• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, February 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

    म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

    राजनैतिक संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक

    अफगानिस्तानमा विश्व बैङ्कद्वारा वित्त पोषित पानी आपूर्ति नेटवर्कको निर्माण सुरु

    अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

    अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

    नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

    नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

    रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

    रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

    मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

    मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आगामी आर्थिक वर्षको बजेट निर्माण थालनी

metakhabar by metakhabar
३ माघ २०८२,
0
दुनैमा भौतिक पूर्वाधार विकास गर्न १६ करोड बजेट
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, ३ माघः आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट निर्माण प्रक्रिया अघि बढेको छ । आगामी आर्थिक वर्षको बजेटका लागि सम्भावित स्रोत खोज्ने र खर्चको सीमा निर्धारण गर्नेगरी राष्ट्रिय स्रोत अनुमान समितिले काम थालिसकेको राष्ट्रिय योजना आयोगले जनाएको छ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ७ मा वार्षिक बजेट बनाउदा स्रोतको अनुमान र खर्चको सीमा निर्धारण गर्नुपर्ने व्यवस्था रहेको छ । योजना आयोगले अर्थ मन्त्रालयसँगको समन्वयमा मध्यमकालीन खर्च संरचना तथा आगामी आर्थिक वर्षको बजेट र कार्यक्रम तर्जुमा गर्ने प्रयोजनको लागि आगामी तीन वर्षमा उपलब्ध हुने स्रोत तथा गर्न सकिने खर्चको सीमाको पूर्वअनुमान चालु आर्थिक वर्षको माघ मसान्तभित्र गरिसक्नुपर्ने व्यवस्था रहेको छ । यसका लागि योजना आयोगको उपाध्यक्षको संयोजकत्वमा एक राष्ट्रिय स्रोत अनुमान समिति छ । उक्त समितिलाई सहयोग गर्ने गरी अर्को प्राविधिक समिति बनाएर प्रारम्भिक काम थालिसकेको आयोगका सचिव रविलाल पन्थले जानकारी दिनुभयो ।

“प्राविधिक समितिको बैठक बसेर काम सुरु भइसकेको छ । समष्टिगत आर्थिक परिसूचकलाई विश्लेषण गरेर स्रोत अनुमान गर्नुपर्ने हुँदा नेपाल राष्ट्र बैङ्क, राष्ट्रिय तथ्याङ्क कार्यालय, अर्थ मन्त्रालय तथा अन्य विषयगत मन्त्रालयसँग तथ्याङ्क र विवरण मागिएको छ”, उहाँले भन्नुभयो, “प्राविधिक समितिले स्रोत अनुमान समितिको बैठकका लागि तयारी गरिरहेको छ । कानुनले तोकेको समयभित्र बजेट सिलिङ पेश हुन्छ ।”

राष्ट्रिय स्रोत अनुमान समितिले माघ मसान्तसम्ममा स्रोतको अनुमान तथा खर्चको सीमा निर्धारण गरिसक्नुपर्ने र सो सम्बन्धी प्रतिवेदन प्रत्येक वर्षको फागुन ७ गतेभित्र अर्थमन्त्रीसमक्ष पेश गरिसक्नुपर्ने ऐनको व्यवस्था छ ।

स्रोत अनुमान समितिले आवधिक योजनामा प्रक्षेपित लगानी तथा वित्तीय आवश्यकताको आधारमा आगामी तीन आर्थिक वर्षको लागि सङ्घ, प्रदेश र स्थानीय तहको कुल राष्ट्रिय स्रोत अनुमान गर्नुपर्ने व्यवस्था रहेको छ । हाल कार्यान्वयनमा रहेको १६औँ पञ्चवर्षीय योजना कार्यान्वयन कार्ययोजना बनाएर मन्त्रिपरिषदमा पठाइएको पनि आयोगका सचिव पन्थले जानकारी दिनुभयो ।

स्रोत अनुमान गर्दा गत आर्थिक वर्षको आर्थिक र आर्थिक वर्षको छ महिनाको समष्टिगत आर्थिक परिसूचक, आगामी आर्थिक वर्षमा उपलब्ध हुनसक्ने राजस्व, विकास सहायता र आन्तरिक ऋणलगायतका सङ्घीय सञ्चित कोषमा जम्मा हुन सक्ने रकमका आधारमा वस्तुनिष्ठ भई स्रोतको अनुमान गर्नुपर्ने हुन्छ । त्यस्तै, स्रोतको अनुमान भएपछि चालु वर्षको मध्यमकालीन खर्च संरचनासमेतलाई दृष्टिगत गरी खर्चको सीमा निर्धारण गर्नुपर्ने व्यवस्था पनि ऐनमा रहेको छ । खर्चको सीमा निर्धारण गर्दा अनिवार्य दायित्व तथा जनाइएको प्रतिवद्धता बमोजिम भुक्तानी हुन बाँकी रकमसमेत समावेश गरी समष्टिगत आर्थिक स्थायित्वमा प्रतिकुल असर नपर्ने गरी गर्नु पर्नेलगायतका विषयहरु आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनमा राखिएका छन् ।

यसअघि आयोगले आयोगले आगामी आवका लागि सङ्घीय समपूरक र विशेष अनुदानअन्तर्गत कार्यान्वयन हुने योजना तथा कार्यक्रमको प्रदेश र स्थानीय तहसँग प्रस्ताव माग गरिसकेको छ । प्रदेश तथा स्थानीय तहका लागि सङ्घीय सरकारबाट उपलब्ध हुने समपूरक तथा विशेष अनुदान लिनका लागि माघ मसान्तभित्रमा प्रस्ताव पेश गरिसक्नुपर्नेछ ।

Previous Post

निर्वाचन ४७ दिन बाँकी

Next Post

अमेरिकन डलरको मूल्य बढ्यो

metakhabar

metakhabar

सम्बन्धित खबर

म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती
मनोरञ्जन

म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

२८ माघ २०८२,
राजनैतिक संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक
फिचर-ब्यानर

अफगानिस्तानमा विश्व बैङ्कद्वारा वित्त पोषित पानी आपूर्ति नेटवर्कको निर्माण सुरु

२८ माघ २०८२,
अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता
अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

२८ माघ २०८२,
नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड
फिचर-ब्यानर

नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

२८ माघ २०८२,
रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे
फिचर-ब्यानर

रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

२८ माघ २०८२,
मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता
फिचर-ब्यानर

मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

२८ माघ २०८२,
Load More
Next Post

अमेरिकन डलरको मूल्य बढ्यो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In