• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, February 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

    म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

    राजनैतिक संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक

    अफगानिस्तानमा विश्व बैङ्कद्वारा वित्त पोषित पानी आपूर्ति नेटवर्कको निर्माण सुरु

    अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

    अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

    नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

    नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

    रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

    रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

    मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

    मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कञ्चनपुर–कमला सडक विस्तारः पाँच वर्षमा ६९ प्रतिशत प्रगति

metakhabar by metakhabar
१ माघ २०८२,
0
कञ्चनपुर–कमला सडक विस्तारः पाँच वर्षमा ६९ प्रतिशत प्रगति
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सिरहा।नेपाल सरकारको रूपान्तरणकारी गौरवको आयोजनाअन्तर्गत कञ्चनपुर–कमला सडक खण्ड विस्तार तथा स्तरोन्नतिको काम सुरु भएको पाँच वर्ष पुग्दा ६९ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । एसियाली विकास बैंकको मुख्य लगानीमा निर्माणाधीन ८६ दशमलव ८३ किलोमिटर लामो यो खण्डको काम तीन पटक म्याद थपिँदा पनि अझै पूर्ण हुनसकेको छैन ।

सन् २०२० जुनमा चाइना रेलवे नं २ इञ्जीनियरिङ ग्रुपसँग भएको सम्झौताअनुसार यो सडक २८ अक्टोबर २०२३ मै सम्पन्न हुनुपर्ने थियो । साइट क्लियरेन्स र कोरोना महामारीको कारण देखाउँदै पहिलो पटक १४ महिना र दोस्रो पटक १२ महिना म्याद थपिएको थियो । हालै आगामी जुनसम्मका लागि तेस्रो पटक छ महिना म्याद थपिएको छ ।

कूल रु १६ अर्ब आठ करोड ५० लाखभन्दा बढी लागतको यो परियोजनामा पूर्वी खण्ड (कञ्चनपुर–कुसहा ३९ दशमलव ४२ किमि) र पश्चिम खण्ड (कुसहा–कमला ४७ दशमलव चार किमी) गरी दुई भागमा काम भइरहेको छ ।

पूर्वी खण्डः ६७ प्रतिशत प्रगति

लहानस्थित पूर्वी खण्ड कार्यालयका सूचना अधिकारी इञ्जीनियर राजीव झाका अनुसार यो खण्डमा हालसम्म ६७ प्रतिशत भौतिक प्रगति भएको छ । चौबिस किलोमिटर सडक चार लेनमा कालोपत्र भइसकेको छ भने ११३ कल्भर्ट र २० पुलमा सवारीसाधन गुड्न थालेका छन् ।

छ लेन बनाउनुपर्ने बजार क्षेत्र कञ्चनपुर, महुली, रुपनी, कल्याणपुर लगायतमा भने स्थानीय अवरोधका कारण काम सुस्त छ । इञ्जीनियर झाले भन्नुभयो, “प्राविधिक रूपले अनावश्यक ठाउँमा पनि नाला बनाउन स्थानीयको दबाब र विभिन्न अवरोधले गर्दा काम नियमित हुनसकेको छैन, यद्यपि थपिएको म्यादभित्रै काम सक्ने गरी लागेका छौँ ।”

पश्चिम खण्डः ओभरपास र डिजाइनको सकस
पश्चिम खण्ड मिर्चैया कार्यालयको रिपोर्टअनुसार गत असोज मसान्तसम्म ३० दशमलव ८५ किलोमिटर चार लेन सडक निर्माण भएको छ । एक सय १२ कल्भर्ट र २५ पुलमध्ये १२ सञ्चालनमा आइसकेका छन् । तर, गोलबजार खण्डमा डिजाइन स्वीकृतिमा ढिलाइ हुँदा कामले गति लिन सकेको छैन ।

कार्यालयका सूचना अधिकारी अनुपम साहका अनुसार लहान र मिर्चैयामा ओभरपासका लागि पाइल फाउण्डेसनको काम भइरहेको छ । लहानमा माटो कमजोर देखिएकाले २० वटा ग्राभेल फाउण्डेसनको काम गरिएको उहाँले बताउनुभयो । लहान बसपार्क र प्रादेशिक अस्पताल अगाडि आकाशे पुलको जग निर्माण पनि सकिएको छ ।

धुलो, धुँवा र दुर्घटनाको जोखिम
निर्माण कार्यमा भएको ढिलाइले मुख्य बजार क्षेत्रका बासिन्दा र यात्रुले चरम सास्ती भोग्नुपरेको छ । विशेषगरी लहान र मिर्चैया खण्डमा ओभरपास निर्माण सुस्त हुँदा सडक अस्तव्यस्त छ । सडकको दुवैतर्फ बनाइएका साँघुरा डाइभर्सन र उड्ने धुलोका कारण स्वास्थ्यमा असर पर्नुका साथै दुर्घटनाको जोखिम बढेको स्थानीयको गुनासो छ । पुलका रेलिङ, रङ्गरोगन र एक्सपान्सन ज्वाइन्ट जस्ता फिनिसिङका काम अझै बाँकी रहँदा यात्रा जोखिमपूर्ण बनेको छ ।

त्यस्तै, मुख्य सडक चार लेन र बजार क्षेत्रमा छ लेनको हुने यस सडकमा पुल, कल्भर्ट र ओभरपास जस्ता संरचनाको अन्तिम फिनिसिङका काम अझै बाँकी रहेका छन् । एसियाली विकास बैंकको ७१ दशमलव २२ प्रतिशत ऋण सहयोग र नेपाल सरकारको २८ दशमलव ७८ प्रतिशत लगानी रहेको यो सडक विस्तारमा भेरिएसनसहित करिब रु १६ अर्ब आठ करोड ५० लाख लागत लाग्ने अनुमान गरिएको छ ।

Previous Post

पर्यटकीय गन्तव्य बन्दै रसुवा, छ महिनामा ३२ हजार बढीले गरे भ्रमण

Next Post

पोखरा महानगरको कर छुट सुविधा चैत मसान्तसम्म विस्तार

metakhabar

metakhabar

सम्बन्धित खबर

म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती
मनोरञ्जन

म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

२८ माघ २०८२,
राजनैतिक संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक
फिचर-ब्यानर

अफगानिस्तानमा विश्व बैङ्कद्वारा वित्त पोषित पानी आपूर्ति नेटवर्कको निर्माण सुरु

२८ माघ २०८२,
अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता
अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

२८ माघ २०८२,
नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड
फिचर-ब्यानर

नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

२८ माघ २०८२,
रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे
फिचर-ब्यानर

रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

२८ माघ २०८२,
मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता
फिचर-ब्यानर

मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

२८ माघ २०८२,
Load More
Next Post
पोखरा महानगरको कर छुट सुविधा चैत मसान्तसम्म विस्तार

पोखरा महानगरको कर छुट सुविधा चैत मसान्तसम्म विस्तार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In