्यमा खटिएका छन् । घटनास्थलमा आपतकालीन सेवाबाहेक अरूलाई प्रवेश निषेध गरिएको थियो ।

क्षेत्रीय स्वास्थ्य प्रमुख एन्टोनियो सान्जले ‘हाम्रो अगाडि निकै कठिन रात छ’ भन्दै उद्धारकर्मीहरूले रातभर शव निकाल्ने कार्य जारी राख्ने बताउनुभयो ।

यातायातमन्त्री पुएन्टेले दुर्घटनाको कारण तत्काल पत्ता नलागेको र यसलाई ‘साँच्चै अनौठो’ घटना बताउनुभयो । उहाँका अनुसार दुर्घटना मे महिनामै मर्मत गरिएको ट्र्याकको समतल भागमा भएको थियो । पटरीबाट खसेको रेल चार वर्षभन्दा कम पुरानो रहेको र निजी कम्पनी इरिओको भएको उहाँले जानकारी दिनुभयो । ठोक्किएको दोस्रो रेल भने सार्वजनिक रेल कम्पनी रेन्फेको थियो । इरिओले विज्ञप्ति जारी गर्दै घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै अधिकारीहरूसँग सहकार्य गरिरहेको जनाएको छ ।

पुएन्टेका अनुसार पहिलो रेलको पछाडिको भाग उफ्रेर दोस्रो रेलको अगाडिको भागमा ठोक्किएको थियो, जसका कारण रेन्फे रेलका पहिलो दुई डब्बा ट्र्याकबाट करिब चार मिटर तल ढलानतर्फ खसेका थिए । सबैभन्दा ठूलो क्षति रेन्फे रेलको अगाडिको भागमा भएको बताइएको छ । दुर्घटनाको कारणबारे अनुसन्धानमा करिब एक महिना लाग्नसक्ने उहाँले बताउनुभयो ।

दुर्घटनामा परेको एउटा रेलमा सवार स्पेनिस प्रसारक आरटिभीईका पत्रकार साल्भाडोर जिमेनेजले ‘एक क्षण भूकम्प जस्तो महसुस भयो र रेल साँच्चै पटरीबाट खस्यो’ भनेर अनुभव सुनाउनुभयो । उहाँका अनुसार यात्रुहरूले आपतकालीन हथौडा प्रयोग गरी झ्याल तोडेका थिए र धेरैले आफूलाई बाहिर निकाल्न सफल भएका थिए । घटनास्थलका भिडियोहरूमा मानिसहरू झुकेका डब्बाबाट झ्याल हुँदै बाहिर निस्किरहेको दृश्य देखिन्छ ।

दुर्घटना साँझको समयमा आदामुज गाउँ नजिकै भएको र अन्धकारमै सयौँ यात्रुको उद्धार गर्नुपरेको थियो । कोर्डोबाका फायर फाइटर प्रमुख फ्रान्सिस्को कार्मोनाले कम्तीमा चारवटा डब्बा रेलबाट टाढा खसेको जानकारी दिनुभयो । क्षेत्रीय नागरिक सुरक्षा प्रमुख मारिया बेलेन मोया रोजासले दुर्घटनास्थल पुग्न गाह्रो क्षेत्रमा रहेको र स्थानीय बासिन्दाहरूले कम्बल तथा पानी लिएर सहयोग गरेको बताउनुभयो । स्पेनको सैन्य आपतकालीन राहत एकाइहरू पनि उद्धारमा खटिएका थिए ।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले सामाजिक सञ्जालमार्फत ‘आज रात हाम्रो देशका लागि गहिरो दुःखको रात हो’ भन्दै मृतकका परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ । राजा फेलिप छैटौँ र रानी लेटिजियाले पनि शोक सन्देश दिनुभएको छ । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले कोर्डोबाबाट आएको ‘भयानक समाचार’ ले आफूलाई स्तब्ध बनाएको बताउँदै स्पेनप्रति ऐक्यबद्धता व्यक्त गर्नुभएको छ ।

युरोपेली सङ्घ (इयु) का अनुसार स्पेनसँग तीन हजार १०० किलोमिटर लामो उच्चगति रेल सञ्जाल छ, जुन युरोपमै सबैभन्दा ठूलो हो । सन् २०२४ मा मात्रै दुई करोड ५० लाखभन्दा बढी यात्रुले उच्चगति रेल प्रयोग गरेको रेन्फेले जनाएको छ । दुर्घटनापछि म्याड्रिड र अन्डालुसियाबीचको रेल सेवा सोमबार स्थगित गरिएको आदिफले जनाएको छ । यस शताब्दीको सबैभन्दा घातक रेल दुर्घटना भने सन् २०१३ मा भएको थियो, जसमा ८० जनाको मृत्यु भएको थियो ।

Previous Post

जलथलका सन्थाल समुदायमा नियमित बचत अभियान

Next Post

पर्यटकको रोजाइमा रत्नेचौर

metakhabar

metakhabar

सम्बन्धित खबर

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा
आर्थिक

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

२८ फाल्गुन २०८२,
पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा
आर्थिक

पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

२८ फाल्गुन २०८२,
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न
आर्थिक

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

२८ फाल्गुन २०८२,
मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली
फिचर-ब्यानर

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

२८ फाल्गुन २०८२,
इरानद्वारा इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार
अन्तर्राष्ट्रिय

पश्चिम एसिया सङ्कटः आपत्कालीन प्रतिकार्य टोलीको बैठक

२८ फाल्गुन २०८२,
अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ
आवाज

लागुऔषधसहित तेह्र जना पक्राउ

२८ फाल्गुन २०८२,
Load More
Next Post
पर्यटकको रोजाइमा रत्नेचौर

पर्यटकको रोजाइमा रत्नेचौर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In