• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, February 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

    म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

    राजनैतिक संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक

    अफगानिस्तानमा विश्व बैङ्कद्वारा वित्त पोषित पानी आपूर्ति नेटवर्कको निर्माण सुरु

    अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

    अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

    नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

    नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

    रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

    रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

    मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

    मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बालीलाई कति मात्रामा मल हाल्ने भन्ने किसानलाई जानकारी नहुँदा माटोको उत्पादन क्षमता खस्कियो’

metakhabar by metakhabar
४ माघ २०८२,
0
बालीलाई कति मात्रामा मल हाल्ने भन्ने किसानलाई जानकारी नहुँदा माटोको उत्पादन क्षमता खस्कियो’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नारायणगढ (चितवन), ४ माघः किसानमा रासायनिक मलको प्रयोगबारे यथेष्ट र स्पष्ट जानकारी नहुँदा माटोको गुणस्तर खस्कँदै गएको र यसबाट उत्पादनमा समेत गिरावट आएको पाइएको छ । उचित जानकारी नहुँदा किसानले विभिन्न प्रकारका रासायनिक मल जथाभावी प्रयोग गर्ने गरेको सरोकारवालाहरूको बुझाइ छ । चितवनको भरतपुरस्थित चितवन एक्सपो सेन्टरमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा आयोजित अन्तक्र्रियामा सहभागी सरोकारवालाले किसानलाई रासायनिक मलको समुचित प्रयोगका लागि सचेतना तथा तालिम आवश्यक रहेको औँल्याएका छन् ।

अन्तक्र्रियामा सहभागी खैरहनी नगरपालिका–९ का रासायनिक मल विक्रेता रामचन्द्र रिजालले मल बिक्री गर्दा किसानमात्र होइन, मल विक्रेता पनि सजग हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “धेरैजसो किसानले मल किनेर यसको प्रयोगबारे नबुझीकन खेतमा हाल्नुहुन्छ । त्यसैले हामी स्वयं पनि बुझेर किसानलाई पनि बुझाउनुपर्छ ।” व्यवसायी सधैँ किसानको हितमा उभिनुपर्ने उहाँको जोड थियो । यस्ता प्रकारका अन्तक्र्रिया आवश्यक रहेको उल्लेख गर्दै उहाँले कुनै पनि विषयको तालिम गहिराइसम्म लिनुपर्ने बताउनुभयो । गहिराइसम्म बुझेका किसानले मात्र रासायनिक मलको उचित रूपमा प्रयोग गर्न सक्ने उहाँको भनाइ थियो ।

गजुरा नगरपालिका–९ रौतहटस्थित सामुदायिक जनशक्ति कृषि सहकारीबाट अन्तक्र्रियामा सहभागी धर्मेन्द्र चौधरीले मलको गुणस्तर र यसको प्रयोगबारे किसानलाई सजग गराउनुपर्नेमा जोड दिनुभयो । उहाँले तालिमबाटै यसको समाधान सम्भव हुने बताउँदै बेलाबेलामा खेतसम्म पुगेर विज्ञहरूले रासायनिक मलको उचित प्रयोग र उपयोगबारे जानकारी दिनुपर्ने बताउनुभयो ।

भरतपुर–२६ बाट पश्चिम चितवनका किसानलाई मल बिक्री गर्दै आउनुभएका सीता एग्रोभेटका विष्णु पौडेलले आवश्यक परेका बेला मल उपलब्ध हुन नसकेको गुनासो गर्नुभयो । उहाँले याममा समयमा मल आपूर्ति हुन नसक्ने गरेको बताउनुभयो । साथै उहाँले मलको भण्डारण, प्रयोग, उपयोगिता तथा कति मात्रामा प्रयोग गर्ने भन्ने विषयमा किसानसम्म सचेतना पुग्न आवश्यक रहेको औँल्याउनुभयो ।

अहिले तरकारीको सिजन भएकाले धेरै उत्पादन हुने आशामा किसानले बढी मात्रामा मल प्रयोग गर्ने गरेको पाइने कालिका नगरपालिका महिला साना किसान कृषि सहकारीमा आबद्ध खड्काकुमारी खत्रीले बताउनुभयो । उहाँका अनुसार कुन मल कति मात्रामा हाल्ने, कुन बालीका लागि कुन मल प्रयोग गर्ने भन्नेबारे स्पष्टता नहुँदा समस्या देखिएको छ । उहाँले युरिया र डिएपी जे पायोे त्यहीँ प्रयोग गर्ने गरिएको उल्लेख गर्दै किसानलाई सम्बन्धित निकायले सजग गराउनुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी, राप्ती नगरपालिका–९ स्थित सचेतना कृषि सहकारीमा आबद्ध किसान मनकुमारी अधिकारीले पनि तालिम र सचेतनाको आवश्यकता औँल्याउनुभयो । उहाँले तालिम तथा सचेतना कार्यक्रम निकै महत्त्वपूर्ण रहेको उल्लेख गर्दै यसले किसानलाई कुन बालीमा कुन तरिकाले र कसरी मल प्रयोग गर्ने भन्नेबारे जानकारी मिल्ने बताउनुभयो ।

कृषि मन्त्रालयका पूर्वउपसचिव तथा मलविज्ञ भगवान खतिवडाले नेपालमा अधिकांश किसानले रासायनिक मलको समुचित प्रयोग नगर्ने गरेको बताउनुभयो । उहाँका अनुसार किसानले मलको गुणस्तरभन्दा पनि प्याकेजिङ र रङका आधारमा भर परेर बढी उत्पादनको लोभमा आवश्यकताभन्दा बढी मल प्रयोग गर्ने गरेका छन् । खतिवडाले भन्नुभयो, “अहिले गहुँ लगाउँदा डिएपी र युरियासँगै हाल्ने गरिएको पाइन्छ । तर डिएपीमै पनि युरियाको तत्व हुन्छ भन्ने कुरा किसानलाई बुझाउन आवश्यक छ ।” कुन मलले कति दिनमा काम गर्छ भन्नेबारे किसानलाई जानकारी गराउनुपर्ने आवश्यकता रहेको उहाँले औँल्याउनुभयो । माटो परीक्षण आवश्यक भए पनि व्यवहारमा खासै नगर्ने गरिएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “माटो जाँच नगरी रासायनिक मल प्रयोग गर्नु भनेको ‘क्यान्सर’लाई सिटामोल खुवाउनुजस्तै हो ।” उहाँले कम लागतमा बढी उत्पादन गर्नुपर्नेमा जोड दिँदै डिएपी र युरिया सधैँ सँगै प्रयोग गर्न आवश्यक नरहेको स्पष्ट गर्नुभयो ।

मलको सही प्रयोग गर्न नजान्दा खर्च बढ्ने र किसान मर्कामा पर्ने खतिवडाको भनाइ छ । एसएसपी (सिङ्गल सुपर फस्फेट), पोटासलगायत मलको प्रयोगबारे ज्ञान नहुँदा माटोको गुणस्तर झनै खस्किने उहाँले बताउनुभयो । उहाँले चितवन पहिले तोरी उत्पादनका लागि प्रख्यात जिल्ला रहे पनि हाल उत्पादन घट्नुको मुख्य कारण माटोमा सल्फरको कमी रहेको जानकारी दिनुभयो । किसानले माटो परीक्षण गराई नतिजाका आधारमा बालीअनुसार मल प्रयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । एउटै तत्वयुक्त मलभन्दा बहुतत्वयुक्त मल प्रयोग गर्दै स्थानीय तह, कृषि प्राविधिक तथा माटो परीक्षण प्रयोगशालासँग समन्वय बढाउनुपर्ने उहाँको सुझाव थियो । “चितवनमा कृषि विश्वविद्यालय छ, स्थानीय तहमा धेरै कृषि प्राविधिक छन् । किसानले परामर्श बढाउनुपर्छ”, उहाँले भन्नुभयो । बालीको जीवन माटोमा निर्भर हुने भएकाले माटोको गुणस्तर जोगाउने जिम्मेवारी किसानकै हातमा रहेको उल्लेख गर्दै उहाँले मल प्रयोग गर्दा विज्ञको सल्लाहमा मात्र गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा साल्ट ट्रेडिङ कर्पोरेसनका सहायक प्रमुख कार्यकारी अधिकृत ब्रजेशकुमार झाले सरकारबाट अनुदानप्राप्त युरिया, डिएपी र पोटास तथा गैरअनुदान बहुतत्वयुक्त रासायनिक मल सिङ्गल सुपर फस्फेट र अमोनियम सल्फेट छरितो रूपमा वितरण हुँदै आएको जानकारी दिनुभयो । उहाँले मलखाद सिफारिस गरिएको परिणामअनुसार प्रयोग गर्न आम किसानलाई आग्रह गर्नुभयो । उहाँका अनुसार कर्पोरेसनले देशका ७७ जिल्लाका १०६ स्थानबाट मल बिक्री गर्दै आएकोे बताउनुभयो ।

अन्तक्र्रियामा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड नारायणगढ शाखाका प्रमुख बुद्धिविनोद दाहालले समन्वय गर्नुभएको थियो । कार्यक्रममा जिल्ला तथा बाहिरी जिल्लाबाट किसान, सहकारी, मल विक्रेता तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

Previous Post

अन्ततः राजीनामा नदिने मनस्थितिमा पुगे बालेन

Next Post

अमेरिकी दूतावास नेपालद्वारा आयोजित ‘क्रिएटर्स मेला २०२६’ चितवनमा सफलतापूर्वक सम्पन्न, अब नेपालगञ्जतर्फ

metakhabar

metakhabar

सम्बन्धित खबर

म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती
मनोरञ्जन

म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

२८ माघ २०८२,
राजनैतिक संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक
फिचर-ब्यानर

अफगानिस्तानमा विश्व बैङ्कद्वारा वित्त पोषित पानी आपूर्ति नेटवर्कको निर्माण सुरु

२८ माघ २०८२,
अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता
अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

२८ माघ २०८२,
नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड
फिचर-ब्यानर

नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

२८ माघ २०८२,
रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे
फिचर-ब्यानर

रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

२८ माघ २०८२,
मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता
फिचर-ब्यानर

मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

२८ माघ २०८२,
Load More
Next Post
अमेरिकी दूतावास नेपालद्वारा आयोजित ‘क्रिएटर्स मेला २०२६’ चितवनमा सफलतापूर्वक सम्पन्न, अब नेपालगञ्जतर्फ

अमेरिकी दूतावास नेपालद्वारा आयोजित ‘क्रिएटर्स मेला २०२६’ चितवनमा सफलतापूर्वक सम्पन्न, अब नेपालगञ्जतर्फ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In